Karobar National Economic Daily » सूचना–प्रविधि

ट्याब्लेट पीसी, इन्टरनेट र एलईडी
क्यान इन्फोटेकका आकर्षण

सरस्वती ढकाल

नयाँ बानेश्वरका कमल श्रेष्ठ क्यान इन्फोटक हेर्न शुक्रबार भृकुटीमण्डप पुग्दा दायाँपट्टिको छेउमा रहेको स्टलमा केहीबेर अडिए । युवा विद्यार्थीको ठूलो भीड देखेर ‘के रहेछ हेरौं न’ भन्दै पुगेका उनी ६ हजारमै ट्याब्लेट पीसी बुकिङ भइरहेको देखेर चकित परे । “साँच्चै हो र ?” केहीबेर पत्याएनन् । इन्फोटेकका अनेकथरी स्टल घुम्दाघुम्दै झन्डै चार घण्टा बिताएपछि बल्ल उनले भेउ पाए । “अचम्मै भएछ,” कारोबारसँग गफिँदै उनी सुनाउँदै थिए, “मैले त कल्पनै गरेको थिइनँ ।”

ह्वाइट हाउस कलेजमा अध्ययन गर्ने चाबहिल गोपीकृष्णनगरका शिवप्रसाद दाहालको आवश्यकता गुणस्तरीय इन्टरनेट सेवा लिने थियो । विभिन्न सेवाप्रदायकका अफिससम्म पुग्न पूरै दिन खर्चिंदा पनि सम्भव थिएन । कुन कम्पनीको सेवा लिने भन्ने दोधारमा रहेका उनी पत्रिकामा समाचार हेरेर हान्निए क्यान इन्फोटेकमा । मेलामा उनले इन्टरनेटको विषयमा बुझ्न र नयाँ–नयाँ सामान हेर्नमा नै बढी समय बिताए । उनले अप्टिकल फाइवरमार्फत इन्टरनेट लिन भायोनेट कम्युनिकेसनको सेवा रोजे ।

घरमा सीआरटी टेलिभिजन प्रयोग गर्दै आएकी विनिता शाक्य इन्फोटेकमा एलईडी टेलिभिजन र कम्प्युटरका स्टल हेर्दै थिइन् । न्युरोडमै घर भएकी उनी कम्प्युटर र टेलिजिभनको पसल न्यूरोडमै छ्याप्छ्याप्ती भए पनि नयाँ टिभी किन्न क्यान इन्फोटकमै आइपुगिन् । उनले पुरानो टेलिभिजन हटाएर नयाँ एलईडी किन्ने निर्णय लिइन् । “इन्फोटेकमा आएर हेर्दा मलाई एलईडीमै चित्त बुझ्यो,” उनले भनिन् । ठूलो स्क्रिन, प्रस्ट तस्बिर र मनै लोभ्याउने आवाज अनि भित्तामा राख्न मिल्ने भएकाले उनलाई एलईडीले लोभ्याएको हो । त्यसमाथि दिनदिनै थपिने लोडसेडिङमा इन्भर्टरले थाम्ने भएकाले कम विद्युत् खपत गर्ने एलईडीको विकल्प उनले देखिनन् ।

यस्ता धेरै नयाँ सामग्री हेर्न, किन्न र जानकारी लिन सर्वसाधरणको भीड क्यान इन्फोटेकमा शनिबार पनि थामिसक्नु थिएन । टिकट किन्न लामो लाइन लागेर बसेका सर्वसाधारण सस्तो पीसी ट्याब्लेट र इन्टरनेटका नयाँ योजना हेर्न आतुर थिए ।

यस वर्षको क्यान इन्फोटेकमा ६ हजारदेखि २४ हजार रुपैयाँसम्मका पीसी ट्याब्लेटले धेरैलाई लोभ्यायो । नेपाली बजारमा भर्खरै प्रवेश गरेका र सीमित आय हुनेका लागि पहुँचबाहिर रहेका ट्याब्लेट पीसीहरूले आउँदा दिनमा पनि चर्चा पाइरहनेछ । क्यान इन्फोटेकबाटै नेपाली बजारमा ट्याब्लेट पीसी सर्वसाधारणसम्मको पहुँचमा पु¥याउने व्यवसायीहरूको जमर्को पनि पूरा भएको छ ।

सूचना र प्रविधिसँग सम्बन्धित सामग्रीहरू हेर्न, बुझ्न, जानकारी लिन र किन्नसमेत सर्वसाधारणको भीड क्यान इन्फोटेक–२०१२ तर्पm केन्द्रित भएको छ । बर्सेनि हुने क्यान इन्फोटेकमा सर्वसाधारणले नयाँ–नयाँ सामग्री विशेष छुटमा पाउने भएकाले सर्वसाधारणको ध्यान इन्फोटेकतर्फ केन्द्रित भएको छ । यस वर्षको इन्फोटेकमा उपभोक्ताको चासो पीसी ट्वालेट, इन्टरनेट र एलईडी टेलिजिभन तथा कम्प्युटरमा परेको छ । नयाँ–नयाँ प्रविधिको विकाससँगै प्रयोग गरेर हेर्नुपर्छ भन्छन् राजधानीका कमल श्रेष्ठ । उनलाई प्रविधिका बारेमा खुब चासो राख्न मन लाग्छ । उनी भन्छन्, “अबकोे जिन्दगी प्रविधिबिना थोरै पनि अगाडि बढ्न सक्दैन ।” ६ हजारदेखी २४ हजार पर्ने पीसी ट्वालेटले सर्वसाधारणको ध्यान तानेको छ । स्टक सकिएपछि बुकिङ मात्र भइरहेकाले अलि चित्त नबुझेको अवलोनकर्ताले बताए ।

नयाँ–नयाँ सामानको जानकारी लिन सर्वसाधारणको चाप बढ्दै गएपछि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) व्यवस्थापनमा खुब ध्यान दिइएको बताएको छ । बर्सेनि इन्फोटेकमा सर्वसाधारणको उपस्थिति बढ्दै गएको छ । सर्वसाधारणको ध्यान सूचना र प्रविधिमा कत्तिको छ भन्ने कुरा मेला अवधिमा भएको उपस्थितिले पनि भन्न सकिने क्यान अध्यक्ष सुरेशकुमार कर्ण बताउँछन् । समयसँगै मानिसलाई प्रविधिबाट टाढिएर रहन नसक्ने अवस्था आएको छ । अध्यक्ष कर्ण भन्छन्, “पहिले पनि प्रविधिको प्रयोग नभएको होइन, अहिले सबै रूपान्तरण हुँदै नयाँ ढंगले प्रयोग भएको छ ।”

क्यान इन्फोटेकमा अधिकांश कम्पनीले ५ देखी ५० प्रतिशत सम्म छुट दिएका छन् । एन्टिभाइरस, इन्टरनेट सेक्युरिटी, पेनड्राइभ, माउस, किबोर्ड, ल्यापटप ब्यागलगायतमा साना–साना सामग्रीमा पनि सर्वसाधारणले चासोका साथ हेर्ने र किन्ने गरेका छन् । “शनिबारसम्म अवलोकन गर्न आउनेको संख्या देख्दा नयाँ हौसला थपिएको छ,” क्यानका महासचिव नारायणप्रसाद न्यौपाने भने ।

कम्प्युटर र मोबाइल एसेसरिजमा अवलोकन गर्नेको पनि थोरै भीड छैन । नयाँ–नयाँ मोडलका मोबाइलमा सर्वसाधारण चासो बढेको छ । आइफोन र टच स्क्रिन मोबाइल हेर्ने बुझ्ने पनि धेरै छन् । कुन मोबाइलको कस्तो सुविधा छ, कति पैसा, डिस्काउन्ट कतिजस्ता विषयमा सर्वसाधारणका प्रश्न स्टलमा बढी सुन्न पाइन्छ । यिनै प्रश्नको जवाफ दिन व्यवसायीहरूलाई भ्याइनभ्याइ भएको छ ।

क्यानले आफ्नो स्थापनाको दुई वर्षदेखि नै इन्फोटेक आयोजना गर्दै आएको छ । सोही समयदेखि सर्वसाधारणको ध्यान यस क्षेत्रतर्प बढी तानिएको हो । नयाँ प्रविधिको चासो राख्ने व्यक्तिलाई क्यान इन्फोटेक महत्वपूर्ण गन्तव्य बन्नेछ । प्रविधिमा चासो राख्ने सबै भइदिएमा आर्थिक समृद्धिको लक्ष्य हासिल पनि हुन सक्ने निश्चित छ । इन्फोटेक शुभारम्भमा भिडियो क्लिपमार्फत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सूचना र प्रविधिको प्रयोगबिना अबको पुस्ता बाँच्न नसक्ने उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन व्यवसायीलाई प्ररित गरेका थिए ।

इन्फोटेकमा उच्च स्तरका व्यक्तित्वदेखि सामान्य आय भएका सर्वसाधारणको उपस्थिति छ । सबैको चासो ‘नयाँ सामान के आयो र त्यसको काम के, कति पैसा’ भन्नेमै छ । यसले गर्दा पनि व्यवसायीलाई सामग्रीको पूर्ण विवरण ग्राहकलाई बताउन बाध्य बनाएको छ । जिजमस नेपाल प्रालिका निर्देशक विशाल खेतान भन्छन्, “अहिले सबैमा चेतनाको विकास भएकाले सबैले धेरै पटक सोचेर, बुझेर मात्र सामान किन्ने निर्णय गर्छन् ।” जिजमसले क्यान इन्फोटेकलाई लक्षित गर्दै बजारमा ल्याएको ६ हजार रुपैयाँ पर्ने पीसी ट्वालेटमा सबैभन्दा ध्यान छ । हालसम्मकै सबैभन्दा सस्तो भएकाले बुकिङ गर्नेको पनि भीड छ ।

क्यान अफर लिएर आएका इन्टरनेट सेवाप्रदायक कम्पनीहरू यतिबेला ग्राहकलाई यो प्याकेज यति पैसा र यति क्षमता भन्नमै व्यस्त छन् । आधा दर्जनभन्दा धेरै सेवाप्रदायक कम्पनीमा अवलोकनकर्ताको भीड बाक्लै छ । इन्टरनेट कम्पनीहरूले घर, अफिस, साना व्यवसायी, उद्योग, होटेल तथा स्कुल–कलेजका लागि छुट्टाछुट्टै क्षमताका योजना ल्याएका छन् ।

भृकुटीमण्डपको प्रदर्शनी मुख्य हलभित्र ३९ वटा ब्रान्डिङ कक्ष, ट्रसमा १ सय ४४, ओपन स्पेस ३, फुड स्टल १३ गरी १ सय ९९ वटा स्टल छन् । प्रदर्शनी कक्षका आधारमा यस वर्षको प्रदर्शनी स्थल अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको क्यानले जानकारी दिएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स र मेन्टिनेन्ससँग सम्बन्धित कम्पनी ३४ प्रतिशत, पावर सलुसन १२, मोबाइल एसेसोरिज ८, डिलर र वितरण ९, इन्टरनेट सेवाप्रदायक ८, प्रिन्टिङ सर्भिसेज ३ र टेलिकम्युनिकेसनको १ प्रतिशत सहभागिता छ ।

विगतका वर्षहरूमा क्यान इन्फोटेकमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहकाले यस वर्ष पनि सहभागिता झनै बढ्नै क्यानले जनाएको छ । तीन दिनको अवधिमा झन्डै २ लाख सर्वसाधारणले इन्फोटेक अवलोकन गरेका छन् । गत वर्षको इन्फोटेकमा ४ लाख १९ हजार १ सय जना अवलोकन गरेका थिए ।

सूचना–प्रविधिले युवा व्यवसायीको जीवनशैली नै सहज
केदार दाहाल

पछिल्लो समय सूचना–प्रविधि क्षेत्रको आक्रामक विकासले जो–कोही पनि टाढा रहन सकेको छैन । धनी र विकसित मुलुकहरूमा यसको प्रयोग फरक रूपमा हुन थालिसकेको छ, जहाँ उनीहरूको व्यवसाय सञ्चालनदेखि घरायसी कामकाजमा पनि सूचना–प्रविधिको प्रयोगमा निर्भर हुन थालिसकेका छन् ।

नेपालमा पछिल्लो पुस्ता पछिल्लो दशकमा सूचना–प्रविधिका सामग्रीको प्रयोग यसरी बढाइरहेका छन्, जुन पुस्तालाई उक्त प्रविधिबिनाको समय फरक र कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ । नेपालमा त्यस्ता सामाग्रीको व्यापार–व्यवसाय गर्नेको संख्यमा पनि उल्लेख्य रूपमा वृद्धि गराइरहेको छ, जसका कारण हरेक दिन नयाँ–नयाँ मोबाइल, ल्यापटपलगायत सूचना–प्रविधिका सामग्री बिक्रीका लागि व्यवसायीहरूले ल्याउने गरेका छन् । अझ त्यसको व्यापार पनि काइदाको हुने देखेर नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरूले पनि त्यस्ता सामग्रीको बिक्री बढाइरहेका छन् ।

सूचना–प्रविधिका सामग्रीहरूलाई खासै चासो नदिने र फुर्सदिला मानिसले प्रयोग गर्ने हो भनेर नयाँ–नयाँ प्रविधिको प्रयोगबाट बाहिर रहने नेपालका उद्योगी–व्यवसायीहरू पनि आजभोलि बजारमा निस्किएका उच्च प्रविधिका समाग्रीको प्रयोग बढाउन थालेका छन । आफूले पहिले समान्य मोबाइलको मात्र प्रयोग गर्ने गरेको भए पनि पछिल्लो समयमा भने आइफोन फोर एसको प्रयोग गर्ने गरेका बताउँछन् हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ । उनले आइफोन थ्रप्, आइफोन फोर हुँदै आहिले आइफोन फोर एस प्रयोग गरिरहेको बताए । दैनिकी एकदेखि दुई घन्टासम्म कम्प्युटरमा बसेर इन्टरनेटमा बिताउने श्रेष्ठ इन्टरनेटले काम गर्न धेरै सहज हुने बताउँछन । “आफूले हाल ल्यापटपमा भने म्याकबुक प्रो ब्रान्डको प्रयोग गरिरहेको छु,” श्रेष्ठले भने । गाडीहरूको बिक्री गर्नेहरूलाई कस्ता गाडी बजारमा आइरहेका छन्, कुन मोडल विश्वमा चलिरहेको छ भन्ने जानकारी लिन पनि इन्टरनेट आवश्यक रहेको बताए ।

नोकिया मोबाइलबाट आफूले मोबाइल प्रयोग सुरु गरेर नोकियाको इ–७० मोडल हुदै ब्ल्याकबेरी मोबाइल प्रयोग गरेर हाल सामसुङ मोबाइलको ग्यालेक्सी प्रयोग सुरु गरेको मुरारका आर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका बताउँछन् ।

सूचना–प्रविधिको प्रयोगबिनाको व्यापार बिजनेस कल्पनाभन्दा बाहिर भइसकेको बताउने मुरारका आफू २४ घन्टा अनलाइनमा बस्ने र एक–दुई घन्टा कम्प्युटरमा इन्टरनेट चलाउने गरेको जानकारी दिए । “पछिल्लो समय त सुरक्षाका कुरासमेत सूचना–प्रविधिमा आइसकेकाले त्यसभन्दा बाहिर कोही पनि हुन सक्दैन,” उनले भने । जहाँ भए पनि प्रविधिको प्रयोगले नजिकै पु¥याउने र काम गर्न सजिलो बनाउने गरेकाले प्रविधिको प्रयोगले आफूलाई सहज भएको बताए ।

यी त उदाहरण पात्र मात्र हुन् । खासमा भन्ने हो भने हाल व्यावसायिक क्षेत्रका व्यक्तित्वहरू बजारमा आएका उच्च र अत्याधुनिक प्रविधिका मोबाइल र ल्यापटप प्रयोग गर्ने गरेका छन् । नेपालमा पछिल्लो समय उपभोक्ताको माग बढी नै भएकाले हरेक दिन दर्जनौं मोडलका मोबाइल, ल्यापटप, कम्प्युटरहरू सार्वजनिक हुने गरेका छन्, जसका कारण व्यावसायिक क्षेत्रमा पनि उच्च प्रतिस्पर्धा भइरहेको छ ।

हाइटेक पुस्ता
प्रकटकुमार शिशिर

त्रिचन्द्र क्याम्पसमा ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययनरत नीराजन शिरीषका महत्वपूर्ण काम सूचना–प्रविधिले सहज बनाएका छन् । इन्टरनेटमा धेरै अभ्यस्त शिरीष आफ्नो ग्याजेटलाई भरपूर प्रयोग गर्दै व्यस्ततामा पनि काम फत्ते गर्ने युवा हुन् । शिरीषजस्तै युवाहरूले अहिले सूचना–प्रविधिको प्रयोगमा आफूहरूलाई अब्बल बनाउँदै लगिरहेका छन् ।

सूचना–प्रविधिको विकास र यसमा बढ्दो पहुँचले युवाहरू हाइटेक बन्दै गएका छन् । एक दशकअघि र अहिलेको अवस्थामा सूचना–प्रविधि क्षेत्रमा आएको विकास र यसको बढ्दो प्रयोगकै कारण युवाहरूमा आकर्षण बढिरहेको हो । विलासी ग्याजेटदेखि लिएर इन्टरनेट सर्फिङ गर्ने युवा जमातकै कारण इन्टरनेटमा नेपालीको पहुँच बढिरहेको सेवाप्रदायकहरूको तथ्यांक छ । मोबाइल संस्कृतिले पनि सञ्चारको समान पहुँचलाई अघि बढाउँदै लगेका छन् । बग्रेल्ती खुलेका सामाजिक सञ्जाल हुन् या विलासी मोबाइलमा एप्लिकेसन (एप्स) राखेर अफिस टुल्स नै चलाउने कुरा होस्, हरेकमा युवा आकर्षण बढ्दो छ ।

सूचना–प्रविधिको विश्व परिवेशसँग इन्टरनेट पुस्ता नजिकिँदै जाँदा त्यसमा अभ्यस्त बन्ने लालसाले प्रयोगमा वृद्धि हुँदै गएको सूचना–प्रविधि विज्ञहरूको अनुमान पनि छ । सूचना–प्रविधिको विकासको फड्कोले युवापुस्ताप्रति केही आशा राख्ने ठाउँ पनि बढ्दै गएको छ । इन्टरनेट तथा दूरसञ्चारप्रदायकहरूले सहरी भेगदेखि ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा पु¥याउँदा त्यसको प्रत्यक्ष फाइदा उपभोक्ताहरूले नै लिएका छन् । प्रविधिमा चासो राख्ने पछिल्लो पुस्ता ग्याजेटलाई आफ्नो आवश्यकतामा परिवर्तन गर्दैछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ करोड ४७ लाखभन्दा बढीले दूरसञ्चार सेवा प्रयोग गरिरहेका छन् । यो संख्या मुलुककै कुल जनसंख्याको ५० प्रतिशतभन्दा पनि बढी हो । यो तथ्यांकले दूरसञ्चार सेवा प्रयोग गर्ने उपभोक्ता बढेको देखाए पनि अझै ठूलो संख्यामा सेवाबाट वञ्चित भने रहेका छन् ।

नेपाल टेलिकम, एनसेल, युटिएललगायत अन्य इन्टरनेट सेवाप्रदायकको सेवा विस्तारका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । सेवाप्रदायकका अनुसार पछिल्लो पटक ३७ लाख ५५ हजार जनताले इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । सेवाप्रदायकको प्रतिस्पर्धाका कारण वाइफाई सेवा थप गर्दा पछिल्लो पटक देशका ठूला तथा साना सहरहरू वाइफाईमय हुँदै गएका छन् । सार्वजनिक क्षेत्रदेखि लिएर रेस्टुराँ तथा होटलहरू वाइफाई क्षेत्र बन्दै जाँदा त्यसको प्रयोग गर्ने जमातको संख्या पनि बढ्दै गएको छ । पश्चिम क्षेत्रतिर म्यागासेसे विजेता महावीर पुनको परिकल्पनामा वायरलेस प्रविधिका कारण ग्रामीण क्षेत्रमा इन्टरनेटले जनजीवन नै सहज बनाएको छ । विलासी मोबाइलदेखि ल्यापटप बोक्ने र स्लिम आइप्याड आफ्नो पकेटमा लोडेड गर्ने तन्नेरी आफूलाई हाइटेक गराउँदै लगेपछि पछिल्लो ग्याजेटमा पनि अभ्यस्त देखिन्छन् । विश्व सूचनाप्रविधि बजारमा देखा पर्ने लेटेस्ट ग्याजेटको पर्खाइमा रहने नेपाली तन्नेरी त्यसको प्रयोगमा अभ्यस्त बन्नु नयाँ जेनेरेसनको ग्याजेटप्रतिको बढ्दो आकर्षण भएको व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीका अनुसार एप्पलको आइफोन ४ एस, आइप्याड २,३, नोकियाको विन्डो, एन्ड्रोइड ४.० प्लस, सामसुङको ट्वालेटसेट त्यस्तै सोनी, एलजी, मोटोरोलाका स्मार्टसेट युवावर्गको पछिल्लो रोजाइ बन्दै गएको छ । न्यूटोरिक नेपालका सञ्जय गोल्छा भन्छन्, “युवावर्गले मोबाइलमा हुने एप्लिकेसनप्रति चाख राख्दै विभिन्न सेट खरिद गर्ने गरेको पाइन्छ । सहरी क्षेत्र, विशेषगरी काठमाडौंमा यस्ता सेटको माग अत्यधिक हुने गरेको उनले बताए । नेपाली बजारमा एप्स चलाउन मिल्ने ७ हजारदेखि १ लाख रुपैयाँसम्मका सेट उपलब्ध छन् ।

स्मार्ट फोनमा हुने क्वेर्टी किप्याडका कारण टाइप गर्ने सजिलो हुने भएकाले धेरैको चाहना यसप्रति गएको व्यवसायीहरू बताउँछन् । विन्डोजको प्याकेज हुने भएकाले मोबाइल सेटबाटै धेरै महत्वपूर्ण काम गर्न सकिने भएपछि ल्यापटपभन्दा पनि स्मार्टफोनमा युवाहरूले चासो देखाएको व्यवसायीहरूको भनाइ छ ।

वल्र्ड ट्रेड सेन्टर, त्रिपुरश्वेरमा व्यवसाय गर्ने युवा मनीष राजभण्डारी आफ्नो व्यवसायको कतिपय काम मोबाइल प्रयोगबाटै गर्छन् । जीपीआरएस सेवा लिएका उनी नोकियाको स्मार्ट फोन प्रयोग गर्छन् । सामाजिक सञ्जालमा जोडिएर साथीभाइसँग च्याटमा कुराकानी गर्नुदेखि मोबाइलमा भएका धेरै एप्लिकेसन उनी प्रयोग गर्दै आफ्नो व्यस्त समयलाई म्यानेज गर्छन् । सेन्टरमा बाहेक अन्य दुई ठाउँमा व्यवसाय गरेका उनी इन्टरनेट र ग्याजेटले दैनिकी सजिलो बनाएको बताउँछन् ।

नेपालमा मोबाइल इन्टरनेट जीपीआरएस प्रयोग गर्ने ३३ लाख उपभोक्ता रहेको प्राधिकरणको तथ्यांक छ । जीपीआरएसका कारण इन्टरनेट प्रयोग गर्ने र मोबाइल सेटमा हुने एप्सलाई आफूअनुकूल काम गर्ने युवावर्ग सौखिन र आवश्यकताअनुसार प्रयोग गर्दै गइरहेका छन् । एप्पलले आफ्नो ३ लाखभन्दा बढी एप्लिकेसन राखेको छ । भनेजस्तो र चाहेजस्तो सफ्टवेयर डाउनलोड गरेर आफ्नो काम हुनेपछि स्वभावतः यस्ता ग्याजेटमा आकर्षण हुने आइप्याड २ प्रयोग गरिरहेका सञ्जीव बराल भन्छन् ।

एक अनलाइन पोर्टल (विकिपिडिया) का अनुसार नेपालमा १ करोड ४२ लाख ४१ हजार जनाले मोबाइल फोन प्रयोग गरेका छन् । बढ्दो मोबाइल प्रयोगमा युवापुस्ता अग्रणी देखिन्छन् । मोबाइल फोन प्रयोग गर्ने युवापुस्ता बढी नै भएकाले उनीहरू आफ्नो आकांक्षाअनुसार सेट खरिद गरी त्यसमा हुने एप्समा रमाइरहेको पाइन्छ । सामाजिक सञ्जालमा अभ्यस्त बन्दै गएको नेपाली पुस्ताले त्यसबाहेक याहु, इबडी, मिग, स्काइप, मेसेञ्जरलगायत एप्स डाउनलोड गर्दै बीबीसी, सीएनएन, सिन्ह्वा, न्यूयोर्कटाइम्सका अनलाइन भर्सन पढ्न रुचाउने कारण यस्तो सुविधा हुने ग्याजेटमा सोख बढाउँदै लगेको पाइन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र जीपीआरएसको सुविधाले पनि विलासी मोबाइल चलाउनेको संख्या बढ्दै गएको हो । सामाजिक सञ्जालको अध्ययन गर्ने वेबसाइट सोसियल ब्याकरसका अनुसार नेपालमा फेसबुक प्रयोग गर्ने प्रयोगकर्ता पछिल्लो पटक १४ लाख २ हजार ८ सय ६० जना छन् ।

म्याकप्रो, आइप्याड, आइफोनका पछिल्ला संस्करण नेपाली बजारमा भित्रिएकै साता बिक्रीमा उल्लेखनीय हुनु नेपाली पुस्ता यस्ता ग्याजेटप्रति सौखिन हुँदै गएको व्यवसायीको भनाइ छ ।

अझै सञ्चालनको पर्खाइमा आईटीपार्क
नगेन्द्र अधिकारी

काभ्रे, १४ माघ

राज्यको ठूलो लगानीमा बनेको काभ्रेस्थित सूचना–प्रविधि पार्क अझै सञ्चालनमा आएको छैन । विभिन्न समयमा सञ्चालनको प्रयास भए पनि ती प्रयास प्रयासमा मात्रै सीमित रहँदा पार्क अहिले पनि सञ्चालनको पर्खाइमा छ ।

वि. सं. २०५७ मा २५७ रोपनी जग्गा खरिद गरी भवनहरू निर्माण गरिएको यो पार्क कुल ३० करोडको लगानीमा पहिलो चरणको पूर्वाधार निर्माण सम्पन्न भएको थियो । सरकारकोे ठूलो लगानीमा बनेको योे आईटी पार्क सञ्चालन भएपछि नेपाल सरकारलाई आर्थिक रूपमा समेत टेवा पुग्न सक्ने अनुमान गरिएको थियो, तर हालसम्म पार्क सञ्चालनमा आउन सकेको छैन ।

वि.सं. २०६३ मा नेदरल्यान्डको जाभ्रा नामक कम्पनीले ६ महिना काम सञ्चालन पनि गरेको थियो । इन्टरनेटको समस्या र काठमाडांैदेखि काभ्रेको आईटी पार्कसम्म पुग्ने सडक व्यवस्थित नभएको भन्दै कम्पनीले पार्क छोड्यो । पछि २०६५ आईटीसम्बन्धी काम गर्नका लागि अमेरिकन कम्पनी आईबीएमले पार्कमा काम पनि थाल्यो । तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटनसमेत गरेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री नेपालले विभिन्न राजनीतिक अस्थिरता, नितिगत तथा समन्वयको समस्या, व्यवस्थित इन्टरनेट सेवाको अभाव, दक्ष जनशक्ति तथा साधन–स्रोतको अभावका कारण पनि उक्त आईटी पार्क सञ्चालनमा ढिला भएको बताउँदै अब नियमित सञ्चालनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारीसमेत दिएका थिए ।

तत्कालीन सूचना–प्रविधि उच्चस्तरीय आयोगका अध्यक्षसमेत रहेका नेपालले यसका लागि जे–जस्तो सहयोग जुटाउन पनि सरकार पछि नहट्ने दृढता व्यक्तसमेत गरेका थिए, तर पार्क स्थायी रूपमा सञ्चालनमा आउन सकेन । हालसम्म पनि पार्क सञ्चालनमा आउन सकेको छैन । सूचना प्रविधिसम्बन्धी कार्य गर्न स्थापना भएको पार्क लगभग ‘भूत बंगला’ मा परिणत हुने अवस्थामा छ । केही सुरक्षा कर्मचारीबाहेक कोहीको उपस्थिति पार्कमा छैन । एकपटकमा  सूचना–प्रविधि क्षेत्रका १ सय ४४ जना इन्जिनियरलाई रोजगारी दिन सक्ने पार्क सञ्चालनमा नआउँदा जनशक्ति बिदेसिरहेको अवस्था छ । “आईटी पार्क त अहिले भूतबंगलाका रूपमा परिणत हुने अवस्थामा पुगेको छ, विडम्बना सरकारले यसलाई सञ्चालन गर्न सकेको छैन, धेरैले स्वदेशमै रोजगार पाउँथे, त्यो पनि गुमिरहेको छ,” क्यान, काभ्रेका महासचिव राजकुमार आचार्यले भने ।

भवनहरू पनि प्रयोगमा नआउँदा चर्किने अवस्थामा पुगेका छन् भने धेरै पूर्वाधार बिग्रने अवस्थामा छन् । कतिपय कोठामा त माकुराको जालो समेत देख्न पाइन्छ । “प्रत्येक फोरममा हामीले आईटी पार्क सञ्चालनका लागि कुरा उठाउने गरेका छौं, विज्ञान तथा प्रविधिमन्त्रीहरूले तुरुन्तै सञ्चालन गर्ने आश्वासन पनि दिनुहुन्छ, तर आश्वासन आश्वासनमै सीमित छ, कसैले सञ्चालन गर्न सकेन,” क्यान, काभ्रेका अध्यक्ष निरञ्जन मानन्धरले भने, “नेपालको एक मात्र सूचना–प्रविधि पार्क सञ्चालन हुन नसक्नु विडम्बनाको कुरा हो ।”

निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा नआएको आईटी पार्क पछिल्लो समयमा त झन् अन्योलमा परेको छ । सूचना–प्रविधि उच्चस्तरीय आयोगको मातहतमा रहेको पार्क आयोग नै विघटनसँगै अन्योलमा परेको हो । अहिले पार्कलाई विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना–प्रविधि महाशाखाभित्र सीमित बनाएपछि त यो सरकारका लागि पनि बेवास्ताको सिकार बनेको छ । “आईटी पार्क आमाबिनाको बच्चाजस्तै भएको छ ।” क्यान, काभ्रेका पूर्वअध्यक्ष शेखरनाथ दुलाल थप्छन्, “पहिले आईटी पार्क सञ्चालनका लागि आयोग नै हुँदा त राम्ररी सञ्चालन हुन सकेको थिएन भने अब त मन्त्रालयको एउटा महाशाखाले कसरी सञ्चालन गर्न सक्ला र !” एडभान्स कम्प्युटरका प्रोपाइटरसमेत रहेका दुलाल सरकारको करोडौँ रुपैयाँ नडुबाउनका लागि निजी क्षेत्र वा प्रतिष्ठान बनाएर सञ्चालन गर्नुपर्ने बताउँछन् । सरकारले सूचना–प्रविधि क्षेत्रबारे बेवास्ता गर्दा करोडौंको लगानी बालुवामा पानी हुने अवस्थामा पुगेको छ ।

करिब ३० करोडभन्दा बढी खर्च भए पनि यहाँ पछिल्लो समयमा आईटीको सफ्टवेयर, हार्डवेयर उत्पादन हुँदैन, बरु राजनीतिक दल र सामाजिक संघसंस्थाको कार्यक्रम गर्ने थलो बनेको छ । पार्कमा २०६७ सालमा काभ्रे उद्योग वाणिज्य संघले मध्यमाञ्चल महोत्सव गरेको थियो भने नेपाली कांग्रेसको जिल्ला सम्मेलन पनि यही भएको थियो । क्षेत्री समाज, नेपाल पत्रकार महासंघलगायतका संघसंस्थाले पनि यही कार्यक्रम गरेका थिए । राजनीति दल र सामाजिक संघसंस्थाले कार्यक्रम गर्न थालेपछि कतिपयले विवाहको पार्टीका लागिसमेत उक्त आईटी पार्क माग्न थालेका छन् । “हुँदाहुँदा विवाह गर्नका लागि आईटी पार्क दिनुप¥यो भनेर पनि आउन थालेका छन्, कतिपयलाई त मैले धेरै पटक फर्काएको छु, आईटी पार्कमा अहिले आईटीभन्दा अरू काम बढी हुन थालेका छन्,” आईटी पार्कका एक कर्मचारीले भने ।

आईटी पार्कमा व्यापारिक, प्रशासकीय भवन, आवासीय भवनसमेत निर्माण भएका छन् । पार्कभित्र विद्युत् अप्टिकल फाइवर आदिको सुविधा पनि छ । पहिलो चरणको कार्य पूरा भए पनि सञ्चालनमा नआउँदा दोस्रो चरणमा पार्कभित्रै बैंक, स्कुल, पौडीपोखरीलगायतका अत्याधुनिक पूर्वाधार बनाउने योजना अलपत्र परेको छ ।

प्रविधिको सहायताले प्रहरी अनुसन्धान आधुनिक बन्दै
“मानवीय प्रक्रियाबाट गरिएका अनुसन्धान झूटा र अविश्वासीसमेत हुन सक्ने भएकाले अब यसको प्रयोग र विश्वास दिन–प्रतिदिन घट्दै गएको छ” – डीआईजी उपेन्द्रकान्त अर्याल

मातृका दाहाल

शान्तिसुरक्षार्थ २४ सै घण्टा तैनाथ सुरक्षाकर्मीहरू सूचना र प्रविधिको पहुँच बाहिर रहने कल्पनासमेत गर्दैनन् । व्यक्तिगत प्रयोजन होस् वा कार्यालय, जिम्मेवारी निर्वाहमा प्रविधिको विकासले क्रान्ति नै ल्याएको उनीहरूको अनुभव छ ।

केही वर्षअघिसम्म प्रहरीलाई कुनै पनि आपराधिक घटनाको अनुसन्धान गर्न आधुनिक प्रविधि भन्दा धेरै पुरानो मानिएको मानीय प्रक्रिया (अभियुक्तको पहिचान गर्न अपनाइने मुचुल्का, बयान) को विकल्प थिएन, तर दिनप्रतिदिन वढ्दै गएको सूचना–प्रविधिको विकासले प्रहरीलाई अपराध अनुसन्धानमा सहज मात्र बनाएन, धेरै हदसम्म प्रहरीका अनुसन्धानले तथ्यपरक जानकारी गराउन सहयोगी माध्यम बनेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी उपेन्द्रकान्त अर्यालको अनुभव छ । पछिल्ला तीन–चार वर्षदेखि नयाँ–नयाँ तरिकाले हुने आपराधिक क्रियाकलापमा सशक्त प्रविधिको प्रयोग गरेर मात्र आपराधिक गिरोहलाई तह लगाउन सकिने डीआईजी अर्याल बताउँछन् ।

प्रविधिको प्रयोगबाट गरिएका अनुसन्धान वैज्ञानिक र आधिकारिक हुने भएकाले यसलाई विस्तार गर्न राज्य केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।  “मानवीय प्रक्रियाबाट गरिएका अनुसन्धान झूटा र अविश्वासीसमेत हुन सक्ने भएकाले अब यसको प्रयोग र विश्वास दिन–प्रतिदिन घट्दै गएको छ ।” डीआईजी अर्याल भन्छन्, “हामीले पनि घटनाको अनुसन्धानलाई वैज्ञानिक र भरपर्दो बनाउन प्रविधिकै सहायता लिने गरेका छौं ।” जुनसुकै ठाउँमा अपराध भए पनि प्रविधिको सहायताले अभियुक्त पत्ता लगाउन सहज बन्दै गएको प्रहरीको दाबी छ । केही महिनायता महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीका विभिन्न स्थानमा हुन सक्ने सम्भावित आपराधिक गतिविधिलाई निगरानी राख्ने उद्देश्यले अत्याधुनिक प्रविधिलाई प्रयोगमा ल्याएको छ ।

महाशाखाले प्रारम्भिक प्रयोगका रूपमा ल्याएको उक्त योजना सम्बन्धित प्रहरी एकाइ तथा कन्ट्रोल रुममा मेसिन जडान गरी केही स्थानमा राखिएका ती मेसिनले जुनसुकै स्थानमा आपत्कालीन घटना भएमा रेकर्ड राख्ने तथा तत्काल प्रहरी संयन्त्र घटनास्थलसम्म पुग्ने व्यवस्था गर्छ । यस्तै सोही योजनाअन्तर्गत ड्युटीमा खटिएका प्रहरीलाई थप जिम्मेवार बनाउन प्रहरीले पैयोग गर्ने भ्यानमा ‘जीपीआरएस’ जडान गरी निगरानी गर्ने व्यवस्थासमेत प्रयोगमा आइरहेको छ । जीपीआरएस जडानले प्रहरी अधिकारी ड्युटीमा खटिएको–नखटिएको संकेत गराउँछ ।

मानवीय प्रक्रियाबाट भएका अनुसन्धान लोप हुन सक्ने तथा परिवर्तन हुन सक्ने भएकाले अनुसन्धानमा सूचना–प्रविधिको सहायतालाई प्रहरीले बढाउँदै लगेको छ  । प्रविधिको प्रयोगबिना प्रहरीका जुनसुकै अनुसन्धान अधुरो रहने डिआईजी अर्याल बताउँछन् । गत भदौ १० गते बबरमहलमा माओवादी सभासद् शालिकराम जमकट्टेलमाथि भएको आक्रमण घटनामा पनि प्रहरी प्रविधिको सहायताबाट तथ्यसम्म पुगेको उनको भनाइ छ । प्रविधीले गर्दा समयको पनि बचत भएको र छिटो निष्कर्षमा पुग्न सकेको उनको अनुभव छ ।

प्रहरीले सभासद् आक्रमण घटनाबारे अनुसन्धान गर्दा बानेश्वरदेखि बबरमहलबीचका दूरसञ्चार सेवाप्रदायक कम्पनीका २२ हजार टेलिफोन कल र प्रयोगकर्ताबाट आपराधिक गिरोहमा संलग्न व्यक्तिको पहिचान गरेको थियो । प्रविधिका कारण काम गर्ने जोस र जाँगरमा समेत वृद्धि हुनुका साथै ‘घटनाको सफल अनुसन्धान’ ले थप जिम्मेवारी बोध गराउन मद्दत गरेको छ । प्रविधिले शारीरिक र मानसिक रूपमा विश्वस्त बनाएको छ । सीआईबी कुनै न कुनै मुद्दामा अनुसन्धान गरिरहेको हुन्छ । प्रविधिबिना अनुसन्धान पूर्ण हुन पनि सक्दैन ।  मानवीय प्रक्रियाबाट नभई प्रविधिको सहायताले यस घटनामा तथ्य सम्म पुगेको सम्बद्ध निकायको अनुभव छ ।

आपराधिक गिरोहका गतिविधिसमेत अत्याधुनिक हुने गरेकाले राज्य पनि सूचना र प्रविधिको प्रयोग बढाउँदै लैजानेतर्फ गम्भीर हुनुपर्छ । विशेष गरी हत्या, लुटपाट, अपहरण, ठगी, डकैतीलगायत आपराधिक गतिविधि नियन्त्रणमा प्रविधिको प्रयोग आवश्यक हुने प्रहरीको भनाइ छ । केही साता अघि मात्रै प्रहरीले व्यापारी पवन संघाई अपहरण गरी फिरौती असुल्न गरिएका योजनामध्येको एक ‘टेलिफोन रेकर्ड’ फेला पारी संलग्न अभियुक्तलाई पक्राउ गरेको थियो ।

शान्ति–सुरक्षाका लागि खटिएका हुन् या अंगरक्षक सबैले प्रविधि कुनै न कुनै रूपमा प्रविधि प्रयोग गरेकै हुन्छन् । प्रविधिले गर्दा धेरै मान्छेको काम एउटैले गर्न सकेको छ । दूरीले टाढा भए पनि प्रविधिले नजिक बनाएको अनुभव नेपाल प्रहरीको कम्युटर निर्देशनालयमा कार्यरत एक अधिकारी बताउँछन् ।

साँघुरिदै विश्व विस् तारिंदै सम्बन्ध
प्रविधि सञ्जालले

प्रकाश शाह

देख्यो भेट्यो मायामोह

देखेन भेटेन को हो, को हो ?

समय–अन्तरालमा भेट हँुदा ‘सम्बन्ध’ बारे उहिले–उहिले पुर्खाहरू यसै भन्थे । समय बदलिएको छ । भौतिक पूर्वाधार विकासका क्षेत्रमा नेपाललै खासै प्रगति हात नलाए पनि सूचना–प्रविधि भने जबरजस्त रूपमा विकसित छ । हुन पनि किन नहोस्, संसारमा सबैभन्दा छिटो परिवर्तन हुने कुरा केही छ भने त्यो सूचना प्रविधि नै हो । भलै नेपाली उत्पादनबाट संसारलाई अँगाल्न नसके पनि विकसित मुलुकले सूचना–प्रविधिको क्षेत्रमा गरेका नवीनत्म प्रयोगले आज संसार सानो गाउँमा परिणत भएको छ । संसार गाउँका रूपमा परिणत भएकैले होला, सात समुद्र वारिपारि रहँदा समेत सम्बन्ध उस्तै (ताजै) लाग्छ । सूचना–प्रविधिको विकास र सोहीसँगै खुलेका सामाजिक सञ्जालहरूले पुराना सम्बन्धलाई पुनस्र्थापित गराउन सहयोग मात्र गरेका छैनन्, नयाँ सम्बन्ध कायम गराउन पनि सम्भव बनाएका छन् ।

गत वैशाख नेपाल आइपुगेकी अमेरिकाकी भ्यालेन्टिना डिबा र डोटीका विवेक केसीबीच राजधानीमा आकस्मिक भेट भएको थियो । राजधानी हायत रेजेन्सी होटलमा बस्दै सपिङ गर्न बजार निस्केकी डिभालाई सपिङ गर्दा सघाएकै भरमा उनीहरूको चिनजान भएको हो । त्यसताका फेसबुकमा भेटउँला भन्दै छुटिएका उनीहरू अहिले निकै गाढा भएका छन् । अस्टे«लिया आउन आफूलाई न्यानो निमन्त्रणा दिएको विवेक सुनाउँछन् । “अस्टे«लियामा आऊ, यतै काम गरेर बसौँला भन्छिन्,” उनले बताए । आफ्नो विदेश जाने अरुचिका कारण उनलाई नेपालमा आउन आग्रह गरेको विवेकले जानकारी दिए । नेपाल भ्रमण निकै रमाइलो भएको र नेपालमा रेस्टुराँ खोल्न भ्यालेन्टिनाले इच्छा व्यक्त गरेको पनि उनले सुनाए । फेसबुकबाटै सेल फोन नम्बर आदान प्रदान भएकाले लोडसेडिङको समयमा उनीहरू फोनमै गफिन्छन् ।

फेसबुक, ट्वीटर, स्काईलगायतका सामाजिक सञ्जालबाट कोसांै टाढाको सम्बन्धलाई स्थापित गराउनु सूचना–प्रविधिको वरदान नै मान्नुपर्छ । प्रत्यक्ष भेटघाट होस् वा औपचारिक कार्यक्रम खुम्चिएर वार्तालाप गर्ने नेपाली संस्कारमा सामाजिक सञ्जालको सहायताले आधुनिक पुस्ता ब्रेक थु्र गर्न सफल भएको छ । विवेक र भ्यालेन्टिना एक उदाहरण मात्र हुन् । आधुनिक वा प्रविधि पुस्ता मात्र नभई हिजो आज केटीकेटी, युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई सामाजिक सञ्जालले सम्बन्ध स्थापनाका लागि निकै खुकुलो बनाइदिएको छ ।

सामाजिक सञ्जालबाट साथीभाइ, इष्टमित्र तथा आफन्तको सम्बन्धलाई निरन्तरता दिने मात्र नभई अनलाइन साथीबाटै लगनगाँठोसम्मको सम्बन्ध स्थापित गर्ने पनि बढेका छन् । दुई वर्षअघि स्काइपबाट साथी बन्न पुगेका राजधानीका अर्जुन हमाल र अस्टे«लियाकी केरिया बेनिन वैवाहिक बन्धनको नजिक पुगेका छन् । “उनी वैशाखमा नेपाल आउँदै छिन्, हामी दुईबीच बिहे गर्ने कुराकानी चलेको छ,” अर्जुनले भने । उनकै निम्तोमा केरिया नेपाल घुम्न आउन लागेकी हुन् । परिवारसँग बिहेबारे जानकारी नभएकाले सो समयमा बिहे गर्नेबारे निश्चित भने भइसकेको छैनन् ।

अर्जुनका अनुसार विदेशी नागरिक भएकाले परिवारको मन बुझाउन गाह्रो भएकाले बिहे नभए पनि राम्रो साथीका रूपमा नेपालमै केही व्यवसाय गर्ने सोचाइ उनको छ । विवेकजस्तै विदेशी सम्बन्ध स्थापित गर्न पुगेका अर्जुनका लागिसमेत सूचना–प्रविधि वरदान सावित भएको अनुभव छ । “म यो सम्बन्धलाई दिगो बनाउन चाहन्छु, हाम्रो सम्बन्धमा स्वार्थ नभएकाले पनि होला हामी धेरै नजिक भइसकेका छौँ,” उनले भने ।

दुई वर्षअघि रोजगारीका क्रममा श्रीमान् दुबई पुगे पनि झापाकी शर्मिला रिजाललाई उराठलाग्दो न्यास्रो नलागेको बताउँछिन् । “सम्झना आए अनलाइनमा कुराकानी गर्छु, अनलाइनमा नभए फोन गरिहाल्छु” उनले सूचना–प्रविधिको आधार लिँदै भनिन् । राजधानीमा एक्लै बस्दै आएकी शर्मिलाका लागि यूटीएल सिम, एयरको ल्यापटप र स्काईप प्रविधि परम मित्र बनिसकेका छन् । उनका अनुसार श्रीमान्को सम्झना आए फोन गरेर अनलाइन ढाक्ने र अबेर रातिसम्म गफिन्छन् । वेबक्यामेराको सहयोगबाट प्रत्यक्ष गफिँदा आफू र श्रीमान्सँगै रहेको अनुभूत गराउने उनले सुनाइन् ।

समाजशास्त्री सुधीर ढकालका अनुसार विगत सूचना–प्रविधिसँगै सामाजिक सञ्जालको विकासले सिंगो संसारलाई नै आत्मीकरण गर्न सहयोग पु¥याएको ठम्याइ छ । “सामाजिक सञ्जालले एक देशको नागरिक अर्को देशको नागरिकसँग परिचित मात्र भएको छैन, सांस्कृतिक, भौतिक र आर्थिक विषयको आदान–प्रदानसमेत हुन पाएको छ,” ढकालले भने । हरेक किसिमले विकसित मानिएका पश्चिमा मुलुकका नागरिक नेपालजस्तो विकासोन्मुख देशका नागरिकबीच राम्रो सम्बन्ध स्थापित हुनु हाम्रा लागि स्वागतयोग्य कुरा हो । समाजशास्त्रीय दृष्टिकोणले समेत पश्चिमा मुलुकको शैक्षिकस्तर, खुलेर बोल्न सक्ने क्षमता, इमानदारिता र शिष्टाचार सिक्ने अवसर यो सम्बन्धबाट मिल्छ ।

यी सम्बन्धबाट विकासोन्मुख नेपालका लागि विकास गर्न चाहिने आर्थिक सहयोगको विषय पनि यस्तै सम्बन्धबाट सुरु हुने बुझाइ समाजशास्त्री ढकालको छ । हरेक विषयका सकारात्मक र नकारात्मक पाटा हुने भएकाले सामाजिक सञ्जालबाट बढाइने सम्बन्धबारे विचार पु¥याउनुपर्ने देखिन्छ । फेक (गलत) आइडी (नाम) प्रयोग गर्दै सञ्जालबाटै लोभ्याउने र फसाउने कार्यहरू पनि पछिल्ला दिनमा ह्वात्तै बढेका छन् । नकारात्मक कुरालाई ख्याल गर्दै स्वच्छ मनले जोडिन पुग्ने सम्बन्ध दुवै पक्षका लागि लाभदायक हुने पक्का छ ।

त्यसैले होला आधुनिक समयमा पुर्खाहरूले भन्ने गरेको ‘देख्यो भेट्यो माया……कोहो कोहो’ को परिभाषा पनि फेरिएको छ । ‘मोबाइल छ हातमा हामी छौँ साथमा’, आईटी जिन्दगी जिन्दावाद ।

आईटी परिषद्सँग आशावादी छौं
सुरेशकुमार कर्ण

अध्यक्ष, कम्प्युटर एसोसियसन अफ नेपाल

सूचना–प्रविधिको महामेला क्यान इन्फोटेकसँगै मुलुकमा नयाँ प्रविधिको बहस फेरि सुरु भएको छ । मेलाको आयोजक कम्प्युटर एसोसियन अफ नेपाल (क्यान) का लागि मेला व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । नेपालमा वर्षभरि हुने सयौं मेलामध्ये भव्य र चर्चाको दृष्टिले पनि अग्रणी मेलाको आयोजना गर्ने नेतृत्व लिइरहेका क्यान अध्यक्ष सुरेशकुमार कर्ण भने विगतका अनुभवबाट पाठ सिक्दै मेलालाई व्यवस्थित बनाइएको बताउँछन् । दुई वर्षअघि क्यान अध्यक्षमा निर्वाचित कर्ण मेलामार्फत संसारभर प्रविधिका क्षेत्रमा विकसित पछिल्ला उत्पादनहरू एकै स्थानमा पाउनका इन्फोटेक निर्विकल्प स्थल भएको बताउँछन् । इन्फोटेकको व्यवस्थापनमा अहोरात्र खटिरहेका कर्णसँग विपेन्द्र कार्की र सरस्वती ढकालले गरेको कुराकानीका प्रमुख अंश ः

यो वर्षको क्यान इन्फोटेकको सुरुआत कस्तो रह्यो ?

अघिल्लो दिनको बन्द र बिहानको केही अवरोधले उद्घाटन समारोहको व्यवस्थापनमा केही समस्या देखिए पनि समग्र क्यान इन्फोटेकमा त्यसको असर परेन । इन्फोटेकको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम थियो । अन्तिम समयमा राजनीतिक व्यस्तताले उहाँ भौतिक रूपमा समारोहमा अनुपस्थित भए पनि  प्रविधिकै प्रयोग गरेर भिडियोमार्फत सम्बोधन गर्नुभयो । अघिल्लो दिनको बन्द र उद्घाटनको दिन बिहानको सडक अवरोधका कारण पहिलो दिनको मध्याह्नसम्म स्टल व्यवस्थापनमा केही समस्या देखिए त्यसपछि व्यवस्थापन चुस्त भइसकेको थियो । पहिलो दिन व्यवस्थापनमा सानातिना समस्या देखापर्नु स्वाभाविक पनि हो । धेरै भीआईपीलाई एकैपटक इन्फोटेक प्रवेश गराउँदा केही समस्या त देखिन्छ नै ।

क्यान इन्फोटेकमा सूचना–प्रविधिसँग सम्बन्धित व्यक्ति तथा व्यवसायीको सहभागिताचाहिं कस्तो छ ?

हरेक वर्ष उद्घाटन समारोहको दिन २ बजेसम्म भीआइपीका लागि खुला राख्छौं । इन्फोटेकको सुरुकै दिनमा त्यति धेरै भीड पनि देखिँदैन । त्यसपछिका दिनमा भने उत्साहजनक सहभागिता देखिने गरेको छ । विगतका वर्षजस्तै यो वर्ष पनि हाम्रो अनुभव दोहोरियो । सूचना–प्रविधिसँग सम्बन्धित व्यक्ति तथा व्यवसायीका लागि मात्र नभई प्रविधिका बारेमा जानकार जोकोहीका लागि क्यान इन्फोटेक विशेष मेला भएकाले सहभागिता सन्तोषजनक देखिन्छ ।

अत्यधिक मानव चापका कारण हरेक वर्ष क्यान इन्फोटेकको व्यवस्थापनमा समस्या देखिन्छ । यसलाई व्यवस्थित गर्न यो वर्ष के गरिरहनुभएको छ ?

हामीसँग भएको स्रोत, साधन र स्थल यहीमात्र हो, अरू विकल्प थिएन । तर यो वर्ष पुरानो अनुभवसमेतलाई समेटेर सेग्मेन्टेसन गरेका छौं । प्रदर्शनीहलभित्र ठूला पेभिलियिनहरू राख्ने र हलबाहिर खुद्रा विक्रेता स्टल राखेका छौं । प्रदर्शनीहलभित्रै फुडस्टल राख्दा फोहोर हुने भएकाले गार्डेनक्षेत्रमा व्यवस्थापन गरेका छौं । त्यसको नतिजा पनि देखिएको छ, प्रदर्शनीहल सफा छ । भीड व्यवस्थापनका लागि हामीले पहिलो दिनदेखि नै कमजोरीको समीक्षा गर्दै व्यवस्थित गर्ने प्रयास गरिरहेका छौं । भित्र स्टल अघिल्तिर पनि प्रशस्तै ठाउँ भएकोले त्यति भीड देखिँदैन र हामीले पर्याप्त संख्यामा स्वयंसेवक खटाएकाले पनि व्यवस्थापन चुस्त नै छ । विगतका वर्षका अनुभवका आधारमा यो वर्ष भीड व्यवस्थापन बढी प्रभावकारी बनाइरहेका छौं ।

झन्डै २ दशकदेखि नियमित इन्फोटेक आयोजना गर्दै आउनुभएको छ, यो वर्षचाहिँ विगत वर्षहरूभन्दा कुन अर्थमा बढी महत्वपूर्ण र पृथक् बनाउनुभएको छ ?

हरेक वर्ष इन्फोटेकमार्फत गरिने प्रदर्शनीमा पछिल्लो प्रविधिका प्रोडक्ट र सर्भिसहरू नै आकर्षण हुने गरेका छन् । यो वर्षको आकर्षण भनेको सुपथ मूल्यका ट्याब्लेट पीसी र स्मार्ट टेक्नोलोजिज नै हुन् । त्यसैगरी स्मार्ट फोन र टिभीमा पनि बढी आकर्षण देखिएको छ । त्यो सँगसँगै इन्टरनेट सेवाप्रदायकहरूमा पनि तीव्र र आकर्षक प्रतिस्पर्धा छ । भिडियोकन्फरेन्स गर्ने आईपीपीएबीएक्सको पनि राम्रो सहभागिता छ ।

मुलुक चरम ऊर्जासंकटमा रहेका बेला कम ऊर्जा खपत गर्ने वस्तु सार्वजनिक गर्नुपर्ने आवश्यकतालाई व्यवसायीले भुलेको देखियो नि ?

यसको महसुस हामीले नगरेका होइनौं । इन्फोटेकमा यसको प्रचार नभएर मात्रै हो । स्मार्ट र एलइडी प्रविधिमा अरु प्रविधिभन्दा झन्डै ४० प्रतिशत कम ऊर्जा खपत हुन्छ । यिनीहरूमा धेरै बेरसम्म ऊर्जा संचय गर्न सक्ने प्रविधि पनि छन् । कतिपय सौर्य ऊर्जाबाट चल्न सक्ने खालका पनि देखिन्छन् । समग्रमा अहिलेको प्रविधि नै कसरी ऊर्जा खपत कम गर्ने बनाउन सकिन्छ भन्नेमा विश्व केन्द्रित भएकाले हामी त्यो दिशाबाट अनभिज्ञ छैनौं ।

प्रविधि सम्मेलनको उद्घाटन समारोहमा प्रविधिको प्रयोग भएन भन्ने गुनासो छ नि ?

समारोहमा प्रधानमन्त्रीले आउँछु भन्नुभएको थियो । उहाँको रुचि पनि थियो, तर नसक्ने भएपछि हामीले कार्यक्रमलाई नलम्ब्याई प्रविधिको प्रयोग गरेर उहाँको सम्बोधन गरायौं । उहाँ हाम्रो उद्घाटन समारोहका बेला कहाँ हुनुहुनेछ भन्ने स्पष्ट भएको भए इन्टरनेट ब्यान्डविथ लगेर प्रत्यक्ष सम्बोधन गराउन सकिन्थ्यो । तर उहाँको स्थान सुनिश्चितता नभएका कारण रेकर्डेड भिडियोमार्फत नै भए पनि सम्बोधन गराएका हौं । यहाँ पनि केही न केही प्रविधिको प्रयोग त भएकै मान्नुपर्छ ।

अघिल्ला वर्षका इन्फोटेकमा साझेदारी गर्दै आएको उच्चस्तरीय सूचना प्रविधि आयोग यसै वर्ष विघटन भयो । यसमा तपाईंहरूको आग्रह सरकारले सुनेन, यसले कस्तो सन्देश दिएको छ ?

उच्चस्तरीय सूचना–प्रविधि आयोग स्थापनका जुन उद्देश्यहरू थिए, ती उद्देश्य र विज्ञान तथा प्रविधि मन्त्रालयका उद्देश्यहरू लगभग एकै प्रकारका रहेका कारण सरकाले विघटन गर्नुपरेको बताएको छ । सरकारी निकायमा काम गर्नेलाई नै खारेज गर्नुपर्नाको कारण हामीलाई भन्दा राम्रोसँग थाहा होला । हामीले त विघटन नगर्न आवाज उठाएका थियौं, तर त्यसको बदलामा सरकारले अर्को निकाय आईटी परिषद् बनाएको छ । पहिलाजस्तो दुई निकायबीच द्वन्द्व नहोस् भनेर मन्त्रालयका प्रतिनिधि र विज्ञ राखेर यो निकाय गठन गर्ने भनिएको छ । प्रधानमन्त्रीले आफ्नै सम्बोधनका क्रममा पनि आपूmलाई आईटी परिषद्को अध्यक्षका रूपमा प्रस्तुत गर्नुभएकाले त्यो विवाद रहँदैन भन्ने हाम्रो अपेक्षा हो ।

यस वर्षको क्यान इन्फोटेकमा सेवाभन्दा व्यापारका स्टल बढी देखिनुको कारणचाहिँ के हो ?

हामीले कसैलाई आउनुस् र कसैलाई नआउनुस् भनेका होइनौं । क्यान इन्फोटेकलाई प्रयोग गरेर जसले आफ्नो व्यावसायको दायरा बढाउन सक्छु भन्छ, ऊ प्रत्यक्ष सहभागी हुन्छ, अरू हुँदैनन् । सेवाका स्टल पनि छन् तर देशकै परिप्रेक्ष्यमा अझै पनि ट्रेडिङ नै बढी भइरहेकाले त्यो प्रभाव नदेखिएको होइन । यहाँमात्र होइन, बजारमा पनि तपाईंले यही ट्रेन्ड देख्नुहुन्छ । सेवाका लागि मानव साधन, स्रोतलगायतका पूर्वाधार आवश्यक हुन्छ । व्यापार भनेको आज सामान ल्याएर भोलि बेच्न पाइने भएकाले त्यतातिर बढी मान्छेको आकर्षण हुनु स्वाभाविक पनि हो ।

प्रविधि दिनदिनै बदलिइरहेको हुन्छ तर यसलाई आत्मसात् गर्ने नीति परिवर्तन हुन वर्षौं लाग्छ । नेपालको सूचना–प्रविधि क्षेत्रमा यस्तो प्रवृत्ति कत्तिको देखिइरहेको छ ?

कर्मचारीतन्त्रमा नीतिगत कुराको मस्यौदा गरेर त्यसलाई नियमनकारी निकायबाट स्वीकृति लिएर आउँदासम्म निकै समय लाग्छ । कतिपय अवस्थामा ढिलो गरी नीति आउँदा समयसान्दर्भिक नहुन सक्छ । यसर्थ यो प्रशासनिक झमेला सूचना–प्रविधिको क्षेत्रमा चाहिँ हुनुहुँदैन । सूचना–प्रविधिसम्बन्धी नीति नियम अरू व्यवसाय वा क्षेत्रमा जस्तो स्थिर राखेर हुँदैन, यसलाई समयसापेक्ष बनाउनु जरुरी छ । यसमा लाग्नैपर्छ भन्ने सुझाव हामी सरकारलाई दिन चाहन्छौं ।

यसका लागि आवश्यक जनशक्ति सरकारी निकायमा छ कि छैन ? निजी क्षेत्रले पूर्ति गर्न सक्ने अवस्था कस्तो छ ?

नेपाली जनशक्तिले विदेशमा गएर पनि राम्रो गरिरहेको छ । सबैभन्दा पहिले त नेपाली जनशक्तिलाई विश्वास गर्नुप¥यो । आज कुनै पनि देशले नयाँ प्रोडक्ट निकाल्नुप¥यो भने चीनमा फ्याक्ट्री खोल्ने कुरा सोचिहाल्छ । चाहेर होस् वा नचाहेर चीनको उत्पादनसम्बन्धी सीप संसारकै सबैभन्दा अगाडि छ । त्यस्तै, नेपालमा पनि विदेशी लगानीलाई प्रोत्साहित गर्दै नेपाली जनशक्तिलाई पनि सँगसँगै अघि बढाउनु जरुरी छ । विदेशी सहयोगका परियोजनामा पनि हाम्रो ३०÷३५ प्रतिशत जनशक्ति अनिवार्य रहनैपर्ने नीति भयो भने हाम्रो दक्षता अभिवृद्धिका लागि सहयोग पुग्ने थियो । यहाँ दक्षजनशक्ति नभएको होइन, वातावरण बनइनुपर्छ ।

इन्फोटकपछि क्यान कसरी अघि बढ्नेछ ?

काठमाडौंबाहिरका विभिन्न जिल्लामा पनि इन्फोटेक आयोजना गर्दैछौं । मुलुकका प्रमुख सहरमा सूचना–प्रविधिको बढ्दो जनचासोलाई सम्बोधन गर्न क्यान इन्फोटेक गर्दैछौं । त्यसपछि एसोसियो भन्ने हाम्रो अन्तर्राष्ट्रिय संस्थाको अफिसियल बैठक आगामी मे महिनामा लुम्बिनीमा हुनेछ ।  त्यसको लागि तयारी पनि गर्नेछौं ।