Karobar National Economic Daily » राजनीति/समाज

सहमति जुटाउन थप एक महिना आवश्यक
तीन दल बैठक

नयाँ संविधान निर्माणको मूल कार्यतालिका परिवर्तन नहुने गरी आन्तरिक कार्यतालिका संशोधन गरी सभामुखसँग एक महिना समय माग्ने सहमति भएको हो ।

कारोबार संवाददाता

काठमाडौं, २८ माघ

संविधानसभाको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । विवादित विषयमा सहमति जुट्न नसकेपछि प्रमुख तीन दल संविधानसभाका अध्यक्षसँग थप एक महिना समय माग्ने निर्णयमा पुगेका हुन् ।

सिंहदरबारस्थित शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा शनिबार अपराह्न बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सहमति जुटाउन एक महिना समय माग्ने निर्णय गरेको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले जानकारी दिए ।

“काम गर्दा–गर्दै विवादित विषयमा सहमति जुटाउन सकिएन,” बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री सिटौलाले भने, “सहमतिमै विवाद टुंग्याउन सभामुखसँग एक महिना समय माग्ने सहमति गरेका छौं ।”

एमाले अध्यक्ष झलनाथ खनालले पनि नयाँ संविधान निर्माणको मूल कार्यतालिका परिवर्तन नहुने गरी आन्तरिक कार्यतालिका परिवर्तन गरी सभामुखसँग एक महिना समय माग्ने सहमति भएको बताए ।

“गम्भीर गृहकार्य गर्दा–गर्दै पनि हामी कार्यतालिकाअनुसार अघि बढ्न सकेनौं,” सञ्चारकर्मीसँग खनालले भने, “आगामी जेठ १४ मा हामी संविधान जारी गरेरै छाड्छौं ।”

खनालका अनुसार एक महिनाको समय थप गर्नका लागि माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मार्चाका नेताहरूले सभामुखलाई आग्रह गर्ने भएका छन् । संविधानसभाको म्याद चौथो पटक थपिएपछि गत माघ १९ गते दोस्रो पटक कार्यतालिका संशोधन गरिएको थियो । राज्य पुनःसंरचना आयोगले दिएको सुझावसहितको प्रतिवेदन र अन्य विवादित विषयमा आइतबारसम्ममा सहमति जुटाउने गरी कार्यतालिका संशोधन भए पनि काम अघि बढ्न नसकेपछि फेरि संशोधनका लागि दलहरूले सहमति जुटाएका हुन् ।

दलहरूबीच सहमति नहुँदा संवैधानिक समितिले राज्यको पुनःसंरचनासँग सम्बन्धित विषयलाई समेटेर फागुन १ देखि १५ सम्ममा नयाँ संविधानको पहिलो मस्यौदा बनाउने कार्यतालिकासमेत प्रभावित भएको छ ।

उपत्यकाभित्र औषधि पसल प्रहरी निगरानीमा
मातृका दाहाल

काठमाडौं, २८ माघ

राजधानीका औषधि पसलबाट लागूऔषध कारोबार हुन थालेपछि त्यस्ता ठाउँमा प्रहरीले निगरानी बढाएको छ । संगठित गिरोहसँग मिलेर सञ्चालकले लागूऔषध कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उपत्यकाका औषधि पसलमा निगरानी बढाएको हो ।

माघ १९ गते अर्घाखाँचीका मदनप्रसाद भट्टराई, धापासीका पुष्पलाल श्रेष्ठ र नीरज थापा कपूरधारास्थित मेडिकल हलबाट पक्राउ परेपछि प्रहरीले औषधि पसलमा निगरानी बढाएको जनाएको छ । खासगरी, सरकारी तथा निजी अस्पताल आसपासका औषधि पसलबाट लागूऔषध बिक्रीवितरण हुने गरेको प्रहरीको दाबी छ ।

“स्वास्थ्य सेवा उपलब्ध गराउने बहानामा अस्पताल आसपासका औषधि पसलबाट लागूऔषधको कारोबार हुने गरेको सूचना पाएका छौं,” लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइका एसएसपी नवराज सिलवालले कारोबारसँग भने, “थप पसलको पहिचान गरी त्यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न हामीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेका छौं ।”

एसएसपी सिलवालका अनुसार लागूऔषधको बिक्रीवितरण गर्ने केही औषधि पसलको पहिचान भइसकेको छ । “लामो अनुसन्धानपछि हामीले लागूऔषधको कारोबारमा संलग्न केही औषधि पसलको पहिचान गरिसकेका छौं,” सिलवालले भने, “सरकार, औषधि व्यवसायी र अन्य सरोकारवाला निकायका प्रतिनिधि राखेर हामी ती औषधि पसलको नाम सार्वजनिक गर्छौं ।”

प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेका १५ देखि ४० वर्षसम्मका युवायुवती औषधि पसलका ग्राहक छन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार लागूऔषधको कुलतमा फसेका युवायुवतीले महँगो शुल्क तिरेर सिरिन्ज, क्याप्सुललगायत प्रतिबन्धित लागूऔषध खरिद गर्ने गरेका छन् ।

“त्यस्ता औषधि पसल बिहान, साँझ र रातको समयमा बाहेक अन्य बेला खुल्दैनन्,” प्रहरीका ती अधिकारी भन्छन् ।

बु्रपिनर्फिन र डाइजेपाम सिरिन्जबाट प्रयोग गरिन्छ । यसको मूल्य प्रतिवटा २ सयदेखि ६ सय रुपैयाँसम्म पर्छ । सेतो÷खैरो हेरोइन, चरेस र गाँजा भने चुरोट÷सुर्तीजसरी सेवन गर्ने गरेको प्रहरीको भनाइ छ ।

उपत्यकामा ३ हजारको हाराहारीमा औषधि पसल सञ्चालनमा छन् ।

मन्त्री चौधरीले लिए करोडको गाडी
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

महिला बालबालिका तथा समाजकल्याणमन्त्री दानबहादुर चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत समाजकल्याण परिषद्बाट एक करोड मूल्य पर्ने गाडी लिएका छन् ।

दोहोरो सुविधा फिर्ता गर्न अख्तियारले यसअघि दिएको पटक–पटकको निर्देशनको अवज्ञा गर्दै मन्त्री चौधरीले बा.२च ७४७९ नम्बरको ‘ल्यान्डक्रुजर’ जिप र ६० लिटर डिजेल परिषद्बाट लिएका हुन् । चौधरीले माघ १८ गते सहयोगीमार्फत चालक जंगबहादुर श्रेष्ठसहित परिषद्बाट उक्त सुविधा लिएको परिषद्का एक कर्मचारीले बताए । चौधरीले मन्त्रीको हैसियतमा मन्त्रालयबाट पनि भत्ताबाहेक आवास, सुरक्षा, सवारी, टेलिफोन, विद्युत्लगायत मासिक सुविधा लिँदै आएका छन् ।

ती कर्मचारीका अनुसार परिषद्का कायममुकायम सदस्यसचिव डा. हरि पौडेलले सुविधाबापत मन्त्रीलाई इन्धन र गाडी सुविधा उपलब्ध गराएका हुन् । उनी मन्त्री चौधरीनिकट मानिन्छन् । मन्त्री चौधरीले लगेको जिप परिषद्का निलम्बित कोषाध्यक्ष रत्न गाहा मगरले प्रयोग गरेका थिए । यसअघि पनि चौधरीले परिषद्को पदेन अध्यक्षको हैसियतमा ४ सय लिटर डिजेल र पेट्रोल, ३० हजारभन्दा बढी मूल्य पर्ने इन्भर्टरसहित बा.२च ७०९ नम्बरको जिप लगेका थिए । उक्त गाडी बिग्रिएपछि उनले एक करोड मूल्य पर्ने नयाँ गाडी लगेका हुन् । उनले लिएको दोहोरो सुविधा अनधिकृत भन्दै अख्तियारले फिर्ता गर्न मन्त्रालयका नाममा दुईपटक ताकेता गरेको थियो । सरकारी ओहदामा रहेको व्यक्तिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउँदैन ।

अख्तियारका प्रवक्ता ईश्वरी पौडेलले यसबारे छानबिन गरेर कारबाही प्रक्रिया थाल्ने बताए । “सर्वोच्च अदालतले समेत कानुनविपरीत राज्यकोषबाट सुविधा लिन नपाउने फैसला गरेको अवस्थामा मन्त्रीबाटै दोहोरो सुविधा लिई अनुचित कार्य गरेको पाइए हामी तत्काल कारबाही प्रक्रियामा जान्छौं,” पौडेलले कारोबारसँग भने ।

प्रधानमन्त्रीको राजीनामा माग
सरकारी निर्णयको माओवादीभित्रैबाट विरोध

मधुसूदन भट्टराई

काठमाडौं, २६ माघ

सशस्त्र द्वन्द्वकालमा जनसत्ताले गरेको जग्गासम्बन्धी कामलाई वैधानिकता दिने सरकारको निर्णय फिर्ता लिएकोमा आपत्ति जनाउँदै एकीकृत नेकपा माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद् बैठकले जनसत्ताले गरेका घरजग्गा कारोबारको निर्णयलाई दिएको मान्यता फिर्ता लिएपछि वैद्य समूहले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।

सचिव सीपी गजुरेलले सरकारले जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णय कायम रहनुपर्ने पार्टी निर्णयविपरीत निर्णय गरेकाले फिर्ता बोलाइएको बताए । “हामी जनसत्ताका कामलाई मान्यता दिने सरकारको निर्णय कायम हुनुपर्ने निर्णयमा अडिग थियौं तर क्याबिनेटले उक्त निर्णय कार्यान्वयन नगर्ने भनेको छ, बैठकपछि वैद्यपक्षीय सचिव गजुरेलले भने, “यसको मर्म भनेको फिर्ता गर्ने नै भन्ने छ, यो निर्णय पार्टी निर्णयविपरीत छ ।”

आफूहरूले सरकार निर्माण भएपछि निरन्तर रूपमा पार्टी निर्णयविपरीत अगाडि बढेकाले फिर्ता बोलाउन गरेको माग बिहीबारको बैठकमा पनि दोहो¥याएको सचिव गजुरेलको भनाइ छ ।

संस्थापन पक्षले सरकारबाट फिर्ता हुनुपर्ने निर्णयमा असहमति जनाएपछि बैठक टुंगोमा पुग्न भने सकेन । “हामीहरू सरकारबाट फिर्ता बोलाउनुपर्छ भन्यौं, संस्थापन फिर्ता बोलाउन नहुने पक्षमा रह्यो,” गजुरेलले भने, “यस विषयमा शुक्रबार बसेर टुंगो लगाउने गरी बैठक सकिएको छ ।” शुक्रबार बिहान माओवादी स्थायी समितिको बैठक बोलाइएको छ ।

जनसत्ताले गरेको निर्णयलाई मान्यता दिने सरकारी निर्णय फिर्ताको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस र एमालेले व्यवस्थापिका संसद् बैठक लगातार आठपटक अवरुद्ध गरेपछि बुधबार गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीले सो निर्णय फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । प्रमुख सत्ता साझेदार दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि जनसत्ताका निर्णयलाई सरकारले दिएको मान्यताको विपक्षमा थियो । पार्टीभित्रको वैद्य समूहले निर्णयलाई सरकारले गरेको एकमात्र राम्रो निर्णय भन्दै कुनै पनि हालतमा फिर्ता लिन नहुने पक्षमा थियो ।

गुठी संस्थानका प्रशासक पक्राउ गर्न प्रहरीको ‘सर्कुलर’
मातृका दाहाल

काठमाडौं, २६ माघ

व्यक्तिहत्याको अभियोग लागेका गुठी संस्थानका प्रशासक बलिरामप्रसाद तेलीलाई पक्राउ गर्न पर्सा प्रहरीले ‘सर्कुलर’ जारी गरेको छ । विश्वहिन्दू युवासंघ पर्साका तत्कालीन अध्यक्ष काशी तिवारी हत्याका योजनाकार भनिएका प्रशासक तेलीलाई पक्राउ गर्न प्रहरीले बुधबार आन्तरिक सर्कुलर जारी गरेको हो ।

काठमाडौं प्रहरीले समेत महानगरीय प्रहरी आयुक्तको कार्यालयसँग छलफल गरी पक्राउ प्रक्रिया अघि बढाएको उच्च स्रोतले बतायो । तेली जिल्ला प्रहरी कार्यालय पर्साको फरार अभियुक्तको सूचीमा छन् । जिल्ला अदालत पर्साले असोज २६ गते तेलीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया थाल्न सात दिने ‘वारेन्ट पुर्जी’ काटेको थियो । त्यसको चार दिनपछि असोज ३० गते प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गर्दै आएको छ । तर, ‘शक्तिकेन्द्रको संरक्षण’का कारण तेलीलाई काठमाडौं प्रहरीले पक्राउ गर्न सकेको छैन ।

तेली चारैतिर सुरक्षा घेरामा रहेको डिल्लीबजारस्थित संस्थानको कार्यालय दैनिक पुग्छन् तर प्रहरी उनलाई देखे पनि नदेखेजस्तो गर्दै आएको स्रोतले जनाएको छ । बुधबार बिहान काठमाडौंबाट पर्सा गएको गोप्य सूचना पाएलगत्तै प्रहरीले हत्या आरोपित तेलीलाई पक्राउ गर्न सादा पोसाकमा जनशक्ति परिचालन गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रशासक तेली बुधबार संस्थानको बा. १ म १८२२ नम्बको कार चढेर वीरगन्ज प्रस्थान गरेका थिए । पर्सा प्रहरी प्रमुख एसपी रमेश खरेलले हत्या आरोपित तेली पक्रन मातहत युनिटबाट संयन्त्र परिचालन गरिएको स्वीकारे । “कानुन सबैलाई एउटै लाग्छ,” उनले भने, “सरकारी उच्च ओहदामा हुँदैमा आरोपित व्यक्तिलाई उन्मुक्ति दिँदा न्यायमा समानता रहँदैन ।”

तेली पर्सा भेडियारीका बासिन्दा हुन् । तिवारी हत्यामा माओवादी नेता प्रभु साहको नामसमेत जोडिएको छ । हत्याकाण्डमा तत्कालीन भूमिसुधारमन्त्री माओवादी केन्द्रीय सदस्य साह मुख्य योजनाकार भएको अभियोग लागेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत असोज ३० गते उनलाई पदबाट मुक्त गरेका थिए ।

तिवारीको ०६७ साल असार १२ गते वीरगन्जमा गोली प्रहारबाट हत्या भएको थियो । हत्या अभियोगमा पक्राउ परेका फिरोज भनिने सियाराम कुशवाह, मुकेश सर्राफ र रोहित भनिने अमन कुशबाहको बयानका आधारमा तेलीविरुद्ध पर्सा जिल्ला अदालतका कर्तव्यज्यान अभियोगमा मुद्दा दायर भएको थियो । “हत्या अभियोग लागेका व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु हाम्रो कर्तव्य हो,” प्रहरी उच्चस्रोत भन्छ, “तर पनि तेलीलाई पक्राउ नगर्न  ठूलै शक्ति केन्द्रहरू लागिपरेकाले हामीलाई केही समस्या परिरहेको छ ।”

महानगरीय प्रहरी आयुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) कुबेरसिंह रानाले परिसरलाई कानुन अनुरूप कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको बताए । “आयुक्तको कार्यालयले आरोपित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन काठमाडौं प्रहरीलाई निर्देशन दिइसकेको छ,” एआईजी रानाले भने ।

संविधान नबने निर्वाचनमा जानुपर्छः कोइराला
विराटनगर, २६ माघ (कास) ः नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जेठ १४ भित्र शान्ति प्रक्रिया पूरा भई नयाँ संविधान जारी नभए निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

“अझै जेठ १४ भित्रै शान्ति प्रक्रिया टुंगिएर संविधान जारी हुन्छ भन्नेमा कांग्रेस आशावादी छ,” नेपाल प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा उनले भने, “त्यो सम्भव नभए सर्वोच्च अदालतको आदेशलाई स्वीकार गरेर निर्वाचनमा जानुको विकल्प छैन ।”

संविधानसभाको म्याद कुनै पनि हालतमा नथपिने उनले दोहो¥याए । उनले कांग्रेस विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा विगत ६ दशकदेखि लडाइँ लड्दै आएको पार्टी भएकाले सर्वोच्चले गरेको निर्णय आफूहरूलाई मान्य हुने स्पष्ट पारे ।

माओवादीकै कारण दुई वर्षमा बन्ने संविधान चार वर्ष बितिसक्दा पनि बन्न नसकेको उनको कथन थियो ।

वर्तमान सरकारले शान्ति प्रक्रिया पूरा गरे पनि यो सरकारको नेतृत्वमा कांग्रेस सरकारमा नजाने उनले प्रस्ट्याए । शान्ति प्रक्रिया पूरा हुनासाथ कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण हुने उनको भनाइ थियो ।

शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणमा सहमति जुटेन
प्रमुख तीन दलका शीर्ष नेताको बैठक

प्रतिपक्षीको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकबाट सबैलाई मान्य हुने निर्णय गरेर संसद्मा सम्बोधन गर्ने

कारोबार संवाददाता

काठमाडौं, २५ माघ

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘जनसत्ता’सम्बन्धी सरकारी निर्णयका विषयमा प्रतिपक्षीले उठाएको माग सम्बोधन हुने गरी मन्त्रिपरिषद्बाट अर्को निर्णय गर्ने बताएका छन् ।

बुधबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री भट्टराईले प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई ‘चित्त बुझ्ने’ गरी निर्णय गर्ने आश्वासन दिएका हुन् । प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गराई त्यसबारे पुनः प्रतिपक्षी दलसँग छलफल गरेर संसद्मा सम्बोधन गर्ने आश्वासन दिएपछि प्रतिपक्षी दलहरू छलफल गर्न सहमत भएका थिए ।

गोकर्ण रिसोर्टमा भएको बैठकको सुरुवातमै माओवादीसँग कांग्रेस र  एमालेका शीर्ष नेताले द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका जग्गासम्बन्धी कारोबारलाई वैधता दिने निर्णय फिर्ता लिन आग्रह गरेका थिए ।

कांग्रेस र एमालेको मागका सम्बन्धमा प्रधानमन्त्रीसहित माओवादीका शीर्ष नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषय भएकाले फैसला पर्खन आग्रह गरेका थिए । प्रतिपक्षी दलले भने जनसत्तासम्बन्धी निर्णय कायमै राख्ने हो भने कुनै पनि विषयमा छलफल हुन नसक्ने बताएपछि प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकबाट सबैलाई मान्य हुने निर्णय गरेर संसद्मा सम्बोधन गर्ने आश्वासन दिएका थिए । प्रधानमन्त्रीको आश्वासनपछि मात्र बैठकमा अन्य विषयले प्रवेश पाएको थियो ।

“जनसत्ताका कामलाई वैधता दिने निर्णय फिर्ता नभएसम्म अन्य विषयमा प्रवेश गर्न कांगे्रस र एमाले तयार नभएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट यो विषय समाधान गरेर ल्याउँछु भन्नुभएको छ,” कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, “त्यो समाधान भनेको निर्णय फिर्ता नै हुनुपर्छ भन्ने हाम्रो अडान छ ।”

बैठकमा शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणमा देखिएको अवरोध, त्यसका विवादित विषय, सत्यनिरुपण तथा मिलमिलाप आयोगलगायतका विषयमा छलफल भए पनि कुनै निर्णय हुन सकेन । प्रधानमन्त्रीको आश्वासनपछि अन्य विषयमा छलफल प्रारम्भ भए पनि निर्णय हुन नसकेको नेता केसीले जानकारी दिए ।

बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले  छलफल सकारात्मक भएकाले बिहीबार निष्कर्ष निस्कने दाबी गरे । “बिहीबार मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ,” अध्यक्ष दाहालले भने, “त्यो निर्णयले सबैलाई सम्बोधन गर्छ र गतिरोध पनि फुकुवा हुन्छ ।”

स्रोतका अनुसार बैठकमा पनि अध्यक्ष दाहाल प्रतिपक्षीका माग सम्बोधन गर्न सकारात्मक देखिएका थिए । मोहन वैद्य पक्षधरका नेताहरूले भने जनसत्तासम्बन्धी सरकारले गरेको निर्णय सकारात्मक भएकाले आफ्नो पार्टीको अडान छाड्न नहुने बताएका थिए ।

त्यसले गर्दा पनि प्रधानमन्त्रीको आश्वासन आउन ढिला भएको स्रोतको दाबी छ । प्रधानमन्त्रीको आश्वासनसँगै सहमतीय सरकार, शान्ति प्रक्रिया, संविधान लेखनका बाँकी विवादित विषयमा बैठकमा छलफल भएको थियो ।

बैठकपछि पत्रकारहरूसँग कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट गतिरोध हटाउने निर्णय गर्ने आश्वासन दिएको जानकारी दिए ।

“प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर ल्याउँछु भन्नुभएको छ,” उनले भने, “निर्णय सकारात्मक भए त्यसपछि सदनको गतिरोध हट्छ र विशेष समितिको बैठक पनि बस्छ ।”

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि सेना समायोजन र संविधान निर्माणका विषयमा सामान्य छलफल भए पनि प्रधानमन्त्रीको बिहीबारको निर्णयपछि नै निष्कर्षमा पुगिने बताए । उनले बैठक सकारात्मक भए पनि सरकारको निर्णय आफूहरूले पर्खिएको बताए ।

स्वेच्छिक अवकाश रोजेका लडाकुलाई धम्क्याई चेक खोस्ने काम भएको भन्दै बैठकमा प्रतिपक्षी दलले आपत्ति जनाएका थिए । उनीहरूले लडाकुले पाउने रकममा पार्टीले दाबी गर्न नहुने बताएपछि सेना समायोजन विशेष समिति बैठकले ‘सेल’ बनाएर हेर्ने निर्णय भएको कांग्रेस नेता केसीले जानकारी दिए ।

उनका अनुसार विशेष समिति बैठक पनि बिहीबार नै बोलाउने सहमति भएको छ ।

कारोबारकर्मीसहित दुई पत्रकारलाई सहयोग
काभ्रे, २५ माघ (कास) ः नेपाल निजामती कर्मचारी युनियन बागमती अञ्चल समन्वय समितिले कारोबार सहकर्मी गजेन्द्र बुढाथोकीसहित दुई पत्रकारलाई सहयोग गरेको छ ।

गैरआवासीय नेपाली संघ बेलायतकी सामूहिक समन्वयकर्ता सुषमा राईको पहलमा युनियनले मेरुदण्डको पक्षघातबाट पीडित पत्रकार बुढाथोकीलाई अत्याधुनिक ह्विलचेयर उपलब्ध गराएको हो । दुवै मृगौलाको डायलाइसिस गराइरहेका पत्रकार रमेश रिजाललाई १ सय पाउन्ड रकम सहयोग गरिएको छ । युनियनले काभ्रेमा आयोजना गरेको कार्यक्रममा समन्वयकर्ता राईले पत्रकारद्वय बुढाथोकी र रिजाललाई सहयोग हस्तान्तरण गरेकी थिइन् । उनले रिजाललाई २ हजार पाउन्ड सहयोग दिने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

भूतपूर्व गोर्खा सैनिकको संस्था गेसोकी सदस्यसमेत रहेकी राईले गेसोले स्याङ्जाको ३ सय रोपनी जग्गामा ‘गोरखा स्मारक’ बनाउन लागेको जानकारी दिँदै आफूले लगानी भिœाउन पहल गर्ने बताइन् ।

संसद् बैठक सूचना टाँस गरी स्थगित
कारोबार संवाददाता

काठमाडौं, २५ माघ

व्यवस्थापिका–संसद्को बुधबार बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । विशेष कारण जनाउँदै बिहीबार ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

ठूला तीन दलको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिपक्षी दलहरू कांग्रेस र एमालेले उठाएका मागलाई सम्बोधन गर्ने आश्वासन दिएपछि बुधबारको बैठक स्थगित गरी बिहीबारका लागि बोलाइएको हो । शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणका बाँकी काम सम्पन्न गर्नका लागि सहमति खोज्न तीन दलका शीर्ष नेताहरू वार्तामा रहेकाले बैठक स्थगन भएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

कांग्रेस र एमाले सरकारले सशस्त्र द्वन्द्वका समयमा माओवादीको ‘जनसरकार’ले गरेका घरजग्गासम्बन्धी लिखतलाई मान्यता दिने निर्णय फिर्ता नलिएसम्म संसद् बैठक चल्न नदिने अडानमा छन् । उनीहरूले माघ ३ गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । त्यसयता कार्यसूचीमा प्रवेश नै नगरी संसद् बैठक आठपटक अवरुद्ध भइसकेको छ ।

वाइसीएललाई आर्थिक प्याकेज उपलब्ध गराइने
माओवादी स्थायी समिति बैठक

कारोबार संवाददाता

काठमाडौं, २४ माघ

एकीकृत नेकपा माओवादीले पार्टीको भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का कार्यकर्तालाई स्वेच्छिक अवकाश रोजेका लडाकुलाई सरकारले दिएको आर्थिक प्याकेजसरह रकम उपलब्ध गराउने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले वाईसीएल कार्यकर्ताका लागि यस्तो निर्णय गरेको हो । संविधानसभा निर्वाचनका लागि शिविरबाट वाईसीएल बनाएर निकालिएका लडाकुलाई पार्टीको आन्तरिक कोषबाट आर्थिक प्याकेज उपलब्ध गराउने निर्णय गरेको सचिव सीपी गजुरेलले जानकारी दिए ।

“संविधानसभा निर्वाचनका लागि पार्टीले निर्णय गरेर जनमुक्ति सेनाबाट वाईसीएल बनाइएकालाई रकम उपलब्ध गराउने निर्णय गरिएको छ,” गजुरेलले भने, “पार्टीले उपलब्ध गराउने आर्थिक प्याकेज सरकारले स्वेच्छिक अवकाश रोजेका लडाकुलाई उपलब्ध गराएसरह हुनेछ ।”

अवकाश रोजेका लडाकुले जति सुविधा पाउनुपर्ने मागसहित सोमबारदेखि आन्दोलनमा उत्रिएका वाईसीएलको माग पार्टीले सम्बोधन गर्ने निर्णय गरेको हो ।

गजुरेलका अनुसार बैठकले अवकाश रोजेका घाइते, अपांग, सुत्केरी र पाँच वर्षभन्दा साना बच्चा भएका महिला लडाकुलाई श्रेणी छुट्ट्याएर विशेष प्याकेज उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय पनि भएको छ । बर्हिगमनमा परेका लडाकुलाई पनि एक महिनाभित्र प्याकेजमा सहयोग उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

“अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका लडाकुलाई एक महिनामा प्याकेजमा सहयोग उपलब्ध गराउन सरकारलाई निर्देशन दिने निर्णय भएको छ,” उनले भने, “माओवादी नेताको सुरक्षामा खटिएका जनमुक्ति सेनालाई पनि अब भत्ता उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।”

उनले अवकाश रोजेका लडाकुले बुझेको चेक कमान्डरले खोसेको र त्यसबारे विवाद हुँदा लडाकु र कमान्डरबीच कुटाकुट भएको घटना हल्लामात्र भएको बताए । अवकाश रोजेका लडाकुलाई सरकारले उपलब्ध गराएको आर्थिक प्याकेजबाट पार्टीले कुनै पनि रकम नलिने उनको भनाइ छ ।

राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा पहिचानलाई प्रमुखता दिएको विषयमा मात्र माओवादीले सहमति जनाएको छ भने अन्यमा विमति जनाएको छ ।

“आयोगले गरेको प्रदेश विभाजनलगायत पहिचानको प्रमुखताबाहेकका अन्य सबै मुद्दामा हामीले बैठकबाट औपचारिक रूपमा असहमति प्रकट गर्ने निर्णय गरेका छौं,” उनले भने, “संविधानसभाको राज्यको शासकीय स्वरूप तथा राज्यशक्तिको बाँडफाँट समितिको प्रतिवेदनमा पार्टीको समर्थन छ ।”

शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन कांग्रेस र एमालेले दिएको एकहप्ते अल्टिमेटमबारे बुधबार तीन दल बैठकमा छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।