Karobar National Economic Daily

प्रयोगकर्ताभन्दा तेब्बर सिलिन्डर
–    दुई महिनालाई पुग्ने ग्यास सञ्चय

–    सिलिन्डरमा मात्रै ४ अर्ब बढी लगानी

पुष्पराज आचार्य

काठमाडौं, २८ माघ

ग्यास उद्योगहरू (बोटलर्स) ले उपभोक्तालाई चाहिनेभन्दा तेब्बर बढी सिलिन्डर उत्पादन गरी तिनै सिलिन्डरमा ग्यास सञ्चित गर्ने गरेका छन् । उनीहरूले बोटलिङ प्लान्टमा ग्यास नभएको देखाए पनि सिलिन्डरमै दुई महिनालाई पुग्ने सञ्चिति राख्ने गरिएको छ ।

ग्यास उद्योग संघका अध्यक्ष हरि पाठकका अनुसार अहिले बजारमा ४५ लाख सिलिन्डर छन् । यो सिलिन्डर संख्या नियमित आवश्यकताभन्दा २३ लाख बढी हो । एउटा सिलिन्डर उत्पादन गर्न झन्डै २१ सय रुपैयाँ लाग्छ । ४० बोटलर्सले सिलिन्डरमा मात्रै आवश्यकभन्दा ४ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।

बोटलर्सहरूले बढी बजार हिस्सा ओगट्न ‘बोटलिङ प्लान्ट’ को भण्डारण क्षमताभन्दा अत्यधिक बढी सिलिन्डर उत्पादन गर्छन् । कतिपयले प्लान्टको क्षमताभन्दा बढी सिलिन्डरका कारण उनीहरूले उपभोक्ताकहाँ गएका खाली सिलिन्डर भर्न (रिफिलिङ) सकेका छैनन् । ‘लियो’ नामक ग्यासले एक चरण नयाँ सिलिन्डर बेचिसकेपछि रिफिलिङका लागि सिलिन्डर नउठाएको प्रयोगकर्ताले बताएका छन् ।

“बोटलर्सहरूले भण्डारण क्षमताभन्दा बढी सिलिन्डर बाँडेकाले समस्या देखिएको छ,” वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी भन्छन्, “बोटलिङ प्लान्टको क्षमताअनुसार सिलिन्डरको संख्यामा पनि सीमा तोक्न आवश्यक छ ।”

गुणस्तर तथा नापतौल विभागले म्याद नाघेका थोत्रा सिलिन्डर बजारबाट नहटाएकाले पनि सिलिन्डरको संख्या बढी भएको जोशीको भनाइ छ । निगमले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डर सात वर्षभन्दा बढी प्रयोगमा ल्याउन नहुने मापदण्ड तय गरे पनि नापतौलले अनुगमन गरेको छैन ।

आयल निगमका अनुसार २२ लाख सिलिन्डरमात्र नियमित प्रयोगमा छन् । चाहिनेभन्दा बढी २३ लाख सिलिन्डरमा ३२ हजार ६ सय टन ग्यास सञ्चय गर्न सकिन्छ । यसले दुई महिनाको आपूर्ति धान्छ ।

ग्यासको चरम अभावका कारण उपभोक्ता आन्दोलित हुने अवस्था आएपछि आपूर्तिमन्त्री लेखराज भट्ट एक साताअघि ग्यास बोटलर्सहरूले ग्यास बेचे÷नेबेचेको अनुगमन गर्न गएका थिए । बोटलर्सहरूले ग्यास नराखी बेचेको प्रमाण मन्त्रीलाई पेस गरेका थिए । तर, डिलर्समार्फत् ग्यासको कालोबजारी र बजार विस्तार गराएर बोटलर्सहरूले नै नाफा कमाएको बजार अनुगमनमा संलग्न वाणिज्य विभागका अधिकारी बताउँछन् ।

उच्च आय हुने उपभोक्ता र होटलले आवश्यकताभन्दा बढी सिलिन्डरमा ग्यास सञ्चय गरी राख्ने भएकाले ग्यास अभावका बेला सर्वसाधारण उपभोक्ता मारमा पर्दै आएका छन् । सञ्चय गरी राखिएका सिलिन्डर बजार विस्तार र अभावका बेला कालोबजारीमा प्रयोग भइरहेका छन् ।

सन् २०११ मा गरिएको जीवनस्तर सर्वेक्षणअनुसार ५६ लाख ५९ हजार घरपरिवारमध्ये १७.७ प्रतिशत (१० लाख १ हजार) ले मात्र एलपी ग्यास प्रयोग गर्छन् ।

निगमले पछिल्ला पाँच महिनामा ७५ हजार ४ सय ६७ टन ग्यास भिœयाइएको जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालका अनुसार हरेक महिना ग्यासको औसत माग १५ हजार टन छ । यसबाट १० लाख ५६ हजार सिलिन्डर भर्न पुग्छ । “पाँच महिनाको औसत खपतभन्दा ९३ टन ग्यास बढी आएको छ,” उनले भने । डिसेम्बरमा १४ हजार ८ सय ६७ र जनवरीमा १२ हजार ६ सय टन ग्यास कम आएको थियो । ग्यास कम आएको थाहा पाउनेबित्तिकै दुई महिनाअघिदेखि व्यवसायीले सञ्चय गर्न थालेको आपूर्ति सचिव जोशीको दाबी छ ।

“जनवरीमा ग्यास कम आएको असर १५ दिनपछि देखिनुपर्ने हो,” निगम उच्चस्रोतले भन्यो, “यसबाट कालोबजारी भइरहेको प्रष्ट छ ।”

निगमले जनवरीमा १२ हजार ६ सय, डिसेम्बरमा १४ हजार ८ सय ६७ टन ग्यास भिœयाएको थियो । त्यस्तै, नोभेम्बरमा १६ हजार ५ सय, अक्टुबरमा १५ हजार ३ सय र सेप्टेम्बरमा १६ हजार २ सय टन ग्यास आयात भएको निगमले जनाएको छ ।

पाँच महिनामा औसत १५ हजार ९३ टन ग्यास भित्रिएको छ । तर पनि बजारमा अभाव लम्बिँदै गएको छ ।

कसरी लुकाउँछन् उद्योगले ?

निगमले प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) प्रणालीअनुसार बोटलर्सहरूले इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी, हल्दिया र मथुराबाट आफैं ग्यास भिœयाउँछन्् । अत्यधिक सिलिन्डर रहेका कारण उनीहरूले उद्योगमा ग्यास राख्दैनन् । सिलिन्डरमा भरेर डिलरहरूमार्फत् मिलेमतोमा ग्यास लुकाइन्छ । अभावका बेला अत्यधिक मूल्यमा बेच्न र बजार विस्तारमा प्रयोग गरिन्छ ।

चरम अभाव भइरहेका बेला दुई साताअघि वाणिज्य विभागको बजार अनुगमन टोलीले कमलपोखरीस्थित राजन ग्यासको डिपोमा छापा मार्दा ३ सय भरिएका सिलिन्डर भेटाएको थियो । टोलीले आफ्नै पहलमा स्थानीयलाई यो ग्यास बिक्री गरेको थियो ।

पाँच महिनामा ग्यास आयात

महिना    ग्यास (टनमा)

फ्रेबुअरी (९ तारिखसम्म)    ४,८१०

जनवरी    १२,६००

डिसेम्बर    १४,८६७

नोभेम्बर    १६,५००

अक्टुबर    १५,३००

सेप्टेम्बर    १६,२००

१९ किलोको सिलिन्डरमा विरोध

आपूर्तिमन्त्री लेखराज भट्टले एक महिनामा कार्यविधि बनाएर लागू गर्न लागेको दुईखाले तौलका सिलिन्डरमा व्यवसायीले विरोध गरेका छन् । मन्त्री भट्टले औद्योगिक तथा व्यावसायिक प्रयोजनमा १९ किलोको सिलिन्डर अनिवार्य गर्ने बताउँदै आएका छन् ।

अहिले १४.२ किलोका सिलिन्डर प्रचलनमा छन् । औद्योगिक व्यावसायिक प्रयोजनमा ४० प्रतिशत ग्यास खपत हुने निगम सुधारका लागि गठित समितिको प्रतिवेदनमा उल्लेख छ । भइरहेको बजारभन्दा तेब्बर बढी सिलिन्डर उत्पादन गरेका उद्योगको ठूलो लगानी खेर जाने भन्दै उनीहरूले यसमा विरोध जनाएको मन्त्रालयस्रोतले जनाएको छ । व्यवसायीहरूले दुईखाले तौलभन्दा दुई रंग (नीलो र रातो) गरी अहिले भइरहेका सिलिन्डर नै प्रयोगमा ल्याउन मन्त्रीलाई सुझाएका छन् ।

बीबी एयरवेज भदौ अन्तिम सातादेखि
काठमाडौं, २८ माघ

अन्तर्राष्ट्रिय उडान अनुमति पाएको बीबी (भगवान बुद्ध) एयरवेज प्रालिले आठ महिनापछि उडान सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ २८ (सेप्टेम्बर १३) बाट उडान सुरु गर्ने लक्ष्य लिएको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई गराएको छ ।

शनिबार प्रधानमन्त्रीलाई भेटेर बीबी एयरवेज प्रालिका अध्यक्ष भवन भट्टले आफ्नो कार्ययोजनाअनुसार भदौ २८ मा पहिलो उडान भर्ने लक्ष्य रहेको जानकारी गराए । एयरलाइन्सले पुस ९ गते मन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष भट्टले बीबी एयरवेज सकेसम्म चाँडो नेपालबाट अन्तर्राष्ट्रिय आकाशमा उडान भर्न इच्छुक रहेको बताएका थिए । सरकारका तर्फबाट हालसम्म पाइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आउँदा दिनमा पनि सरकारीस्तरबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री भट्टराईले नेपालको आफ्नै वायुसेवा कम्पनी प्रभावकारी हुन नसक्दा बर्सेनि अर्बौं रकम बाहिरिएको तथ्यप्रति आफू गम्भीर भएको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहेको निजी वायुसेवा यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।

“तपाईंहरू आफ्नो तयारी पूरा गर्नुस्, म सरकारको तर्फबाट कुनै बाधा अड्चन उत्पन्न हुन दिनेछैन,” प्रधानमन्त्रीले भने । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था गम्भीर रहेकाले निजी क्षेत्रबाट स्वदेशी कम्पनीको सुरुवात स्वागतयोग्य भएको पनि बताए ।

बीबीले काठमाडौंबाट नयाँ दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुरमा उडान भर्ने अनुमति पाएको छ । स्वीकृति पत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने तथा तीमध्ये दुई वटा जहाज पहिलो चरणमा र बाँकी जहाज तीन वर्षभित्र आवश्यक प्रक्रिया मिलाई खरिद गर्नुपर्ने उल्लेख छ ।

अध्यक्ष भट्टसँगै प्रमुख कार्यकारी अधिकृत शिशिर भट्ट, प्रमुख सञ्चालन अधिकृत हरिभक्त श्रेष्ठ, वित्तीय सल्लाहकार सुधीर शर्मा पौडेलले एयरवेजका विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

निजी विद्यालयका पुस्तकको मोल सरकारले तोक्ने
सञ्जय पन्थी

काठमाडौं, २८ माघ

एउटै प्रकाशन गृहका समान तह र विषयका पुस्तकमा भइरहेको दोहोरो मूल्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । निजी विद्यालयका विद्यार्थीले एउटै विषयका पाठ्यपुस्तकका लागि सरकारीभन्दा बढी मूल्य तिर्दै आएको पाएपछि सरकारले समान मूल्यको अवधारणा ल्याएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत गठित मूल्य निर्धारण समितिले आगामी शैक्षिक सत्रबाट लागू हुने गरी यसको तयारी गरिरहेको छ ।

समितिअन्तर्गतको प्राविधिक समितिका संयोजक गणेश भट्टराईले कागजको स्तर, रंग, लेखक, प्रकाशन गृह र विक्रेताको अवस्था अध्ययन गरेर मूल्य निर्धारण गर्ने गरी प्रतिवेदन तयार भएको बताए । समितिले निजी विद्यालयका विद्यार्थी र अभिभावकको अवस्थालाई समेत अध्ययन गरेर पुस्तकको मूल्य निर्धारण गर्नेछ । भट्टराईका अनुसार पेजअनुसार मूल्य निर्धारण हुनेछ ।

समितिले व्यवसायीलाई २५ प्रतिशत कमिसन राखेर मूल्य निर्धारण गर्ने तयारी गरेको छ । भट्टराईका अनुसार तय गरिएको मूल्यमा पुस्तक बिक्री नगर्ने व्यवसायीलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न समितिले सिफारिससमेत गरेको छ । बजारको अनुगमन क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय र प्रशासन कार्यालयले गर्ने जिम्मेवारी पाएका छन् । “कुन तहका पुस्तकको मूल्य कति हुने भन्ने अझै निर्धारण भएको छैन,” भट्टराईले भने । फागुन मसान्तसम्म मूल्य निर्धारण गरिने समितिले जनाएको छ ।

भट्टराईले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्यमा केन्द्रित रहेर मूल्य निर्धारण गर्न लागिएको जानकारी दिए । मूल्य निर्धारणको समस्या सामुदायिक विद्यालयको पाठ्यपुस्तकमा भन्दा निजी विद्यालयमा बढी रहेको भन्दै सरकार आफैं यसको व्यवस्थापनमा जुटेको हो । करिब ६ महिनाको अध्ययनपछि प्राविधिक समितिले मूल समितिलाई मूल्य तोक्न सिफारिस गर्न लागेको हो ।

निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सनका अनुसार निजी विद्यालयमा करिब १५ लाख विद्यार्थी अध्ययनरत छन् । एक शैक्षिक सत्रमा स्टेसनरीसहित करिब ३ अर्ब रुपैयाँको व्यापार हुने गरेको पुस्तक व्यवसायीको आँकडा छ । त्यसमध्ये निजी विद्यालयका पुस्तकको मात्र करिब १ अर्बको कारोबार हुने गरेको छ । असमान मूल्यको फाइदा कतिपय विद्यालय सञ्चालकसमेतले उठाउँदै आएको गुनासो अभिभावकहरूको छ । निजी विद्यालयहरूले महँगो मूल्य तोकिएका पुस्तक विद्यालय परिसरमै बिक्री गर्न दिएर कमिसनसमेत लिँदै आएको आरोप अभिभावक संघको छ ।

समितिका अनुसार प्रकाशन गृहले विद्यालयस्तरका पाठ्यपुस्तक प्रकाशन गर्न पाठ्यक्रम विकास केन्द्रको अनिवार्य अनुमति लिनुपर्नेछ । सरकारले यस वर्ष स्टिकर टाँसेर पुस्तक बिक्री गर्न रोक लगाइसकेको छ । बजारमा पाठ्यपुस्तकको व्यापार जथाभावी हुने गरेकाले समितिले नियन्त्रण गर्न सक्रियता देखाएको हो । एउटै प्रकाशनगृहका समान तह र विषयका पुस्तकमा दुईथरी मूल्य कायम गरेर पुस्तक तथा स्टेसनरी व्यवसायीले बिक्री गर्दै आएका छन् ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयका पुस्तकको मूल्य निर्धारण गर्न आवश्यक रहेको बताए । “निजी विद्यालयका पुस्तकमा अभिभावक ठगिने समस्या छ,” उनले भने । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष धनराज आचार्यले प्रकाशन गृहले आगामी शैक्षिक सत्रका लागि पुस्तक छपाइ गरिसकेकाले आगामी शैक्षिक सत्रमा मूल्य निर्धारण गर्न नहुने बताए । “बजार व्यवस्थित गर्न आवश्यक छ तर तत्काल निर्धारण गर्नु हुँदैन,” उनले भने । मूल्य निर्धारण गर्न प्रकाशन गृह तथा व्यवसायीलाई एक वर्षको अवधि दिनुपर्ने उनको माग छ ।

समितिले तयार गरेको प्रतिवेदन यसैसाता निर्धारण समितिका अध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका निर्देशक खगराज बराललाई बुझाउनेछ । प्रतिवेदनका आधारमा फागुन मसान्तसम्म मूल्य निर्धारण हुने अध्यक्ष बरालले जानकारी दिए । “आगामी शैक्षिकसत्रलाई लक्षित गरेर मूल्य निर्धारण गर्दैछौं,” उनले भने ।

सोमबारदेखि लोडसेडिङ १ घण्टा घट्ने
काठमाडौं, २८ माघ (कास) ः विद्युत् प्राधिकरणले सोमबारदेखि लोडसेडिङ दैनिक १ घण्टा घटाउने भएको छ । दैनिक साढे १२ घटाका दरले हुँदै आएको लोडसेडिङ अब साढे ११ घण्टामा सीमित हुनेछ । नयाँ तालिकाअनुसार सातामा ८१ घण्टा बत्ती हुनेछैन ।

मध्यमस्र्याङ्दी जलविद्युत्गृह निर्धारित समयभन्दा एक साताअघि मर्मत भई विद्युत्् उत्पादन सुरु हुनुका साथै वर्षादले कुलेखानी जलाशयको सतह बढेकाले तत्कालका लागि लोडसेडिङ घटाउन लागिएको प्राधिकरणका उच्च अधिकारीले बताए । उनका अनुसार कुलेखानीको जलाशय ९ सेन्टिमिटर बढेको छ ।

मध्यमस्र्याङदी शनिबारदेखि सञ्चालनमा आएको छ । यसबाट अहिले ३६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कुलेखानीमा पानीको सतह हालसम्म ५ मिटरमात्र घटेर १ हजार ५ सय २५ मिटर छ । कुलेखानीबाट दैनिक ४५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

दैनिक बिजुलीको माग १ करोड ५० लाख युनिट तथा आपूर्ति ९० लाख युनिट छ । दिन लामो र रात छोटो हुँदै गएपछि बिजुली खपतमा कमी आएको ती अधिकारीले बताए । प्राधिकरणले यो वर्ष बिजुलीको माग बढेर १ करोड ५५ लाख युनिटसम्म पुग्ने प्रक्षेपण गरे पनि १ करोड ५१ लाख युनिटसम्म पुगेकाले अब लोडसेडिङ नबढ्ने उनको दाबी छ । प्राधिकरणले वैकल्पिक उपाय अवलम्बन नगर्ने हो भने दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको थियो ।

सहमति जुटाउन थप एक महिना आवश्यक
तीन दल बैठक

नयाँ संविधान निर्माणको मूल कार्यतालिका परिवर्तन नहुने गरी आन्तरिक कार्यतालिका संशोधन गरी सभामुखसँग एक महिना समय माग्ने सहमति भएको हो ।

कारोबार संवाददाता

काठमाडौं, २८ माघ

संविधानसभाको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । विवादित विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दल संविधानसभाका अध्यक्षसँग थप एक महिना समय माग्ने निर्णयमा पुगेका हुन् ।

सिंहदरबारस्थित शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा शनिबार अपराह्न बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सहमति जुटाउन एक महिना समय माग्ने निर्णय गरेको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।

“काम गर्दा–गर्दै विवादित विषयमा सहमति जुटाउन सकिएन,” बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री सिटौलाले भने, “सहमतिमै विवाद टुंग्याउन सभामुखसँग एक महिना समय माग्ने सहमति गरेका छौं ।”

एमाले अध्यक्ष झलनाथ खनालले पनि नयाँ संविधान निर्माणको मूल कार्यतालिका परिवर्तन नहुने गरी आन्तरिक कार्यतालिका परिवर्तन गरी सभामुखसँग एक महिना समय माग्ने सहमति भएको बताए ।

“गम्भीर गृहकार्य गर्दा–गर्दै पनि हामी कार्यतालिकाअनुसार अघि बढ्न सकेनौं,” सञ्चारकर्मीसँग खनालले भने, “आगामी जेठ १४ मा हामी संविधान जारी गरेरै छाड्छौं ।”

खनालका अनुसार एक महिनाको समय थप गर्नका लागि माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका नेताहरूले सभामुखलाई आग्रह गर्ने भएका छन् । संविधानसभाको म्याद चौथो पटक थपिएपछि गत माघ १९ गते दोस्रो पटक कार्यतालिका संशोधन गरिएको थियो । राज्य पुनःसंरचना आयोगले दिएको सुझावसहितको प्रतिवेदन र अन्य विवादित विषयमा आइतबारसम्ममा सहमति जुटाउने गरी कार्यतालिका संशोधन भए पनि काम अघि बढ्न नसकेपछि फेरि संशोधनका लागि दलहरूले सहमति जुटाएका हुन् ।

दलहरूबीच सहमति नहुँदा संवैधानिक समितिले राज्यको पुनःसंरचनासँग सम्बन्धित विषयलाई समेटेर फागुन १ देखि १५ सम्ममा नयाँ संविधानको पहिलो मस्यौदा बनाउने कार्यतालिकासमेत प्रभावित भएको छ ।

उपत्यकाभित्र औषधि पसल प्रहरी निगरानीमा
मातृका दाहाल

काठमाडौं, २८ माघ

राजधानीका औषधि पसलबाट लागूऔषध कारोबार हुन थालेपछि त्यस्ता ठाउँमा प्रहरीले निगरानी बढाएको छ । संगठित गिरोहसँग मिलेर सञ्चालकले लागूऔषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उपत्यकाका औषधि पसलमा निगरानी बढाएको हो ।

माघ १९ गते अर्घाखाँचीका मदनप्रसाद भट्टराई, धापासीका पुष्पलाल श्रेष्ठ र नीरज थापा कपूरधारास्थित मेडिकल हलबाट पक्राउ परेपछि प्रहरीले औषधि पसलमा निगरानी बढाएको जनाएको छ । खासगरी, सरकारी तथा निजी अस्पताल आसपासका औषधि पसलबाट लागूऔषध बिक्रीवितरण हुने गरेको प्रहरीको दाबी छ ।

“स्वास्थ्य सेवा उपलब्ध गराउने बहानामा अस्पताल आसपासका औषधि पसलबाट लागूऔषधको कारोबार हुने गरेको सूचना पाएका छौं,” लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइका एसएसपी नवराज सिलवालले कारोबारसँग भने, “थप पसलको पहिचान गरी त्यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न हामीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेका छौं ।”

एसएसपी सिलवालका अनुसार लागूऔषधको बिक्रीवितरण गर्ने केही औषधि पसलको पहिचान भइसकेको छ । “लामो अनुसन्धानपछि हामीले लागूऔषधको कारोबारमा संलग्न केही औषधि पसलको पहिचान गरिसकेका छौं,” सिलवालले भने, “सरकार, औषधि व्यवसायी र अन्य सरोकारवाला निकायका प्रतिनिधि राखेर हामी ती औषधि पसलको नाम सार्वजनिक गर्छौं ।”

प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेका १५ देखि ४० वर्षसम्मका युवायुवती औषधि पसलका ग्राहक छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार लागूऔषधको कुलतमा फसेका युवायुवतीले महँगो शुल्क तिरेर सिरिन्ज, क्याप्सुललगायत प्रतिबन्धित लागूऔषध खरिद गर्ने गरेका छन् ।

“त्यस्ता औषधि पसल बिहान, साँझ र रातको समयमा बाहेक अन्य बेला खुल्दैनन्,” प्रहरीका ती अधिकारी भन्छन् ।

बु्रपिनर्फिन र डाइजेपाम सिरिन्जबाट प्रयोग गरिन्छ । यसको मूल्य प्रतिवटा २ सयदेखि ६ सय रुपैयाँसम्म पर्छ । सेतो÷खैरो हेरोइन, चरेस र गाँजा भने चुरोट÷सुर्तीजसरी सेवन गर्ने गरेको प्रहरीको भनाइ छ ।

उपत्यकामा ३ हजारको हाराहारीमा औषधि पसल सञ्चालनमा छन् ।

मन्त्री चौधरीले लिए करोडको गाडी
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

महिला बालबालिका तथा समाजकल्याणमन्त्री दानबहादुर चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत समाजकल्याण परिषद्बाट एक करोड मूल्य पर्ने गाडी लिएका छन् ।

दोहोरो सुविधा फिर्ता गर्न अख्तियारले यसअघि दिएको पटक–पटकको निर्देशनको अवज्ञा गर्दै मन्त्री चौधरीले बा.२च ७४७९ नम्बरको ‘ल्यान्डक्रुजर’ जिप र ६० लिटर डिजेल परिषद्बाट लिएका हुन् । चौधरीले माघ १८ गते सहयोगीमार्फत चालक जंगबहादुर श्रेष्ठसहित परिषद्बाट उक्त सुविधा लिएको परिषद्का एक कर्मचारीले बताए । चौधरीले मन्त्रीको हैसियतमा मन्त्रालयबाट पनि भत्ताबाहेक आवास, सुरक्षा, सवारी, टेलिफोन, विद्युत्लगायत मासिक सुविधा लिँदै आएका छन् ।

ती कर्मचारीका अनुसार परिषद्का कायममुकायम सदस्यसचिव डा. हरि पौडेलले सुविधाबापत मन्त्रीलाई इन्धन र गाडी सुविधा उपलब्ध गराएका हुन् । उनी मन्त्री चौधरीनिकट मानिन्छन् । मन्त्री चौधरीले लगेको जिप परिषद्का निलम्बित कोषाध्यक्ष रत्न गाहा मगरले प्रयोग गरेका थिए । यसअघि पनि चौधरीले परिषद्को पदेन अध्यक्षको हैसियतमा ४ सय लिटर डिजेल र पेट्रोल, ३० हजारभन्दा बढी मूल्य पर्ने इन्भर्टरसहित बा.२च ७०९ नम्बरको जिप लगेका थिए । उक्त गाडी बिग्रिएपछि उनले एक करोड मूल्य पर्ने नयाँ गाडी लगेका हुन् । उनले लिएको दोहोरो सुविधा अनधिकृत भन्दै अख्तियारले फिर्ता गर्न मन्त्रालयका नाममा दुईपटक ताकेता गरेको थियो । सरकारी ओहदामा रहेको व्यक्तिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउँदैन ।

अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले यसबारे छानबिन गरेर कारबाही प्रक्रिया थाल्ने बताए । “सर्वोच्च अदालतले समेत कानुनविपरीत राज्यकोषबाट सुविधा लिन नपाउने फैसला गरेको अवस्थामा मन्त्रीबाटै दोहोरो सुविधा लिई अनुचित कार्य गरेको पाइए हामी तत्काल कारबाही प्रक्रियामा जान्छौं,” पौडेलले कारोबारसँग भने ।

२० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

सरकारले २० माइक्रोनको प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरणमा देशैभरि प्रतिबन्ध लगाउने भएको छ । सरकारले यसअघि साउनदेखि काठमाडौं उपत्यकामा प्रतिबन्ध लगाएको थियो ।

वातावरण मन्त्रालयले प्लास्टिक झोला नियमन तथा निर्देशन निर्देशिका २०६८ जारी गरी नियमविपरीत काम गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने भएको हो । यो निर्देशिका कार्यान्वयनका लागि मन्त्रालयले वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा स्थानीय विकास मन्त्रालय, उद्योग, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल प्लास्टिक उत्पादक संघका प्रतिनिधिसहित मन्त्रालयले तोकेका तीनजना विज्ञ र प्रदूषण नियन्त्रण तथा अनुगमन शाखाको प्रमुख सदस्य सचिव रहने गरी ११ सदस्यीय समिति गठन गर्ने जनाएको छ । यो समितिले अनुगमन गरी कारवाही अगाडि बढाउनेछ । निर्देशिका तुरुन्तै कार्यान्वयन गर्ने मन्त्रालयका प्राविधिक इन्जिनियर ऋषिराज कोइरालाले जानकारी दिए ।

२० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाहरू पुनःप्रयोग गर्दा कार्सेजनिक नामक रसायनिक पदार्थ उत्पन्न हुन्छ । यो रसायन स्वास्थ्यका दृष्टिले खतरनाक देखिएको भन्दै यस्ता प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउन खोजिएको हो ।

मन्त्रालयका अनुसार यो निर्देशिकासँगै देशैभरिका प्लास्टिक उत्पादक कम्पनीहरूले २० माइक्रोन मोटाइको प्लास्टिक उत्पादन र प्रयोग गर्न पाउने छैनन् ।

निर्देशिका कार्यान्वयनपछि उद्योगले २० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक आयात, भण्डारण, बिक्री–वितरण र उत्पादन गर्न पाउने छैनन् । यसअघि काठमाडौं महानगरपालिकाले महानगरको फोहोरमैला व्यवस्थित गर्न भन्दै राजधानीभित्र कालो प्लास्टिकको झोला उत्पादन, प्रयोग र बिक्री–वितरणमा प्रतिबन्ध लगाउने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

“निर्देशिका जारी भएपछि उत्पादक कम्पनी तथा बिक्री–वितरण गर्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ,” मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार निर्देशिकाले कुनै उद्योग वा कम्पनीले निर्देशिकामा तोकिएका सर्त र बन्देजहरूको उल्लंघन गर्ने (उद्योग, आयातकर्ता र बिक्रेताको अनुमति वा दर्ता, खारेजी तथा सबै कारोबार बन्द हुने छन् ।

यसअघि काठमाडौंबाट प्रतिबन्ध गर्ने निर्णयले एक सयवटा प्लास्टिक झोला उद्योगमा गरिएकोे एक अर्बको लगानी अन्योलमा परेको भन्दै व्यवसायीले उचित मापदण्डका आधारमा उद्योग चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए । उद्योग व्यवस्थित गर्न नियमन निर्देशिकाले सहयोग पुग्ने भन्दै नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । “निर्देशिका त आएको छ तर कार्यान्वयनमा शंका छ,” प्रधानले कारोबारसँग भने । उनका अनुसार मुलुकभर दैनिक ५ हजार किलो प्लास्टिकको झोलाको खपत हुन्छ । उपत्यकामा मात्रै ५० भन्दा धेरै झोला उत्पादन गर्ने उद्योग रहेको जानकारी दिँदै प्रधानले यिनै उद्योगबाट मुलुकभर करिब १५ हजार मजदुरले रोजगारी पाएको बताए ।

नेपाल–भुटान व्यापार वार्तामा ढिलाइ
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

नेपाल र भुटानबीच औपचारिक व्यापार वार्तामा ढिलाइ हुँदा दुई मुलुकबीचको द्विपक्षीय सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन ।

दुई वर्षअघि भुटान नेपाली उत्पादनका लागि सम्भावित बजार हुनसक्ने भएकाले औपचारिक सम्झौता गर्न काठमाडौंमा पहिलो चरणको वार्ता भएको थियो, तर वार्ताले निरन्तरता पाउन नसक्दा सम्झौता प्रक्रिया रोकिँदै आएको छ ।

नेपालबाट भुटानमा चाउचाउ, बियर, बिस्कुट, साबुन, फलफूल, वायरलगायतका वस्तुहरू राम्रो परिमाणमा निर्यात हुने गरेको छ । यसअघि काठमाडौं वार्तामा नेपालले भुटान निर्यात हुने विभिन्न वस्तुमा सहुलियतपूर्ण भन्सार सुविधा माग गरेकामा भुटानले सकारात्मक जवाफ दिँदै अर्को बैठकमा वस्तुको सूचीमाथि छलफल गर्ने जनाएको थियो ।

भुटानमा नेपाली चाउचाउको विशेष माग छ । चर्को भन्सार शुल्कका साथै अतिरिक्त बिक्री करले हाल भुटानमा नेपाली सामानले प्रतिस्पर्धा गर्न नसकी रहेको मन्त्रालयले जानकारी दिएको छ । भुटानले दोस्रो चरणको वार्तामा एक अर्को मुलुकमा निकासी गर्ने वस्तुहरूको सूची तथा व्यापार मार्गका विषयमा छलफल गर्न नेपाललाई गएको सेप्टेम्बरमा प्रस्ताव गरे पनि भुटानी पक्षले तत्कालका लागि बैठक स्थगित गरेको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले सन् २००४ मा नेपालबाट निकासी हुने वस्तुको भुटानमा सहुलियतपूर्ण बजारबाट फाइदा लिन सक्ने देखेर भुटानसँग द्विपक्षीय सम्झौताको प्रस्ताव गरेको थियो । सन् २००८ मा भुटान सो प्रस्तावलाई अघि बढाउन सहमत भएपछि सो सम्झौतासम्बन्धी मस्यौदा दुवै देशबीच आदान–प्रदान भएको हो । नेपालले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, कोइलाजस्ता सामानको भुटानबाट आयात गर्दै आएको छ ।

पछिल्लो समयमा भुटानले दक्षिण एसियामानै तीब रूपमा आर्थिक क्रियाकलापहरू विस्तार गरिरहेको छ । सन् २००२ को तुलनामा भुटानको अन्तर्राष्ट्रिय व्यापार ५ गुणा वृद्धि भएको छ । हाल नेपालले भुटानसँग व्यापार गर्न रक्सौल, काँकडभित्ता र पानीट्यांकी नाका प्रयोग गरिरहेको छ ।

दुई हजार बढी करदाताको अनुगमन
काठमाडौं, २८ माघ

आन्तरिक राजस्व विभागले दुई दिनमा २ हजार १ सय करदाताको अनुगमन गरी एक सय करदातालाई जरिवाना गरेको छ । नियमअनुसार हिसाब–किताब नराख्ने र कानुनको पालना नगर्ने करदातालाई अनुगमन स्थलमै जरिवाना गरिएको विभागले जनाएको छ ।

आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुनुपर्ने करदातालाई दर्ता गर्न आदेश दिनुका साथै बिलबिजक जारी नगरी कारोबार गर्ने करदाताको खातावही विभागले छानबिनका लागि नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

विभागले १ सय जना कर अधिकृतको नेतृत्वमा देशभर ३ सय ५० जना कर्मचारीलाई गत बिहीबार र शुक्रबार अनुगमनमा खटाएको थियो ।

काठमाडौं उपत्यकामा ६० र उपत्यका बाहिरका सहरमा ४० टोली खटाइएको थियो । टोलीमा कम्तीमा ३ जना कर्मचारी परिचालन गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार टोलीलाई कानुनविपरीत काम गरेको पाइएमा तत्काल जरिवाना गर्ने विशेष अधिकार दिइएको छ । अनुगमन टोलीले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर तथा घर बहाल कर सम्बन्धमा करदाताहरुको कारोबारस्थलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कानुनविपरीत कारोबार गरेको पाइएका करदाताको थप अनुसन्धान गरिने शर्माले बताए । टोलीले कर असुली तथा राजस्व दाखिलासम्बन्धी खातावहीलगायत अन्य सूचना र कागजातहरुसमेत कारोबारस्थलमै परीक्षण गरेको थियो । यो अभियान प्रत्येक साता सञ्चालन गर्ने विभागले जनाएको छ । माघ महिनामा दुई साताको एकै पटक दुई दिन लगातार अनुगमन गरिएको थियो । फागुनदेखि प्रत्येक साता बजारमा टोली परिचालन हुन्छ । विभागले असार मसान्तसम्म २५ हजार करदाताको अनुगमन गर्ने लक्ष्य लिएको छ ।

अर्को महिनादेखि क्षेत्रगत रूपमा टोली परिचालन गरिने महानिर्देशक शर्माले जानकारी दिए । “भ्याट, अन्तःशुल्क, आय कर र शिक्षा सेवा सुल्कका लागि निश्चित दिन तोकेर अनुसन्धान गरिनेछ,” शर्माले भने ।

घरबहाल करमा विशेष अनुसन्धान गरिँदै

फागुन महिनामा विभागले घर बहाल करमा अनुसन्धानका लागि विशेष टोली परिचालन गर्ने भएको छ । बहाल करलाई मात्रै केन्द्रित गरी टोली परिचालन गर्न लागिएको महानिर्देशक शर्माले जानकारी दिए ।

“नियमित टोलीबाहेक घरबहालका लागि फरक टोली परिचालन गरिनेछ,” उनले भने ।

चालु आर्थिक वर्षमा सरकारले घर बहालतर्फ एक अर्ब ३५ करोड रुपैयाँ कर असुल गर्ने लक्ष्य लिएको छ । पुस मसान्तसम्म ७७ करोड रुपैयाँ घरबहाल कर असुल भएको छ । यो आर्थिक वर्षमा थप २५ हजार करदातालाई बहाल करको दायरामा ल्याउने लक्ष्य लिएको शर्माले बताए ।