Karobar National Economic Daily » बैंक तथा बित्त

सुनचा“दीको भाउमा सामान्य उतारचढाव
साप्ताहिक समीक्षा

कारोबार संवाददाता

काठमाडौं, २८ माघ

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र नेपालमा भएको भन्सारदर वृद्धिका कारण यो साता सुनचाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार नेपाली बजारमा यो साता सुनको मूल्य २ सय रुपैयाँ महँगो भएको छ । बजारमा आइतबार प्रतितोला ५४ हजार २ सय रुपैयाँ रहेको सुन क्रमशः बढ्दै बुधबार र बिहीबार ५४ हजार ५ सय रुपैयाँमा कारोबार भयो । शुक्रबार भने सामान्य घटेर ५४ हजार ४ सय कायम भएको छ ।

सरकारले मंगलबार सुनचाँदीको भन्सारदर बढाएपछि साताअन्त्यमा सुनचाँदीको भाउ थप महँगो भएको हो । सरकारले सुनमा ५ सय र चाँदीमा २ हजार २ सय भन्सारदर वृद्धि गरेको छ । यसपछि सुन १० ग्रामको १ हजार ५ सय रुपैयाँ र चाँदीको प्रतिकिलो ४ हजार ६ सय भन्सारदर पुगेको छ ।

भारतले सुनचाँदीको भन्सारदर बढाएपछि नेपालभन्दा महँगो भई त्यसतर्फ अबैध निकासी हुने आशंकामा सरकारले भन्सारदर समायोजन गरेको हो ।

यसैगरी आइतबार प्रतितोला १ हजार ५० रुपैयाँ रहेको चाँदीको भाउ क्रमशः बढ्दै शुक्रबार १ हजार १ सयमा कारोबार भयो । यो साता चाँदी ५० रुपैयाँ महँगो भएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय सुन बजारमा आइतबार प्रतिऔंस १ हजार ७ सय २६ डलर रहेको सुनको भाउ क्रमशःबढ्दै शुक्रबार १ हजार ७ सय ३१ डलरको कायम भएको छ । यस्तै आइतबा प्रतिऔंस ३३.७५ डलरको कायम चाँदी सामान्य बढेर शुक्रबार ३३.८९ डलर कायम भएको छ ।

सेवाविहीन क्षेत्रमा लघुवित्त सञ्चालन गर्न प्राथमिकता
लघुवित्त संस्था इजाजत–स्लग

कारोबार संवाददाता

काठमाडौं, २८ माघ

लघुवित्त संस्थालाई इजाजत दिँदा सेवा नपुगेका क्षेत्रका लागि प्राथमिकता दिने नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बताए । शुक्रबार मैद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै खतिवडाले एकै ठाउँमा सेवा प्रदान गर्ने धेरै लघुवित्त संस्थालाई  मर्जरमा जान उनले सुझाव दिए ।

केन्द्रीय बैंकले आर्थिक विकासका लागि ऊर्जा र कृषि क्षेत्रको लगानीमा विशेष ध्यान दिने जनाएको छ । कर्जा तथा ऊर्जा लगानी पर्याप्त भएमा कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान ४० देखि ४५ प्रतिशत रहन सक्ने भन्दै खतिवडाले बैंक तथा वित्तीय संस्थाको सो क्षेत्रमा लगानी ४ प्रतिशतभन्दा कम भएको बताए । बैंक तथा वित्तीय संस्थाले साना तथा मझौला उद्योग (एसएममी) का लागि कर्जा प्रवाह गरे रोजगार तथा उत्पादन बढ्ने बताउँदै खतिवडाले भने, “वित्तीय संकट आए पनि साना तथा मझौला उद्योगमा गरिएको लगानीले जोगाउँछ ।”

केन्द्रीय बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धि ८ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारको पुँजीगत खर्च धेरै नभएकाले पनि मूल्यवृद्धि नियन्त्रणमा आउने केन्द्रीय बैंकले जनाएको छ । करिब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्चमध्ये ६ महिनामा ९ अर्ब रुपैयाँ मात्र खर्च भएको छ ।

राष्ट्र बैंकले ब्याजदरमा विशेष ध्यान दिएको बताउँदै गर्भनर खतिवडाले कर्जा र निक्षेपबीचको ब्याजदरमा अझै उच्च फरक रहेको बताए । गत वर्ष तरलता अभावको समयमा बढेको ब्याजदर अवस्था सहज भए  पनि घट्न सकेको छैन । विशेषगरी कर्जाको ब्याजदर कम नभएका कारण लगानी बढ्न नसकेको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएको ं राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको मध्यमा वित्तीय प्रणालीमा निक्षेपको ३३ प्रतिशत तरलता रहेको खतिवडाले बताए । वाणिज्य बैंकमा ३८ प्रतिशत तरल सम्पत्ति छ भने विकास बैंकमा ३४ र वित्त कम्पनीमा २८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले महँगोमा निक्षेप लिएकाले तत्कालै ब्याजदर कम हुन नसके हो ।

हालसम्म ६ जोडी बैंक तथा वित्तीय संस्थाले मर्जरको अनुमति पाइसकेको र ६ जोडी क्रममा रहेको खतिवडाले जानकारी दिए ।

‘सन् २०२० सम्म सबै सहकारीमा’
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

सन् २०२० सम्म सबै नेपाली सहकारीमा आबद्ध हुने यस क्षेत्रका विज्ञहरूले घोषणा गरेका छन् । नेपालमा सहकारीको विकास तीव्र रूपमा भइरहेकाले उक्त अवधिमा समुदायका सबै व्यक्तिहरू सहकारीको सदस्य हुने उनीहरूको भनाइ थियो ।

शनिबारदेखि काठमाडौंमा सुरु भएको देशभरका बचत तथा ऋण सहकारी संस्था (साकोस) को शिखर गोष्ठीका सहभागीहरुले सहकारीको पहुँच र प्रभावकारिताको विस्तारमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यपत्र पेस गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष विश्वमोहन आचार्यले २०२० सम्ममा सबै साकोसको आफ्नै कार्यालय भबन हुने, सहकारीमा आधुनिकताको प्रयोग हुने, युवा तथा महिला सशक्तीकरणमा सेवा विस्तार हुने बताए ।

गोष्ठीको उद्घाटन गर्दै विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमलाले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण आधार स्तम्भ रहेको बताइन् ।

“वर्तमानमा नेपालका साकोस् र सन् २०२० पछि ः अवसर र चुनौती नारा दिइएको गोष्ठीमा देशभरका ४ सय सहकारीकर्मी सहभागी छन् । गोष्ठीमा बचत तथा ऋण सहकारीको सम्भावना र चुनौतिबारे छलफल हुने आयोजक नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) ले जनाएको छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा नेपालमा पहिलो पटक शिखर गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा सहकारीबिच मर्जर, सुरक्षण कोष, दिगो विकास, लघुवित्त सेवाको प्रभावकारिता, सामाजिक काममा योगदान, स्वनियम पद्धति, जोखिम व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ ।

गोष्ठीको सुझाव संकलन गरी आइतबार साझा घोषणापत्र जारी हुने आयोजकले जानकारी दिएका छन् ।

नेप्से र दलाल कम्पनीबीच नेटवर्कमा समस्या
४५ मिनेट कारोबार हुन सकेन

कारोबार संवादादता

काठमाडौं, २६ माघ

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा प्राविधिक समस्या देखापरेपछि बिहीबार ४५ मिनेट कारोबार हुन सकेन । नेप्से र दलाल कम्पनीबीच सम्पर्क हुने नेटवर्कमा समस्या आएपछि कारोबार हुन नसकेको हो ।

नेप्से र दलाल कम्पनीबीच नेटवर्किङको काम वेबसर्फरले गर्दै आएको बताउँदै नेप्सेका एक अधिकारीले भने, “दोहोरिने खालको समस्या होइन ।” वेबसर्फरले दलाल कम्पनीको नेटवर्कमा समस्या आउँदा वैकल्पिक नेटवर्कको रूपमा वायरलेसको व्यवस्था गरेको ती अधिकारीले बताए । वायरलेसको व्यवस्थाले गर्दा समस्या देखिएको उनले बताए ।

नेप्सेको नेटवर्कमा समस्या नदेखिएको बताउँदै ती अधिकारीले भने, “दलाल कम्पनीलाई नेप्सेसँग जोड्ने नेटवर्कमा समस्या देखिएपछि दलाल कम्पनीले कारोबार गर्न नसकेका हुन् ।” यसअघि पनि नेप्सेमा प्राविधिक समस्याका कारण दिनभर नै कारोबार हुन सकेको थिएन ।

करिब ४५ मिनेट करोबार रोकिँदा नेप्सेको कारोबार रकममा गिरावट आएको छ । कारोबार रकमसँगै नेप्से परिसूचक घट्ने क्रमले पनि बिहीबार निरन्तरता पायो ।

बिहीबार बैंक, विकास बैंक र वित्त समूहमा सुधार आउन नसकेपछि नेप्से परिसूचक ०.३४ अंकले घटेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घट्यो ।

नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.५७, विकास बैंक १.१७, वित्त ०.५८, होटल ०.३८ र बिमा ०.२७ अंकले घटेका छन् । जलविद्युत् र अन्य समूहमा सुधार आएको भए पनि त्यसको प्रभाव नेप्से परिसूचकमा पर्न सकेन ।

बिहीबार नेप्सेमा ६८ कम्पनीको ८ सय २८ कारोबारबाट १ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको ५८ हजार ४ सय २९ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

लाइफ इन्स्योरेन्सको ‘बाल सावधिक योजना–३४९’
काठमाडौं, २६ माघ

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) ले ‘बालसावधिक योजना–३४९’ सञ्चालनमा ल्याएको छ । १० वर्ष मुनीका बालबालिकालाई लक्षित गरी ल्याएको सो योजनाका खरिदकर्ता कम्पनीको नाफामा समेत सहभागी हुने कम्पनीले जनाएको छ ।

सो योजनाका ग्राहकले बिमा अवधि समाप्त भएपछि पूर्ण अवधिमा आम्दानी भएको बोनस र विमाङ्क रकम एकमुस्ट फिर्ता गर्ने कम्पनीले जनाएको छ । बाल सावधिक योजनामा करिब ५ हजार भन्दा धेरैले सहभागीता जनाउने अनुमान कम्पनीले गरेको छ । हाल सम्म कम्पनीले ११ बीमा योजना सञ्चालनमा ल्याइसकेको छ । यस भन्दाअघि कम्पनीले बालबालिकालाई नै लक्षित गरी बालस्नेह र बालममता सञ्चालनमा ल्याइसकेको छ ।

बालसावधिक योजनाले बालबालिकाको उज्ज्वल भविष्यको सोच राखेका बाबुआमालाई सहयोग हुने बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर मिश्रले भने, “यो योजना खरिद गरेको २ वर्ष पछि बिमा गरेको रकमअनुसार ऋण पनि पाउँछन् ।” भारतीय लाइफ इन्स्योरेन्स कम्पनीको ५५ प्रतिशत लगानी रहेको एलआईसी कम्पनी १० वर्ष अघि नेपालमा सञ्चालनमा आएको हो । यो योजनामा बालबालिकाको बिमा गराई अभिभावकको बीमा अवधि पूरा नभई मृत्यु भएमा बाँकी अवधिको प्रिमियम तिर्नु नपर्ने कम्पनीले जनएको छ । साथै प्रिमियम पूरा नगरे पनि विमांक रकम भने पूरै पाउने कम्पनीले जनाएको छ । न्यूनतम ५० हजार रुपैयाँदेखि ५० लाखसम्मको बिमा लेख किन्ने सुविधा रहेको जानकारी कम्पनीले दिएको छ । बिमा गर्ने बच्चाको स्वास्थ परीक्षण नगरी बिमा गर्न सकिने बताउँदै मिश्रले भने, “बिमा प्रिमियम वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा तिर्न सकिन्छ ।” कम्पनीले २५ वर्षका लागि १ लाखको बिमा लेख किन्दा वार्षिक ३ हजार ८ सय २९ रुपैयाँ प्रिमियम तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

नेपाल सहकारीले रकम फिर्ता गर्ने
काठमाडौं, २६ माघ

नेपाल सहकारीका निक्षेपकर्ताले एक सातापछि निक्षेप फिर्ता पाउने भएका छन् । संस्थाले साना निक्षेपकर्तालाई प्राथमिकता दिएर रकम क्रमशः फिर्ता गर्दै जाने जनाएको छ ।

केही संचालकले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि सहकारी विभागले संस्थाको बैंकखाता फुकुवा गरेको छ ।

“निक्षेपकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता आएकाले संस्थाका  बैंक खाता फुकुवा गर्न राष्ट्र बैंकलाई अनुरोध गरेका छौं” सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले भने ।

महाप्रबन्धक भक्तबहादुर राईले संस्थाले कर्जा असुल गरी रकम जम्मा गरिरहेको र छिट्टै निक्षेप फिर्ता गर्न सुरु गरिने जानकारी दिए ।

विभागले पोखरामा रहेको संस्थाको घरजग्गा र चितवनमा संस्थाले ऋण लगनीको  धितो एभरेस्ट मेडिकल कलेज चितवनको जग्गा रोक्का गरेको छ । उक्त जग्गा नेपाल बिकास बैंकले समेत रोक्का गरेको छ ।

संस्थामा ६ हजार निक्षेपकर्ताको १८ करोड रुपैयाँ रहेको छ ।

संस्थाका निक्षेपकर्ताले रकम फिर्ता माग गर्दै यसअघि जिल्ला प्रशासन कार्यालय  र प्रहरीमा पनि उजुरी दिएका छन् ।

बागबजारमा केन्द्रीय कार्यालय रहेको सहकारीको कलंकी, पोखरा, वीरगन्जमा शाखा कार्यालय रहेका छन् । संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘सीमित बैंकिङ कारोबार’ को इजाजतपत्रसमेत पाएको थिए ।

२०६१ सालमा केन्द्रीय बैंकले संस्थाले अन्य सहकारीसँग सेयर खरिद तथा बिक्री गरी पुँजी बढाएको,  सदस्य नबनाई कारोबार गरेको, नियमअनुसार साधारण जगेडा कोष नराखेको, पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको औंल्याउँदै इजाजतपत्र रद्द गरेको थियो ।

भन्सार वृद्धिपछि सुनचाँदी महँगियो
कारोबार संवाददाता

काठमाडौं, २५ माघ

सरकारले सुनचाँदीको भन्सारदर वृद्धि गरेपछि बजारमा यसको भाउ महँगो भएको छ । नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ १ हजार रुपैयाँ महँगो भएको छ । यस्तै चाँदीको भाउ पनि २० रुपैयाँ बढेको छ ।

सरकारले मंगलबार सुनचाँदीको भन्सारदर बढाएपछि त्यसको असर बुधबारको बजारभाउमा परेको हो । स्थानीय बजारमा मंगलबार प्रतितोला ५३ हजार ५ सय २ रुपैयाँ रहेको सुनको भाउ बुधबार ९ सय ९८ रुपैयाँ वृद्धि भई प्रतितोला ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बजारमा मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि २० रुपैयाँ महँगो भइ प्रतितोला १ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगबार सुनको भाउ १ हजार ८० रुपैयाँ कायम थियो ।

“अन्तर्राष्ट्रिय सुन बजारमा भाउ ओरालो लागे पनि नेपालमा भन्सारदर वृद्धि भएकाले महँगो भएको हो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।

अन्तर्राष्ट्रिय सुन बजारमा भने बुधबार सुनको भाउ करिब १० डलर घटेको छ । मंगलबार साँझ प्रतिऔंस १ हजार ७ सय ५५ डलर कायम भएको बुधबार प्रतिऔंस १ हजार ७ सय ४६ डलर कायम भएको छ ।

मंगलबार सरकारले सुनको भन्सारदर ५ सय र चाँदीको २ हजार २ सय वृद्धि गरेको थियो । अब आयातकर्ताले सुन १० ग्रामको १ हजार ५ सय रुपैयाँ र चाँदीको प्रतिकिलो ४ हजार ६ सय भन्सारदर तिर्नुपर्नेछ ।

भारतले सुनचाँदीको भन्सारदर बढाएपछि नेपालभन्दा महँगो भई त्यसतर्फ अबैध निकासी हुने आशंकामा सरकारले भन्सारदर समायोजन गरेको हो ।

सुन आयातलाई निरुत्साहित गर्न सरकारले सुन आयातमा कोटा प्रणाली लागू गरी दैनिक १५ किलो सुन वाणिज्य बैंकमार्फत आयात गर्ने  व्यवस्था गरेको छ ।

यसैबीच सुनचाँदीको भन्सारदर वृद्धि भएपछि आयात कोटा बढाउन र आफूहरूले पनि आयात गर्नु पाउनुपर्ने व्यवसायीले माग गरेका छन् । बजारको मागअनुसार व्यवसायीले पनि आयात गर्न दिए बजारमा अभाव हट्ने र बैंकको एकाधिकार तोडिने उनीहरूको भनाइ छ ।

“भन्सारदर बढाएपछि पनि आयातमा कडाइ गर्नु आवश्यक छैन,” शाक्यले भने, “बजारको अभाव नहुने गरी आयात गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई आग्रह गरिसकेका छौं ।” मागभन्दा कम आयात हुँदा बजारमा अभाव भएको उनको भनाइ छ । बजारमा दैनिक ३५ किलो सुनको माग छ ।

युनिलिभरको सेयर मूल्य ६ सय घट्यो
एसबीआईको १ करोडको कारोबार

कारोबार संवाददाता

काठमाडौं, २५ माघ

सेयर बजारमा नेपाल एसबीआई बैंकको १ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएपछि समग्र कारोबारमा सामान्य सुधार आएको छ ।

बैंकको धेरै रकमको सेयर खरिद बिक्रीले समग्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारमा सुधार आएको छ । बुधबार बैंकको प्रतिकित्ता सेयर मूल्य २१ रुपैयाँसम्म घटेर किनबेच भएको छ । बैंकको एक कारोबारवाट १ करोड १२ लाख २८ हजार रुपैयाँबराबरको २८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

बैंकको सेयर थ्राइभ ब्रोकरेज हाउसको मध्यमवाट बलराम श्रेष्ठले बिक्री गरी अमिर श्रेष्ठले खरिद गरेको जानकारी बजार स्रोतले दिएको छ । सेयर खरिद र बिक्रीकर्ताले आपसी सहमति गरी कारोबार गर्न आएपछि किनबेच गराएको सम्बन्धित दलाल कम्पनीले जानकारी दिएको छ ।

कारोबारमा सामान्य सुधार भए पनि सेयर मूल्यमा आउने उतारचढावका अधारमा निर्धारण हुने नेप्से परिसूचक भने घट्ने क्रममा नै रह्यो । उत्पादनमूलक समूह ३१.१३ अंकको घटेपछि नेप्से परिसूचक ०.६४ अंकले घटेको हो ।

बुधबार युनिलिभर नेपालको प्रतिकित्ता सेयर मूल्य ६ सय रुपैयाँसम्म घटेपछि उत्पादनमूलक समूहमा ठूलो अंकको गिरावट आएको हो । सेयर बजार युनिलिभरको सेयरलाई ‘ब्लुचिप’ मानिन्छ । पछिल्लो समयमा कम्पनीका मजदुरले विभिन्न माग राखी आन्दोल सुरु गरेपछि हाल कम्पनी बन्द छ । कम्पनीमा देखिएको सो समस्याको असर सेयर मूल्यमा पनि देखिएको हो ।

बुधबार बैंकिङ ०.१४, अन्य १.१७ र बिमा ०.३७ अंकले बढेको भए पनि त्यसको सकारात्मक प्रभाव नेप्से परिसूचकमा पर्न सकेन । नेप्सेमा विकास बैंक १.३९, जलविद्युत्  २.३७ र वित्त समूह ०.२५  अंकले घटेका छन् । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्ेडक्स पनि सामान्य अंकले घटेको छ ।

बुधवार सेयर बजारमा ८२ कम्पनीको कारोबार भएको छ । ती कम्पनीको १ हजार १ सय ७५ कारोबारबाट २ करोड ७२ लाख ११ हजार रुपैयाँबराबरको १ लाख १७ हजार ६ सय ५४ कित्ता सेयर किनबेच भएको छ ।

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको धेरै पटक सेयर कारोबार भएको थियो ।

साधारण सेयर बिक्री गर्न ९ कम्पनीको आवेदन
कारोबार संवाददाता

काठमाडौ, २४ माघ

चालू आर्थिक वर्षको पुससम्म ९ कम्पनीले करिब ८५ करोड रुपैयाँबराबरको ८४ लाख ९३ हजार कित्ता साधारण सेयर बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सेयर बजार घट्ने क्रममा सुधार आउन नसकेपछि सेयरको प्राथमिक बजारमा लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । “सेयर बजारको हालको अवस्थाले गर्दा साधारण सेयर निष्कासन गर्न नयाँ कम्पनी उत्साहित छैनन् बोर्डका प्रवक्ता निरज गिरीले भने ।”

पुससम्म वाग्मती डेभलपमेन्ट बैंकले मात्र साधारण सेयर निष्कासन अनुमती पाएको छ । हाल बैंकले निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

“धितोपत्रको दोस्रो बजारमा योग्य कम्पनीको सेयर अंकित मूल्य थोरैमा पाइने भएपछि प्राथमिक बजारमा लाइन बसेर आवेदन बुझाउनुपर्ने झन्झट किन गर्ने भन्दै लगानीकर्ता विष्णु भण्डारीले भने, “दोस्रो बजारमा नै योग्य कम्पनीका सेयर अंकित मूल्यभन्दा थोरैमा किन्न पाइन्छ ।”

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ कम्पनीले ६८ करोड ४० लाख रुपैयाँबराबरको ६८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति पाएका थिए । बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको सेयर बजारमा साधारण सेयर निष्कासनका लागि आवेदन दिएका नयाँ कम्पनीहरू पनि सबै बैंक तथा वित्तीय संस्था नै छन् ।

सर्वसाधारण सेयर बिक्री गरी पुँजी संकलन गर्ने योजनामा रहेका कम्पनी पनि पर्ख र हेरको अवस्थामा छन् । निरन्तर घट्दो क्रममा रहेको सेयर बजारमा सुधारको संकेत नआउँदा नयाँ लगानीकर्ता पनि प्रवेश गर्न नसकेका हुन् ।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३ करोड रुपैयाँबराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । त्यस्तै पश्चिमाञ्चल ग्रामीण विकास बैंकले ३ करोड ४० लाख रुपैयाँबराबरको ३ लाख ४० हजार कित्ता, समित माइक्रो फाइनान्सको ७५ लाख रुपैयाँबराबरको ७५ हजार कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ३ लाख रुपैयाँबराबरको ३ हजार कित्ता, नेपाल कञ्जुमर डेभलपमेन्ट बैंकको ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता, लोटस इन्भेस्टमेन्ट फाइनान्सको ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता, जनता बैंकको ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता, गुल्मी विकास बैंकको ७५ लाख रुपैयाँबराबरको ७५ हजार कित्ता र मेट्रो डेभलपमेन्ट बैंकले ३ करोड रुपैयाँबराबरको ३ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि निवेदन दिएका छन् । साधारण तथा हकप्रद सेयर निष्कासन नहुँदा मर्चेन्ट बैंकरको व्यवसाय प्रभावित भएको छ ।

बैंकिङ समूहमा गिरावटको प्रभाव नेप्सेमा
कारोबार संवाददाता

काठमाडौं, २४ माघ

सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । विकास बैंकबाहेक कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८७ अंकले तल झरेको होे । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।

मंगलबार नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंकलगायतका वाणिज्य बैंकको सेयर मूल्य घटेपछि बैंकिङ समूह ०.९४ अंकले घटेको छ । अरुण भ्याली हाइड्रोपावर, बुटवलपावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनीलगायतका जलविद्युत् कम्पनीको सेयर मूल्य घटेपछि जलविद्युत् समूह ८.१५ अंकले घटेको छ । त्यसैगरी होटल ०.३८, वित्त ०.७१, बिमा १.५ र उत्पादनमूलक ०.२३ अंकले घटेका छन् भने अन्य समूहमा कुनै परिवर्तन आएको छैन । विकास बैंक समूह ०.२९ अंकले बढेको भए पनि त्यसको प्रभाव नेप्से परिसूचकमा पर्न सकेन ।

नेप्से परिसूचकमा सुधार आउन नसके पनि कारोबार भने बढेको छ । मंगलबार ८७ कम्पनीको १ हजार २ सय ८७ कारोबारबाट २ करोड ३२ लाख ९२ हजार रुपैयाँबराबरको १ लाख १२ हजार ९ सय ८६ कित्ता सेयर किनबेच भएको छ । बैंक अफ काठमाण्डूको धेरै रकमको कारोबार भएको छ । धेरै सेयर किनबेच हुने कम्पनीमा जनरल फाइनान्सको संस्थापक सेयर छ । अरनीको डेभलपमेन्ट बैंकको धेरै पटक सेयर खरिद बिक्री भएको छ ।