Karobar National Economic Daily » विश्व

चीनको बाह्य व्यापारले वृद्धिमा प्रभाव पार्ने
एजेन्सी

बेइजिङ, २८ माघ

दुई वर्षकै अवधिमा पहिलो पटक जनवरीमा चिनियाँ निर्यात घटेको छ । निर्यातमा आएको यो निराशाजनक अवस्थाले विश्वव्यापी मन्दीबाट चिनियाँ अर्थतन्त्रमा पर्ने प्रभावको चिन्ता बढाएको छ ।

गत वर्षको समान अवधिको तुलनामा जनवरीको निर्यात ०.५ प्रतिशतले घटेको छ । घट्दो मागसँगै लुनार नयाँ वर्षको अवसरमा कारखाना बन्द भएकाले निर्यातमा कमी आएको हो ।

निर्यातको तुलनामा आयात झन् ठूलो अनुपातले घटेको छ । जनवरीमा चिनियाँ आयात १५.३ प्रतिशतले घटेर व्यापार नाफा २७ अर्ब ३० करोड डलर पुगेको छ । यद्यपि यो व्यापार नाफा ६ महिनाकै उच्च हो ।

घट्दो अवस्थाको निर्यातको प्रभाव कम गर्न प्रयासस्वरूप चीनले आन्तरिक माग बढाउने प्रयार जारी राखेकाले आयात पनि घटेको हो ।

विशेष सतर्कता

“२०१२ मा चिनियाँ वृद्धिमा देखिने सबैभन्दा ठूलो खतरा भनेको कमजोर बाह्य माग हुने हाम्रो विश्वास छ । युरोक्षेत्रमा चालू अवस्थामा रहेको कर्जा संकटका कारण यो समस्या आउने विश्वास लिइएको हो,” बैंक अफ अमेरिका मेरिल लिन्चका टिङ लुले भने ।

चिनियाँ नयाँ वर्षका कारणले यस्तो प्रभाव परेका कारण उल्लेख गरिए पनि गिरावटमा पर्वमात्रै कारण नभएको विश्लेषकहरूले बताएका छन् ।

अपेक्षाकृत ठूलो आयातको गिरावटले वृद्धि कम हुन थालेको संकेत गरेको उनीहरूको भनाइ छ ।

“आयातमा देखिएको गिरावटले विशेष ध्यानाकर्षण गरेको छ,” आईएचएस ग्लोबल बेइजिङका रेन जियानफेङ भन्छन्, “जनवरीमा देखिएको १५ प्रतिशतको गिरावटलाई लुनार नयाँ वर्षको मात्र कारण भएको मान्न सकिन्न र अर्थतन्त्रमा प्रमुख सूचकांकहरूले गरेअनुरूप सुझावभन्दा पनि ठूलो भार परेको छ ।”

यो महिनाको सुरुमै ‘लजिस्टिक्स र पर्चेजिङ’को चिनियाँ महासंघले जनवरीको आयात अघिल्लो महिनाको ४९.३ प्रतिशतबाट घटेर ४६.९ कायम भएको जानकारी गराएको थियो । आयातको यो अवस्थाले आन्तरिक मागमा कमी आएको देखाएको छ ।

यो अनुपातका बाबजुद विश्लेषकहरूले यो मन्दी छोटो अवधिका लागि मात्र हुने र आगामी महिनाहरूमा आयात वृद्धि सुरु हुने बताएका छन् ।

‘सर्वाधिक ठूलो खतरा’

विश्वव्यापी कम्पनीहरू सस्तो उत्पादन लागतको फाइदा उठाउन बेइजिङतर्फ ओइरिएकाले विगतका केही वर्षमा निर्यात क्षेत्र चीनको आर्थिक विकासका लागि महत्वपूर्ण मानिँदै आएको छ ।

यद्यपि चिनियाँ सामानका लागि सर्वाधिक ठूला बजारहरू अमेरिका र युरोक्षेत्रको मन्दीले हालैका महिनाहरूमा हुने निर्यातको गति मन्द बनाएको छ ।

युरोक्षेत्रको कर्जा संकट र अमेरिकाको उच्च बेरोजगारी दरले उपभोक्ता विश्वासमा हानि पु¥याउनुका साथै चिनियाँ सामानको माग पनि घटाएको छ ।

शुक्रबारको आधिकारिक तथ्यांकले चीन र युरोपेली संघबीचको द्विपक्षीय व्यापार जनवरीमा झन्डै ७ प्रतिशतभन्दा अधिकले घटेको देखाएको छ ।

युरोक्षेत्रको कर्जा संकटले पाएको निरन्तरता चिनियाँ वृद्धिको सर्वाधिक ठूलो चिन्ताको विषय भएको विश्लेषकहरूले बताएका छन् ।

२०१२ मा युरोपेली अर्थतन्त्र –०.६ प्रतिशतले संकुचित हुने अपेक्षा आफूले गरेको बैंक अफ मेरिल लिन्चका टिङ लुले बताए । कसैले पनि युरोक्षेत्रमा गिरावट कठोर रूपमा आउने र के हुन्छ भन्ने विषयको एकिन सम्भाव्यता व्यक्त गर्न नसक्ने उनको भनाइ छ ।

थप दबाब

चिनियाँ व्यापार बचत राजनीतिक रूपमा संवेदनशील मानिएको छ । विशेष गरी चीनको प्रमुख व्यापार साझेदार अमेरिकासँग ठूलो अनुपातको व्यापार बचत कायम छ ।

व्यापारी र नीति–निर्माताहरूले निर्यात बढाउने उद्देश्यले चीनले आफ्नो मुद्रा कृत्रिम रूपमा अवमूल्यन गरेको आरोप लगाउँदै आएका छन् ।

चीनको उच्च व्यापार बचत अन्य मुलुकको आर्थिक वृद्धिका लागि हानिकारक भएको तर्क उनीहरूले अघि सार्दै आएका छन् ।

यो पछिल्लो तथ्यांक आगामी साता चिनियाँ उपप्रधानमन्त्री ली केक्वीङ अमेरिकी भ्रमण जानुपूर्व सार्वजनिक भएको हो ।

पछिल्लो व्यापार बचतले उपप्रधानमन्त्रीको भ्रमणका अवसरमा चीनमाथि दबाब सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् ।

इन्डोनेसियाको ब्याजदरमा अप्रत्याशित कटौती
एजेन्सी

जकार्ता, २८ माघ

इन्डोनेसियाको केन्द्रीय बैंकले तीन महिनामै पहिलो पटक अप्रत्याशित रूपमा आधारभूत ब्याजदर कटौती गरेको छ । बिग्रँदो विश्वव्यापी आर्थिक अवस्थाको समयमा वृद्धिलाई सहयोग गर्न ब्याजदरमा यो कटौती गरिएको हो ।

गभर्नर डार्मिन नासुसन र उनको बोर्डले ब्याजदरलाई एकतिहाइ प्रतिशत बिन्दुले घटाई ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झारेको बैंक इन्डोनेसियाले जनाएको छ । बैंकको यो निर्णय १५ अर्थशास्त्रीमाझ गरिएको सर्भेमा ४ ले गरेको अनुमानकै लाइनमा रहेको छ । अन्यले कुनै परिवर्तन नहुने बताएका थिए ।

इन्डोनेसिया पनि विगतमा महिनाहरूमा गरिएको कर्जा लागत कटौतीमा फिलिपिन्स र थाइल्यान्डकै लाइनमा आएको छ । बैंक अफ कोरियाले पनि आज ब्याजदर वृद्धि गर्ने कामलाई रोकेको छ ।

नीति–निर्माताहरूले कमजोर विश्वव्यापी मागको सामना गर्न गतिविधि सञ्चालन गरेलगत्तै यो कदम अघि सारिएको हो । दक्षिणपूर्वी एसियाकै ठूलो इन्डोनेसियाको अर्थतन्त्र गत वर्ष ६.५ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिदर एसियाली वित्तीय संकटपछिकै ठूलो हो ।

युरोप कठोर आर्थिक अवस्थाबाट गुज्रिएमा यो वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतभन्दा कमले वृद्धि हुने अर्थ मन्त्रालयका बजेट नीतिका प्रमुख बामबाङ ब्रोजेनेगोरोको अपेक्षा छ ।

“आगामी दिनमा बाह्य माग झनै कमजोर हुने देखिएको छ,” नोमुरा होल्डिङ सिंगापुरका अर्थशास्त्री इयुवेन पाराकुलेसले भने, “वस्तु मूल्य मत्थर बनाउने तत्वहरूले पनि आन्तरिक मागमा केही चिन्ता थप्नेछन् ।”

टाटा स्टिलको अनपेक्षित घाटा
एजेन्सी

मुम्बई, २८ माघ

भारतकै ठूलो उत्पादक टाटा स्टिलले २०११ को अन्तिम त्रैमासमा अनपेक्षित घाटा बेहोरेको छ । कमजोर मागका कारण घाटा भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तेस्रो त्रैमासिक अवधिमा कम्पनीले ६ अर्ब ३ करोड भारतीय रुपैयाँ घाटा बेहोरेको छ ।

गत वर्ष भने कम्पनीले १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कच्चा पदार्थको उच्च मूल्यका साथै घट्दो माग र युरोपको मूल्यले घाटामा सघाउ पु¥याएको छ ।

विश्लेषकहरूले ३ अर्ब ४० करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ ।

कम्पनीले युरोपमा क्षमताको दुईतिहाइ मात्रै सञ्चालन गर्दै आएको छ । क्षेत्रमा कर्जा संकटले माग प्रभावित भएको छ ।

टाटा युरोपका अधिकारीहरूले यो वर्ष माग बढ्ने अपेक्षा नगरेको बताएका छन् ।

“अपेक्षा गरिएअनुरूप मागमा झीनो वृद्धि हुने अवस्था पनि छैन, त्यसैले मूल्य घटेको छ,” मुम्बईस्थित इलारा सेक्युरिटिजका रविन्द्र देशपाण्डेले भने ।

कुनै पनि वस्तुको उत्पादन लागत नघटेकाले पनि नाफा दबाबमा परेको छ ।

देशपाण्डेले आगामी केही त्रैमासिक अवधिमा पनि आफूले उत्तम परिणाम आशा नगरेको बताए ।

सार्कोजी झनै अलोकप्रिय हुँदै
एजेन्सी

पेरिस, २६ माघ

दोस्रो विश्वयुद्धयताकै अलोकप्रिय फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजी ऋण संकटकै अवस्थामा पनि दोस्रो कार्यकालका लागि असाधारण विजय अपेक्षासाथ चुनावमा जाँदैछन् ।

कमजोर अवस्थामा पुगेको अर्थतन्त्रले फ्रान्सलाई इतिहासकै पहिलो पटक ‘तीन ए’ को साख स्तर कटौती पाएपछिको अवस्थामा पनि ५७ वर्षीय सार्कोजीले आँधीमा पनि क्याप्टेनको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मतदानका लागि ७४ दिनमात्रै बाँकी रहेको अवस्थामा सार्कोजी ३२ प्रतिशतको स्वीकृतिसहित विपक्षी समाजवादी दलको पछि लाग्न बाध्य भएका छन् । यति धेरै अलोकप्रिय भएका कुनै पनि फ्रेन्च राष्ट्रपति पुनः निर्वाचित भएका छैनन् ।

“उनको सबैभन्दा ठूलो सम्पत्ती तथा सम्भवतः अन्तिक हतियार भनेकै नेतृत्वमा रहेको राजनीतिज्ञको परिचय हो,” सिभिपफ राजनीतिक अध्ययन इन्सटिच्युटका विश्लेषक पास्कल पेरिनिउले भने, “उनले यही कुरालाई उठाउनु आवश्यक छ ।”

उम्मेदवारी घोषणा गर्न बाँकी नै रहेका सार्कोजीले १ करोड ६६ लाख अर्थात् कुल जनसंख्याको २५ प्रतिशत दर्शकमाझ जनवरी २९ मा  हुने टेलिभिजन प्रसारणपूर्व विगत पाँच वर्षको कामका बारेमा विश्वसनीय प्रमाण पेस गर्नु आवश्यक छ ।

उनले सम्प्रभु ऋण संकटको आठौं सिकार हुनबाट फ्रान्सलाई जोगाउने लक्ष्य लिएका छन् । संप्रभु ऋणकै समस्याले २०१० देखि आयरल्यान्ड, पोर्चुगल, ग्रीस, स्पेन, इटाली, स्लोभेनिया र स्लोभाकियाका नेताहरूलाई सत्ताच्युत गरिसकेको छ ।

राष्ट्रपतिको कार्यकाल सुरु भएको समयमा सार्कोजी दोस्रो विश्वयुद्धपछि जेनेराल चाल्र्स दि गाउलेपछि लोकप्रिय भएका छन् । गाउँले दोस्रो विश्वयुद्धका नायक र पाँचौ गणतन्त्रका संस्थापक पनि हुन् ।

पछिल्लो सर्भेले उनले समाजवादी उम्मेदवार फ्रान्कोइस होलान्डेलाई १६ प्रतिशत बिन्दुले पछ्याइरहेको देखाएको छ । पेरिसमा रहेकोे बीभीएले फेबु्रअरी ६ मा प्रकाशित गरेको सर्भे परिणामले होलान्डेले सार्कोजीको २६ प्रतिशतको तुलनामा ३४ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ र मे ६ मा हुने दोस्रो चरणको निर्वाचनमा ४२ काविरुद्ध ५८ प्रतिशत मतले जित्ने देखाएको छ ।

क्वान्टासको ए–३८० ग्राउन्डेड
एपी

सिड्नी, २६ माघ

अस्ट्रेलियन विमान सेवा क्वान्टासले आफ्नो सेवामा रहेको ए–३८० सुपरजम्बो अस्थायी रूपमा ग्राउन्डेड गरेको छ । मर्मत परीक्षणका क्रममा पंखाको माथिल्लो भागमा चीरा परेको देखिएपछि ग्राउन्डेड गर्ने निर्णय लिइएको हो ।

पंखामा देखिएको ३६ साना चिराहरूले सुरक्षामा कुनै पनि डर नभएको भन्दै क्वान्टासले यो चीराहरू एयरबसले दुई महिनाअघि पंखाको भित्री भागमा फेला पारेको धातु ब्राकेटको चीराभन्दा फरक भएको जानकारी दिएको छ ।

पछिल्लो समयमा फेला परेको यो समस्याले विमान निर्मातालाई विश्वभरिका ए–३८० को झन्डै एकतिहाइ संख्याको सुरक्षा परीक्षण गर्ने आवश्यकता देखाएको छ ।

क्वान्टासका कर्मचारीहरूले २ सेन्टिमिटरभन्दा सानो चीरा फेला पारेका छन् । गत महिना विमान सेवाको लन्डनदेखि सिंगापुरको उडानमा कठोर अस्थिर अवस्था आएपछि यो परीक्षण गरिएको हो ।

जहाजमा आएको अस्थिरताको घटनापछि क्वान्टासले नियमित जाँच सञ्चालन गरेको थियो र त्यसपछि एयरबसको अनुरोधमा  पंखाको अतिरिक्त सावधानी परीक्षण गरेको विमान सेवाले बताएको छ । पूर्वसावधानी निरीक्षणमा चीरा फेला परेको क्वान्टासले बताएको छ ।

क्वान्टासले चीरा मर्मतका लागि काम गरिरहेको छ र एक साताभित्रै सेवामा फर्कने अपेक्षा गरिएको छ ।

क्वान्टासका प्रवक्ता टम उडवार्डले अहिलेको चीराहरू ए–३८० को पंखामा यसअघि फेला परेको चीराजस्तै भएको बताएका छन् ।

२०१० को मध्यरातको उडानमा इन्जिनमा समस्या देखिएलगत्तै ग्राउन्डेड गरिएको ए–३८० को मर्मत सिंगापुरमा  भइरहेको छ । २००७ मा यात्रु उडान सुरु गरेयता २०१० को इन्जिनको समस्या यो वायुयानले भोगेको सबैभन्दा ठूलो समस्या हो । यही कारणले क्वान्टासले २० जहाजलाई अस्थायी रूपमा ग्राउन्डेड गरेको थियो ।

हालैको समस्याले क्वान्टासलाई सबै १२ ए–३८० को परीक्षणको आवश्यकता नरहेको उडवार्डले बताए ।

“पछिल्लो युरोपेली नियामक निर्देशिकाले १३ सय उडान चक्र पूरा गरेपछि एक पटक विमान परीक्षणको आवश्यकता औंल्याएको छ,” उनले भने ।

हाल क्वान्टासमा रहेका ए–३८० ले १३ सय उडान चक्र पूरा गरिसकेका छन् ।

भारत फर्कंदै घरजग्गा लगानीकर्ता
भारु अवमूल्यन कारक

एजेन्सी

सिंगापुर, २६ माघ

कामका लागि सिंगापुर आएका धेरै भारतीयमध्येका एक विवेक शर्मा पनि यो टापुको बढ्दो सम्पत्ति बजारमा आफूलाई स्थापित गर्न असफल भएका छन् । त्यहाँको सरकारले विदेशीलाई निरुत्साहित गर्ने उद्देश्यले कर लागू गरेपछि उनको यो अवस्था भएको हो ।

भारतीय रुपैयाँमा आएको गिरावटले स्वदेशमै सम्पत्ति खरिदको खोजीमा रहेका हजारांैको संख्यामा उनी पनि जोडिएका छन् । उनीहरूले भाडामा दिने उद्देश्यको लगानी, परिवारका सदस्यका लागि आवास, अवकाश सम्पत्ति र आफैं फर्केपछि आवश्यक पर्ने आवासका लागि भारतमा लगानी गर्न थालेका छन् ।

“मैले साढे २ वर्षअगाडि यहाँ आउँदा सिंगापुरको सम्पत्ति खरिद गर्ने अवसर चुकाएँ,” ३८ वर्षीय शर्माले भने । उनी उपचार संयन्त्र उत्पादनको कार्यकारी हुन् र जनवरीमा भएको दुईदिने घर मेलामा सहभागी हुने ३३ सयमध्येका एक हुन् ।

मेलामा ५३ भारतीय सम्पत्ती विकासकर्ताहरू सहभागी थिए । उनीहरूले बिक्री बढाउन मूल्य घटाएका छन् । “हाल मूल्य अधिक मात्रामा बढिसकेको छ र नयाँ करले गर्दा त झनै सम्पत्ति भारतमै फर्काउन उत्तम हुन थालेको छ,” शर्मा भन्छन् ।

यो वर्ष भारतको सम्पत्ति बजारले विदेशी खरिदकर्ताबाट ३ अर्ब डलर आकर्षित गर्ने सम्भावना व्यक्त गरिएको छ । यो अनुपात गत वर्षको १ अर्ब ६० करोडको तुलनामा झन्डै दोब्बर भएको जोन्स लाङ लासाले इंकका भारतीय एकाइका प्रबन्ध निर्देशक शोभित अग्रवालले बताए । यो कम्पनी विश्वकै दोस्रो ठूलो सार्वजनिक रूपमा कारोबार गर्ने व्यापारिक सम्पत्ति दलाल हो ।

विदेशबाट भारतमा हुने लगानीको एकतिहाइ शर्माजस्तै व्यक्तिगत तवरबाट आएको र दुईतिहाइ लगानीकर्ताबाट आएको पनि अग्रवालले जानकारी दिए ।

सिंगापुर घर मेलाको आयोजक रहेको ‘हाउजिङ डेभलपमेन्ट फाइनान्स कर्पोरेसन’ (एचडीएफसी) ले मेलमा सहभागी हुने घरजग्गा विकासकर्ताहरू गत वर्षको दाँजोमा २६ प्रतिशतले बढेको बताएको छ । यो कम्पनी भारतकै ठूलो धितो कर्जा प्रदायक होे ।

मेलाका सहभागीमध्येमा डिएफएल, युनिटेक र इमार एमजीएफ ल्यान्ड पनि रहेका छन् । एचडीएफसीले कुवेत र दुबईमा पनि समान किसिमको मेला आयोजना गरेको थियो । अर्को मेला अप्रिलमा लन्डनमा हुने समयतालिका निर्धारण गरिएको छ ।

जर्मनीको निर्यात गिरावट तीन वर्षकै ठूलो
एजेन्सी

बर्लिन, २५ माघ

गत वर्षको डिसेम्बरमा जर्मनीको निर्यात तीन वर्षकै तीव्र दरमा घट्नुका साथै आयात पनि अप्रत्याशित रूपमा ओरालो लागेको छ । आयात–निर्यातको यो अवस्थाले युरोपकै ठूलो अर्थतन्त्र २०११ को चौथो त्रैमासिकमा प्रक्षेपणभन्दा पनि ठूलो अनुपातले संकुचित भएको छ ।

संघीय तथ्यांकीय कार्यालयको तथ्यांकले आवधिक मिलानको निर्यात ४.३ प्रतिशतले ओरालो लागेको देखाएको छ । यो गिरावट २००९ को जनवरीको वित्तीय संकटदेखिकै तीव्र हो ।

वार्षिक तथ्यांकमा आएको यो गिरावटले युरोक्षेत्रमा भएको जर्मनीको निर्यात ३.३ प्रतिशतले घटेको देखाएको छ ।

निर्यातमा आएको गिरावटले व्यापार बचत अघिल्लो महिनाको १४ अर्ब ९० करोड युरोबाट १३ अर्ब ९० करोड युरोमा झर्न मद्दत पुगेको छ । डिसेम्बरको व्यापार बचतले सुरुमा गरिएको १४ अर्बको प्रक्षेपण पनि पूरा गर्न सकेन ।

“युरोपेली ऋण संकट कमजोर विश्वव्यापी मागसहित एकसाथ आएको छ,” डेकाबैंकका आन्द्रेसले बताए ।

“डिसेम्बरको तथ्यांकको अर्थ चौथो त्रैमासिकका लागि आधिकारिक ०.२५ प्रतिशत संकुचनको तथ्यांकलाई अझै कम गरेर समीक्षा गर्नु आवश्यक भएको मानिन्छ ।”

निर्यातमुखी जर्मनी अर्थतन्त्रको सुधार २००८/०९ को वित्तीय संकटबाट तीव्र रूपमा सुधार भएको छ, तर युरोक्षेत्रको कर्जा समस्या र विश्वव्यापी मन्दीले देशको वृद्धि परिदृश्यमा ओझेल पार्न थालिसकेको छ ।

चौथो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको पहिलो सरकारी आँकडाले झीनो रूपमा संकुचन आएको देखाएको छ । तर डिसेम्बरको तथ्यांक पनि अपेक्षाकृत खराब देखिएको छ ।

औद्योगिक उत्पादन २००९ को सुरुमा गहिराइमै पुगेको वित्तीय संकटदेखि डिसेम्बरसम्मको अवधिमा ठूलो अन्तरले ओरालो लागेको छ ।

कमजोर अवधिमा आन्तरिक मागले अर्थतन्त्रलाई सहयोग गर्ने र आयात ०.६ प्रतिशतले बढ्ने अपेक्षा अर्थशास्त्रीहरूको छ ।

साइमन्स एजीले यो महिनाको सुरुमै आर्थिक अवस्था कठिन रहने अनुमान गरेको छ । अस्थिर वित्तीय बजारले वास्तविक अर्थतन्त्रमा असर परेको र कम्पनीहरूले पनि ठूलो लगानी रोकेकाले एजीको यो अनुमान आएको हो ।

यद्यपि आगामी समयको प्रक्षेपणका लागि गरिएको सर्भेले जर्मनी अर्थतन्त्रको मन्दी छोटो अवधिका लागि मात्रै भएको देखाएको छ । जनवरीमा पनि व्यावसायिक निराशाको अवस्था झनै बढेको छ । यद्यपि फेबु्रअरीमा उपभोक्ता विश्वास बढेर १० महिनाकै उच्च बिन्दुमा पुगेको छ ।

पूरै वर्षको तथ्यांकले भने जर्मनी निर्यात २०११ मा बढेर १.०६० ट्रिलियन युरोको कीर्तिमानी उचाइमा पुगेको देखाएको छ । आयात पनि ९ खर्ब २० अर्ब युरोको ऐतिहासिक उचाइमा पुगेको छ ।

जर्मनको व्यापार सन्तुलन २०१० को १ खर्ब ५४ अर्ब ९० करोड युरोबाट बढेर १ खर्ब ५८ अर्ब १० करोड युरो पुगेको छ । यो तथ्यांक मंगलबार फ्रान्सले जारी गरेको तथ्यांकको तुलनामा ठूलो अन्तरले बलियो रहेको छ ।

फ्रेन्च तथ्यांकले युरोक्षेत्रकै दोस्रो ठूलो अर्थतन्त्रको व्यापार घाटा २०११ मा ७० अर्ब युरोको कीर्तिमानी उचाइमा पुगेको देखाएको छ ।

बेइजिङको कार्यालय भाडा न्युयोर्कभन्दा महँगो
एजेन्सी

सांघाई, २५ माघ

चीनको तीव्र आर्थिक वद्धिले माग बलियो बनाएपछि गत वर्ष कार्यालय भाडा दरमा भएको ७५ प्रतिशतको वृद्धिले कार्यालय भाडाको मामिलामा बेइजिङलाई न्युयोर्कभन्दा महँगो बनाएको छ ।

कार्यालय भाडाका लागि चिनियाँ राजधानी हाल विश्वकै पाँचौं महँगो सहर भएको एक अन्तर्राष्ट्रिय रियल स्टेट कम्पनीले जनाएको छ । न्युयोर्क भने छैटौं स्थानमा झरेको कुशम्यान एन्ड वेकफिल्डले यो महिना सार्वजनिक गरेको २०१२ को ¥याङकिङमार्फत बताएको छ ।

पहिलो स्थान भने हङकङले पाएको छ । यसपछि क्रमशः लन्डन र टोकियो रहेका छन् । रूसी राजधानी सहर मस्को चौथो स्थानमा छ ।

“चीनमा भएको असाधारण सहरीकरण प्रक्रिया र बलियो आर्थिक वृद्धिले कार्यालयका लागि घरको माग लगातार बढाइरहेको छ,” कुशम्यानका प्रबन्ध निर्देशक एन्डी झाङले एक वक्तव्यमार्फत उल्लेख गरेको छ ।

चीनले सम्पत्ति मूल्य बढ्न नदिन १ वर्षभन्दा पहिलेदेखि विभिन्न नीति कार्यान्वयन गर्दै आएको छ, तर सरकारी प्रयास हाउजिङको मूल्य नियन्त्रणमा भएको र कार्यालय तथा व्यापारिक क्षेत्रका लागि नभएकाले कार्यालय भवनको भाडा ह्वात्तै अकासिएको हो ।

बेइजिङमा प्रतिवर्गफिट वार्षिक औसत १ सय ३० अमेरिकी डलर भाडा पर्छ । यो भाडादर न्युयोर्कको १ सय  २० डलरभन्दा बढी भएको रियलस्टेट फर्मले जनाएको छ ।

विश्वव्यापी ¥याङ्किङले देशकै महँगो सहरलाई मात्रै समेट्ने भएकाले चीनको वित्तीय केन्द्र सांघाई समावेश हुन सकेन ।

यद्यपि सांघाईमा पनि गत वर्ष २७ प्रतिशतले भाडा बढेको थियो । वृद्धि दरको तुलनामा एसियामा यो सांघाई दोस्रो तीव्र वृद्धिको सहर हो ।

झाङले यो वर्ष यी दुई सहरको भाडा वृद्धिमा मन्दी आउने अपेक्षा गरेका छन्, तर आगामी दिनमा आपूर्तिमा हुने कमीले भाडा दरलाई उच्च नै राख्ने झाङले बताएका छन् ।

“भाडामा लगाउने स्थानको उपलब्धता दर एक अंकको रहेको र आगामी वर्षहरूमा पनि गुणस्तरीय आपूर्तिको सम्भावना न्यून रहेकाले बेइजिङ र सांघाईले सम्पत्ति बजारको अवस्थालाई २०१२ मा पनि कायमै राख्नेछन्,” उनले बताए ।

चीनले आवासीय घरको मूल्य घटाउन दोस्रो घरको खरिदमा प्रतिबन्ध लगाउनुका साथै खरिद गर्दा गरिने सुरु भुक्तानीको परिमाण पनि बढाएको छ ।

केही सम्पत्ति डेभलपरहरू नियन्त्रणको यो नीतिपछि व्यापारिक र कार्यालय आयोजनातर्फ लागेका छन् ।

ओलम्पिक मस्कट निर्माताद्वारा बढी काम लगाएको आरोप अस्वीकार
एजेन्सी

याङचेङ, २५ माघ

ओलम्पिक मस्कटका चिनियाँ उत्पादक प्रतिनिधिले निर्धारित पारिश्रमिकको दाँजोमा अतिरिक्त काम लगाएको आरोप अस्वीकार गरेको छ । उक्त अरोप गलत सूचनामा आधारित भएको बताउँदै अन्तर्राष्ट्रिय संगठन र सञ्चार माध्यमका लागि कारखाना निरिक्षण खुला रहेको बताएको छ ।

याङचेङ रेन्बो आर्ट्स एन्ड क्राफ्ट कम्पनीका अध्यक्ष गु फेङले बेलायती पत्रिका ‘द सन’ को अघिल्लो समाचारको प्रतिक्रियास्वरूप गरिएको पत्रकार सम्मेलनमा यो टिप्पणी जारी गरिएको हो ।

जनवरी १९ र २३ मा ‘द सन’ पत्रिकाले कारखानाले अधिक काम लगाएको समाचार प्रकाशित गरेको थियो । कारखानामा मजदुरहरूले मासिक ३ सय ५८ घण्टा काम गर्ने र १ सय ४७ अमेरिकी डलर तलब पाउने गरेको समाचार पत्रिकाले प्रकाशित गरेको थियो । “पत्रिकाले उल्लेख गरेको चिनियाँ कामदार कारखानामै छैन,” गुले बताए ।

भ्वइस अफ अमेरिकाले यो महिनाको सुरुमा झु सेङरोङ लिएको अन्तर्वार्तामा कारखानाको ख्याति बिगार्न समाचार तोडमोड गरेको उनले बताए ।

झुलाई उद्धृत गर्दै भीओएले उनलाई कारखानाले अतिरिक्त पारिश्रमिकबिना थप समय काम लगाएको समाचार प्रेषित गरेको थियो ।

झुलाई २००८ को पहिलो अर्ध वार्षिक अवधिमै कारखानाबाट निकालिएको गुले बताए । महिला सहकर्मीसँगको बारम्बारको अनुपयुक्त सम्पर्कका कारण उनलाई निकालिएको पनि गुले बताए ।

झुले औद्योगिक क्षतिका लागि क्षतिपूर्ति माग गरेको  तर स्थानीय अदालतले अस्वीकार गरेको थियो ।

२०१२ को लन्डन ओलम्पिक खेलका प्रवक्ताले बृहत् अनुसन्धानका लागि स्वतन्त्र अनुगमनका लागि आग्रह गरिएको र कामदारको अधिकार हनन भएको आरोप पनि समीक्षा गर्न आग्रह गरिएको बताएका छन् ।

भारतको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा तल
एजेन्सी

नयाँ दिल्ली, २४ माघ

भारतको केन्द्र सरकारले आर्थिक वर्ष २०११/१२ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर वार्षिक ६.९ प्रतिशत हुने जनाएको छ, यो विगत तीन वर्षमै न्यून दर हो । त्यहाँको आर्थिक वृद्धिदर आव २०१०/११ मा ८.५ प्रतिशत र २००९/१० मा ७.४ प्रतिशत रहेको थियो ।

मार्चमा अन्त्य हुने चालू आर्थिक वर्षमा कृषि उत्पादन २.५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ भने औद्योगिक क्षेत्र अनुमानित ३.९ प्रतिशतको दरले बढ्ने अपेक्षा गरिएको छ ।

रिजर्भ बैंक अफ इन्डियाले २०१० को मार्चदेखि ल्याएको कडाइको नीतिले लगानी लगातार घटेको छ । अनिश्चित विश्वव्यापी आर्थिक स्थिति, उच्च ब्याजदर तथो महत्वपूर्ण सुधार लागू गर्न सक्ने सरकारी असक्षमताका कारण वृद्धि प्रभावित भएको हो । चालू वर्षको वृद्धि दर २००८–०९ को वित्तीय संकटकै तहमा फर्कने त्रास बढेको अर्थशास्त्रीहरूले बताएका छन् ।

“वृद्धिदर ९ प्रतिशतको सुरुको प्रक्षेपणदेखि हालसम्म फराकिलो अन्तरले घटेर ६.९ प्रतिशतमा आइपुगेको छ । आगामी समयमा यो क्रमले निरन्तरता पाएर निष्क्रिय अवस्थामा पुग्ने देखिएको छ,” आनन्द राठीका प्रमुख अर्थशास्त्री सुजन हाजराले भने ।

“मौद्रिक नीतिको दृष्टिकोणबाट हेर्दा सरकारका नीतिगत संकेतहरू अझै पनि पुरानै प्रतिबद्धताको अवस्थामा रहने स्पष्ट भइसकेको छ,” उनले भने ।

स्ट्यान्डर्ड एन्ड पुअर (एसएन्डपी)ले यदि सरकार बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न असफल भएमा बढ्दो बजेट घाटा र मन्दीले भारत सम्प्रभु ऋणको साख स्तर दबाबमा पर्ने चेतावनी दिएको छ ।

सोमबार सार्वजनिक गरिएको एसएन्डपीको प्रतिवेदनले हालको ‘तीन बी माइनस’ को स्तरलाई यथावतै राखे पनि सरकारी कमजोर नीतिसहितको नकारात्मक तत्वको समग्रले भारतलाई घट्दो अवस्थामा डो¥याउने उल्लेख गरेको छ ।

“हामी कटौती र निकट भविष्यमै दीर्घकालीन परिदृश्यमा समीक्षाको अपेक्षा गर्दैनौं,” प्रतिवेदनमा भनिएकोे छ । तर मौद्रिक, वित्तीय र अन्य आर्थिक गतिविधिमा देखिएको मन्द अवस्थाले साखस्तरमा कटौतीको सम्भावना देखाएको छ ।

२०११–१२ का लागि ‘एस एन्ड पी’ले भारतको जीडीपी वृद्धि ६.८ प्रतिशत हुने तथा २०१२–१३ का लागि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वृद्धिलाई सकारात्मक तत्वका रूपमा उल्लेख गरे पनि एजेन्सीले राजनीतिक गाँठोले देशको रेटिङमा नकारात्मक दबाब सिर्जना गर्ने उल्लेख गरेको छ ।

“नीति कार्यान्वयन गर्ने भारतीय सरकारको क्षमता पनि कमजोर छ । जटिल र ढिलो निर्णय प्रक्रियाका कारण यो अवस्था आएको हो,” प्रतिवेदनमा भनिएको छ ।

मन्दीको अवस्था र उच्च सहुलियत विधेयकका कारण २०११–१२ मा ४.६ प्रतिशतको लक्षित बजेट घाटा जीडीपी १ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । २०११–१२ मा राज्य र केन्द्रीय बजेट घाटा ८.५ प्रतिशतको उच्च अवस्थामा रहने तथा २०१२–१३ मा ८.१ प्रतिशत रहने प्रक्षेपण पनि गरिएको छ ।

“उच्च मुद्रास्फीति र कडा मौद्रिक नीतिले सरकारी ऋणपत्रको ब्याजदर र सामान्य ब्याजदर पनि बढाउनेछ,” प्रतिवेदनमा भनिएको छ, “यदि सरकारले मध्यावधि बजेट मजबुतीका लागि विश्वसनीय र व्यावहारिक ल्याउन सके बजारको विश्वासमा पनि सुधार आउने अपेक्षा हामीले गरेका छौं ।”