Karobar National Economic Daily » प्रमुख समाचार

प्रयोगकर्ताभन्दा तेब्बर सिलिन्डर
–    दुई महिनालाई पुग्ने ग्यास सञ्चय

–    सिलिन्डरमा मात्रै ४ अर्ब बढी लगानी

पुष्पराज आचार्य

काठमाडौं, २८ माघ

ग्यास उद्योगहरू (बोटलर्स) ले उपभोक्तालाई चाहिनेभन्दा तेब्बर बढी सिलिन्डर उत्पादन गरी तिनै सिलिन्डरमा ग्यास सञ्चित गर्ने गरेका छन् । उनीहरूले बोटलिङ प्लान्टमा ग्यास नभएको देखाए पनि सिलिन्डरमै दुई महिनालाई पुग्ने सञ्चिति राख्ने गरिएको छ ।

ग्यास उद्योग संघका अध्यक्ष हरि पाठकका अनुसार अहिले बजारमा ४५ लाख सिलिन्डर छन् । यो सिलिन्डर संख्या नियमित आवश्यकताभन्दा २३ लाख बढी हो । एउटा सिलिन्डर उत्पादन गर्न झन्डै २१ सय रुपैयाँ लाग्छ । ४० बोटलर्सले सिलिन्डरमा मात्रै आवश्यकभन्दा ४ अर्ब रुपैयाँ बढी लगानी गरेका छन् ।

बोटलर्सहरूले बढी बजार हिस्सा ओगट्न ‘बोटलिङ प्लान्ट’ को भण्डारण क्षमताभन्दा अत्यधिक बढी सिलिन्डर उत्पादन गर्छन् । कतिपयले प्लान्टको क्षमताभन्दा बढी सिलिन्डरका कारण उनीहरूले उपभोक्ताकहाँ गएका खाली सिलिन्डर भर्न (रिफिलिङ) सकेका छैनन् । ‘लियो’ नामक ग्यासले एक चरण नयाँ सिलिन्डर बेचिसकेपछि रिफिलिङका लागि सिलिन्डर नउठाएको प्रयोगकर्ताले बताएका छन् ।

“बोटलर्सहरूले भण्डारण क्षमताभन्दा बढी सिलिन्डर बाँडेकाले समस्या देखिएको छ,” वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी भन्छन्, “बोटलिङ प्लान्टको क्षमताअनुसार सिलिन्डरको संख्यामा पनि सीमा तोक्न आवश्यक छ ।”

गुणस्तर तथा नापतौल विभागले म्याद नाघेका थोत्रा सिलिन्डर बजारबाट नहटाएकाले पनि सिलिन्डरको संख्या बढी भएको जोशीको भनाइ छ । निगमले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डर सात वर्षभन्दा बढी प्रयोगमा ल्याउन नहुने मापदण्ड तय गरे पनि नापतौलले अनुगमन गरेको छैन ।

आयल निगमका अनुसार २२ लाख सिलिन्डरमात्र नियमित प्रयोगमा छन् । चाहिनेभन्दा बढी २३ लाख सिलिन्डरमा ३२ हजार ६ सय टन ग्यास सञ्चय गर्न सकिन्छ । यसले दुई महिनाको आपूर्ति धान्छ ।

ग्यासको चरम अभावका कारण उपभोक्ता आन्दोलित हुने अवस्था आएपछि आपूर्तिमन्त्री लेखराज भट्ट एक साताअघि ग्यास बोटलर्सहरूले ग्यास बेचे÷नेबेचेको अनुगमन गर्न गएका थिए । बोटलर्सहरूले ग्यास नराखी बेचेको प्रमाण मन्त्रीलाई पेस गरेका थिए । तर, डिलर्समार्फत् ग्यासको कालोबजारी र बजार विस्तार गराएर बोटलर्सहरूले नै नाफा कमाएको बजार अनुगमनमा संलग्न वाणिज्य विभागका अधिकारी बताउँछन् ।

उच्च आय हुने उपभोक्ता र होटलले आवश्यकताभन्दा बढी सिलिन्डरमा ग्यास सञ्चय गरी राख्ने भएकाले ग्यास अभावका बेला सर्वसाधारण उपभोक्ता मारमा पर्दै आएका छन् । सञ्चय गरी राखिएका सिलिन्डर बजार विस्तार र अभावका बेला कालोबजारीमा प्रयोग भइरहेका छन् ।

सन् २०११ मा गरिएको जीवनस्तर सर्वेक्षणअनुसार ५६ लाख ५९ हजार घरपरिवारमध्ये १७.७ प्रतिशत (१० लाख १ हजार) ले मात्र एलपी ग्यास प्रयोग गर्छन् ।

निगमले पछिल्ला पाँच महिनामा ७५ हजार ४ सय ६७ टन ग्यास भिœयाइएको जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालका अनुसार हरेक महिना ग्यासको औसत माग १५ हजार टन छ । यसबाट १० लाख ५६ हजार सिलिन्डर भर्न पुग्छ । “पाँच महिनाको औसत खपतभन्दा ९३ टन ग्यास बढी आएको छ,” उनले भने । डिसेम्बरमा १४ हजार ८ सय ६७ र जनवरीमा १२ हजार ६ सय टन ग्यास कम आएको थियो । ग्यास कम आएको थाहा पाउनेबित्तिकै दुई महिनाअघिदेखि व्यवसायीले सञ्चय गर्न थालेको आपूर्ति सचिव जोशीको दाबी छ ।

“जनवरीमा ग्यास कम आएको असर १५ दिनपछि देखिनुपर्ने हो,” निगम उच्चस्रोतले भन्यो, “यसबाट कालोबजारी भइरहेको प्रष्ट छ ।”

निगमले जनवरीमा १२ हजार ६ सय, डिसेम्बरमा १४ हजार ८ सय ६७ टन ग्यास भिœयाएको थियो । त्यस्तै, नोभेम्बरमा १६ हजार ५ सय, अक्टुबरमा १५ हजार ३ सय र सेप्टेम्बरमा १६ हजार २ सय टन ग्यास आयात भएको निगमले जनाएको छ ।

पाँच महिनामा औसत १५ हजार ९३ टन ग्यास भित्रिएको छ । तर पनि बजारमा अभाव लम्बिँदै गएको छ ।

कसरी लुकाउँछन् उद्योगले ?

निगमले प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) प्रणालीअनुसार बोटलर्सहरूले इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी, हल्दिया र मथुराबाट आफैं ग्यास भिœयाउँछन्् । अत्यधिक सिलिन्डर रहेका कारण उनीहरूले उद्योगमा ग्यास राख्दैनन् । सिलिन्डरमा भरेर डिलरहरूमार्फत् मिलेमतोमा ग्यास लुकाइन्छ । अभावका बेला अत्यधिक मूल्यमा बेच्न र बजार विस्तारमा प्रयोग गरिन्छ ।

चरम अभाव भइरहेका बेला दुई साताअघि वाणिज्य विभागको बजार अनुगमन टोलीले कमलपोखरीस्थित राजन ग्यासको डिपोमा छापा मार्दा ३ सय भरिएका सिलिन्डर भेटाएको थियो । टोलीले आफ्नै पहलमा स्थानीयलाई यो ग्यास बिक्री गरेको थियो ।

पाँच महिनामा ग्यास आयात

महिना    ग्यास (टनमा)

फ्रेबुअरी (९ तारिखसम्म)    ४,८१०

जनवरी    १२,६००

डिसेम्बर    १४,८६७

नोभेम्बर    १६,५००

अक्टुबर    १५,३००

सेप्टेम्बर    १६,२००

१९ किलोको सिलिन्डरमा विरोध

आपूर्तिमन्त्री लेखराज भट्टले एक महिनामा कार्यविधि बनाएर लागू गर्न लागेको दुईखाले तौलका सिलिन्डरमा व्यवसायीले विरोध गरेका छन् । मन्त्री भट्टले औद्योगिक तथा व्यावसायिक प्रयोजनमा १९ किलोको सिलिन्डर अनिवार्य गर्ने बताउँदै आएका छन् ।

अहिले १४.२ किलोका सिलिन्डर प्रचलनमा छन् । औद्योगिक व्यावसायिक प्रयोजनमा ४० प्रतिशत ग्यास खपत हुने निगम सुधारका लागि गठित समितिको प्रतिवेदनमा उल्लेख छ । भइरहेको बजारभन्दा तेब्बर बढी सिलिन्डर उत्पादन गरेका उद्योगको ठूलो लगानी खेर जाने भन्दै उनीहरूले यसमा विरोध जनाएको मन्त्रालयस्रोतले जनाएको छ । व्यवसायीहरूले दुईखाले तौलभन्दा दुई रंग (नीलो र रातो) गरी अहिले भइरहेका सिलिन्डर नै प्रयोगमा ल्याउन मन्त्रीलाई सुझाएका छन् ।

बीबी एयरवेज भदौ अन्तिम सातादेखि
काठमाडौं, २८ माघ

अन्तर्राष्ट्रिय उडान अनुमति पाएको बीबी (भगवान बुद्ध) एयरवेज प्रालिले आठ महिनापछि उडान सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ २८ (सेप्टेम्बर १३) बाट उडान सुरु गर्ने लक्ष्य लिएको जानकारी प्रधानमन्त्री बाबुराम भट्टराईलाई गराएको छ ।

शनिबार प्रधानमन्त्रीलाई भेटेर बीबी एयरवेज प्रालिका अध्यक्ष भवन भट्टले आफ्नो कार्ययोजनाअनुसार भदौ २८ मा पहिलो उडान भर्ने लक्ष्य रहेको जानकारी गराए । एयरलाइन्सले पुस ९ गते मन्त्रीस्तरीय निर्णयबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमतिपत्र प्राप्त गरेको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष भट्टले बीबी एयरवेज सकेसम्म चाँडो नेपालबाट अन्तर्राष्ट्रिय आकाशमा उडान भर्न इच्छुक रहेको बताएका थिए । सरकारका तर्फबाट हालसम्म पाइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै उनले आउँदा दिनमा पनि सरकारीस्तरबाट निरन्तर सहयोग प्राप्त भइरहने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री भट्टराईले नेपालको आफ्नै वायुसेवा कम्पनी प्रभावकारी हुन नसक्दा बर्सेनि अर्बौं रकम बाहिरिएको तथ्यप्रति आफू गम्भीर भएको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहेको निजी वायुसेवा यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।

“तपाईंहरू आफ्नो तयारी पूरा गर्नुस्, म सरकारको तर्फबाट कुनै बाधा अड्चन उत्पन्न हुन दिनेछैन,” प्रधानमन्त्रीले भने । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था गम्भीर रहेकाले निजी क्षेत्रबाट स्वदेशी कम्पनीको सुरुवात स्वागतयोग्य भएको पनि बताए ।

बीबीले काठमाडौंबाट नयाँ दिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुरमा उडान भर्ने अनुमति पाएको छ । स्वीकृति पत्रमा तीनवटा बोइङ ७६७–३०० जहाजद्वारा उडान भर्न पाउने तथा तीमध्ये दुई वटा जहाज पहिलो चरणमा र बाँकी जहाज तीन वर्षभित्र आवश्यक प्रक्रिया मिलाई खरिद गर्नुपर्ने उल्लेख छ ।

अध्यक्ष भट्टसँगै प्रमुख कार्यकारी अधिकृत शिशिर भट्ट, प्रमुख सञ्चालन अधिकृत हरिभक्त श्रेष्ठ, वित्तीय सल्लाहकार सुधीर शर्मा पौडेलले एयरवेजका विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको कम्पनीले जनाएको छ ।

निजी विद्यालयका पुस्तकको मोल सरकारले तोक्ने
सञ्जय पन्थी

काठमाडौं, २८ माघ

एउटै प्रकाशन गृहका समान तह र विषयका पुस्तकमा भइरहेको दोहोरो मूल्यलाई सरकारले नियन्त्रण गर्ने भएको छ । निजी विद्यालयका विद्यार्थीले एउटै विषयका पाठ्यपुस्तकका लागि सरकारीभन्दा बढी मूल्य तिर्दै आएको पाएपछि सरकारले समान मूल्यको अवधारणा ल्याएको हो ।

शिक्षा मन्त्रालयअन्तर्गत गठित मूल्य निर्धारण समितिले आगामी शैक्षिक सत्रबाट लागू हुने गरी यसको तयारी गरिरहेको छ ।

समितिअन्तर्गतको प्राविधिक समितिका संयोजक गणेश भट्टराईले कागजको स्तर, रंग, लेखक, प्रकाशन गृह र विक्रेताको अवस्था अध्ययन गरेर मूल्य निर्धारण गर्ने गरी प्रतिवेदन तयार भएको बताए । समितिले निजी विद्यालयका विद्यार्थी र अभिभावकको अवस्थालाई समेत अध्ययन गरेर पुस्तकको मूल्य निर्धारण गर्नेछ । भट्टराईका अनुसार पेजअनुसार मूल्य निर्धारण हुनेछ ।

समितिले व्यवसायीलाई २५ प्रतिशत कमिसन राखेर मूल्य निर्धारण गर्ने तयारी गरेको छ । भट्टराईका अनुसार तय गरिएको मूल्यमा पुस्तक बिक्री नगर्ने व्यवसायीलाई कालोबजारी ऐनअनुसार कारबाही गर्न समितिले सिफारिससमेत गरेको छ । बजारको अनुगमन क्षेत्रीय शिक्षा निर्देशनालय, जिल्ला शिक्षा कार्यालय र प्रशासन कार्यालयले गर्ने जिम्मेवारी पाएका छन् । “कुन तहका पुस्तकको मूल्य कति हुने भन्ने अझै निर्धारण भएको छैन,” भट्टराईले भने । फागुन मसान्तसम्म मूल्य निर्धारण गरिने समितिले जनाएको छ ।

भट्टराईले निजी विद्यालयका पाठ्यपुस्तकको मूल्यमा केन्द्रित रहेर मूल्य निर्धारण गर्न लागिएको जानकारी दिए । मूल्य निर्धारणको समस्या सामुदायिक विद्यालयको पाठ्यपुस्तकमा भन्दा निजी विद्यालयमा बढी रहेको भन्दै सरकार आफैं यसको व्यवस्थापनमा जुटेको हो । करिब ६ महिनाको अध्ययनपछि प्राविधिक समितिले मूल समितिलाई मूल्य तोक्न सिफारिस गर्न लागेको हो ।

निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सनका अनुसार निजी विद्यालयमा करिब १५ लाख विद्यार्थी अध्ययनरत छन् । एक शैक्षिक सत्रमा स्टेसनरीसहित करिब ३ अर्ब रुपैयाँको व्यापार हुने गरेको पुस्तक व्यवसायीको आँकडा छ । त्यसमध्ये निजी विद्यालयका पुस्तकको मात्र करिब १ अर्बको कारोबार हुने गरेको छ । असमान मूल्यको फाइदा कतिपय विद्यालय सञ्चालकसमेतले उठाउँदै आएको गुनासो अभिभावकहरूको छ । निजी विद्यालयहरूले महँगो मूल्य तोकिएका पुस्तक विद्यालय परिसरमै बिक्री गर्न दिएर कमिसनसमेत लिँदै आएको आरोप अभिभावक संघको छ ।

समितिका अनुसार प्रकाशन गृहले विद्यालयस्तरका पाठ्यपुस्तक प्रकाशन गर्न पाठ्यक्रम विकास केन्द्रको अनिवार्य अनुमति लिनुपर्नेछ । सरकारले यस वर्ष स्टिकर टाँसेर पुस्तक बिक्री गर्न रोक लगाइसकेको छ । बजारमा पाठ्यपुस्तकको व्यापार जथाभावी हुने गरेकाले समितिले नियन्त्रण गर्न सक्रियता देखाएको हो । एउटै प्रकाशनगृहका समान तह र विषयका पुस्तकमा दुईथरी मूल्य कायम गरेर पुस्तक तथा स्टेसनरी व्यवसायीले बिक्री गर्दै आएका छन् ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले निजी विद्यालयका पुस्तकको मूल्य निर्धारण गर्न आवश्यक रहेको बताए । “निजी विद्यालयका पुस्तकमा अभिभावक ठगिने समस्या छ,” उनले भने । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष धनराज आचार्यले प्रकाशन गृहले आगामी शैक्षिक सत्रका लागि पुस्तक छपाइ गरिसकेकाले आगामी शैक्षिक सत्रमा मूल्य निर्धारण गर्न नहुने बताए । “बजार व्यवस्थित गर्न आवश्यक छ तर तत्काल निर्धारण गर्नु हुँदैन,” उनले भने । मूल्य निर्धारण गर्न प्रकाशन गृह तथा व्यवसायीलाई एक वर्षको अवधि दिनुपर्ने उनको माग छ ।

समितिले तयार गरेको प्रतिवेदन यसैसाता निर्धारण समितिका अध्यक्ष तथा पाठ्यक्रम विकास केन्द्रका निर्देशक खगराज बराललाई बुझाउनेछ । प्रतिवेदनका आधारमा फागुन मसान्तसम्म मूल्य निर्धारण हुने अध्यक्ष बरालले जानकारी दिए । “आगामी शैक्षिकसत्रलाई लक्षित गरेर मूल्य निर्धारण गर्दैछौं,” उनले भने ।

सोमबारदेखि लोडसेडिङ १ घण्टा घट्ने
काठमाडौं, २८ माघ (कास) ः विद्युत् प्राधिकरणले सोमबारदेखि लोडसेडिङ दैनिक १ घण्टा घटाउने भएको छ । दैनिक साढे १२ घटाका दरले हुँदै आएको लोडसेडिङ अब साढे ११ घण्टामा सीमित हुनेछ । नयाँ तालिकाअनुसार सातामा ८१ घण्टा बत्ती हुनेछैन ।

मध्यमस्र्याङ्दी जलविद्युत्गृह निर्धारित समयभन्दा एक साताअघि मर्मत भई विद्युत्् उत्पादन सुरु हुनुका साथै वर्षादले कुलेखानी जलाशयको सतह बढेकाले तत्कालका लागि लोडसेडिङ घटाउन लागिएको प्राधिकरणका उच्च अधिकारीले बताए । उनका अनुसार कुलेखानीको जलाशय ९ सेन्टिमिटर बढेको छ ।

मध्यमस्र्याङदी शनिबारदेखि सञ्चालनमा आएको छ । यसबाट अहिले ३६ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कुलेखानीमा पानीको सतह हालसम्म ५ मिटरमात्र घटेर १ हजार ५ सय २५ मिटर छ । कुलेखानीबाट दैनिक ४५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

दैनिक बिजुलीको माग १ करोड ५० लाख युनिट तथा आपूर्ति ९० लाख युनिट छ । दिन लामो र रात छोटो हुँदै गएपछि बिजुली खपतमा कमी आएको ती अधिकारीले बताए । प्राधिकरणले यो वर्ष बिजुलीको माग बढेर १ करोड ५५ लाख युनिटसम्म पुग्ने प्रक्षेपण गरे पनि १ करोड ५१ लाख युनिटसम्म पुगेकाले अब लोडसेडिङ नबढ्ने उनको दाबी छ । प्राधिकरणले वैकल्पिक उपाय अवलम्बन नगर्ने हो भने दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको थियो ।

नेप्से सात महिनायताकै न्यून बिन्दुमा
भुवन पौडेल

काठमाडौं, २६ माघ

नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत कम्पनीको सेयर मूल्य ७ महिना यताकै सबैभन्दा न्यून बिन्दुमा झरेको छ । कारोबार मूल्यका आधारमा तय हुने नेप्से बिहीबार चालू आर्थिक वर्षको सबैभन्दा न्यून बिन्दु ३१२.०९ अंकमा पुगेको हो ।

चालू आवको पहिलो दिन ३७८.४१ अंकमा रहेको नेप्से परिसूचक बिहीबारसम्ममा ६६.३२ अंकले घटेको छ । यो चालू आर्थिक वर्षको सबैभन्दा न्यून हो ।

सरकारले केही दिनअघि चालू आर्थिक बर्षमा नेप्से ३५० बिन्दुमा ल्याइपु¥याउने घोषणा गरे पनि सेयर बजार निरन्तर ओरालो लागेको छ ।

सरकारले केही दिनअघि सार्वजनिक गरेको सुशासन कार्यक्रम अन्तर्गत मन्त्रालयगत कार्यसम्पादन सूचक राम्रो हुन नेप्से ३५० बिन्दुमा पुग्नुपर्छ ।

बजारमा लामो समयसम्म मजबुत देखिएका बैकिङ क्षेत्रको सेयरले लगानीकर्तालाई निराश बनाएको छ । बढ्ला र बिक्री गरौंला भनेर पर्खिएका लगानीकर्ताहरू निराश भएका छन् ।

निरन्तर घट्दो क्रममा रहेपछि प्राथमिक बजारमा पनि समस्या देखिन थालेको छ । साधारण सेयर निष्कासन गरेका कम्पनीको सेयर पूरा बिक्री नभएपछि बोलकबोलमा बिक्री गर्नुपर्ने अवस्था छ । सेयरमा लगानी गर्दा हुने आम्दानी बैंकको मुद्दती खातामा जम्मा गरे आउने बराबरजस्तै भएकाले पनि लगानीकर्ताले जोखिम लिन नचाहेको देखिन्छ ।

“सरकारले सेयर बजार सुधारका लागि लगानीकर्तालाई विभिन्न आश्वासन दिए पनि त्यसको कार्यान्वयन नगरेकाले बजारमा सुधार आउन नसकेको हो,” इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष सुनन्दबहादुर श्रेष्ठले भने । सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको बाहुल्यता  छ । बैंकिङ समूहमा सुधार आउन नसकेपछि त्यसको असर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक परेको बताउँदै श्रेष्ठले भने, “१÷२ कम्पनी कारबाहीमा परे भन्दैमा सबै कम्पनी एउटै हुन भनेर लगानीकर्ताले बुझ्नु हँुदैन ।” बजार सुधारका लागि मार्जिन लोनको व्यवस्था गर्नुपर्ने, १० लाख रुपैयाँभन्दा धेरैको सेयर किन्दा स्रोत खुलाउनुपर्ने व्यवस्था खुकुलो बनाउनुपर्ने, सामूहिक लगानी कोष छिटो कार्यान्वयन गर्नुपर्नेलगायतका बजारका आधारभूत पूर्वाधार कार्यान्वयन गर्नुपर्ने श्रेष्ठले सुझाए ।

बैंकिङ क्षेत्र देखिएको समस्याको असर सेयर बजारमा परेको उल्लेख गर्दै नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जनराज पौड्यालले भने, “बैंकिङ क्षेत्रप्रति लगानीकर्ताको विश्वास बढे सेयरबजारमा पनि सकारात्मक प्रभाव पर्छ ।” साधार तथा हकप्रद सेयर बजारमा आउने क्रम पनि रोकिएको छ । बैंकहरूले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज नघटाएकाले सेयर बजारमा सुधार नआएको पौड्यालको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थावाट ऋण लिएर सेयरबजारमा लगानी गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै सेयर विश्लेषक रविन्द्र भट्टराइले भने, “पुराना लगानीकर्ताले पनि नयाँ लगानी गर्न सक्ने अवस्था छैन ।” नेप्से परिसूचक दैनिक सामान्य अंकले घटेका हुनाले फागुनमा बढ्न सक्ने उनले बताए । “बैंकहरूले कर्जाको ब्याजदर घटाए सेयर बजारमा सुधार आउन सक्छ,” उनले भने ।

जनसत्तासम्बन्धी निर्णय फिर्ता
बलराम पाण्डे

काठमाडौं, २६ माघ

सरकारले सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन जनसत्ताले पारित गरेका घरजग्गा, अंशबन्डा, बकसपत्रजस्ता लिखतहरूलाई मान्यता दिने निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आफ्नै पुस २८ गतेको निर्णय कायम नरहने र कार्यान्वयन नगर्ने निर्णय गर्दै फिर्ता गरेको छ । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षधरको विरोधका बाबजुद प्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो निर्णय गरेका हुन् ।

सरकारले बिहीबार गरेको निर्णयका बारेमा प्रधानमन्त्री भट्टराईले अपराह्न व्यवस्थापिका संसद्को बैठकमा सम्बोधन गरी जानकारी गराएका थिए ।

‘मिति २०६८/०९/२८ को निर्णयबाट विगतको जनयुद्ध तथा द्वन्द्वकालमा जनसत्ताद्वारा पारित गरिएका लिखतहरूलाई रजिस्ट्रेसन पारित गर्ने र त्यस्तो लिखतमा लाग्ने रजिस्ट्रेसन दस्तुर छुट दिने विषयको भुमिसुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावमा कानुनी तथा प्रक्रियागत विषय मन्त्रालय आफैंले मिलाउने र आगामी तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी लिखतमा लाग्ने रजिस्ट्रेसन दस्तुर छुट दिने’ निर्णय सरकारले गरेको थियो ।

त्यसको विरोधमा प्रतिपक्षी दलहरू कांग्रेस र एमालेले माघ ३ गतेदेखि संसद्को बैठक लगातार अवरुद्ध गरेपछि प्रधानमन्त्रीले यो निर्णय फिर्ता लिएका हुन् । प्रतिपक्षी दलहरूले सरकारले निर्णय फिर्ता नलिएसम्म कुनैपनि विषयमा छलफल नगर्ने अडान राखेका थिए ।

मन्त्रिपरिषदको बैठकले किसानहरूका माग एक साताभित्र सम्बोधन गर्ने गरी सबैलाई चित्तबुझ्दो निर्णय गरेको प्रधानमन्त्री भट्टराईको दाबी थियो ।

‘नेपाल सरकार मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सम्मानित सर्वोच्च अदालतले स्थगित आदेश जारी गरेको र त्यससम्बन्धमा विपक्षी दलहरूले समेत व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरिरहेको सन्दर्भमा मन्त्रीपरिषद्को २०६८÷०९÷२८ को निर्णय कायम नरहने र कार्यान्वयन नगर्ने, द्वन्द्वकालदेखिका किसानका उक्त समस्या सकारात्मक ढंगले समाधान गर्न सरकारले एक साताभित्र आवश्यक व्यवस्था गर्ने’ निर्णय गरेको प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्को बिहान बसेको बैठकले गरेको निर्णयलाई लिएर कांग्रेस र एमालेबीच छलफल भएको थियो । निर्णयमा उल्लेख गरिएको ‘तत्काल’ भन्ने शब्द हटाउन उनीहरूले पुनः माग गरेपछि त्यसलाई पनि हटाइएको थियो ।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा विगतमा जनसत्ताले पारित गरेका लिखतकहरूलाई कानुनभित्र ल्याएर वैधानिकता दिने र किसानहरूका समस्या समाधान गर्ने कानुनसम्मत तरिकाले गरिए पनि प्रतिपक्षीको आपत्ति र सर्वोच्चको आदेशपछि यस्तो निर्णय गरेको संसद्मा जानकारी गराएका थिए । “हामीले राम्रै नियतले गरेको भए पनि यसले विवाद सिर्जना ग¥यो”, उनले सम्बोधनका क्रममा भनेका थिए ।

विपक्षको आशंका निवारण गर्ने गरी निर्णय गरिएकाले यसलाई कसैको हार या जितका रूपमा लिन नहुने धारणा गरे ।

यसलाई प्रतिपक्षी दलले स्वागत गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सरकारले गरेको निर्णय स्वागतयोग्य भएको उल्लेख गरे ।

उनले किसानका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतामा कब्जामा रहेका सम्पत्ति फिर्ता गरी किसानलाई राहत दिनुपर्ने कुरा पनि उल्लेख गरिनुपर्ने बताए ।

मुलुक मर्ज या सबमर्ज भनेको होइन

प्रधानमन्त्री भट्टराईले आफुले मुलुक मर्ज या सबमर्ज हुन सक्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् ।

संसद्को बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता बारेमा कुनै पनि विवाद देशका नागरिकले गर्न नसक्ने उल्लेख गर्दै आफूले पनि त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् ।

“हामी सबै स्वाधीनताका पक्षधर हौं”, उनले भने, “यसलाई कमजोर पार्ने काम हामी गर्न सक्दैनौं । अन्य विषयमा मतभिन्नता भए पनि राष्ट्रिय स्वाधीनताका विषयमा एउटै धारणा हुनुपर्छ । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेर मैले राष्ट्रियतामा आँच आउने कुनै पनि अभिव्यक्ति गर्ने कुरै उठ्दैन ।”

उनले छिमेकी चीन र भारतले आर्थिक समृद्धिको विषयमा तीव्र गतिमा विकास गरेकाले नेपालले पछ्याउन नसकेमा हाम्रो अर्थतन्त्र मर्ज या सबमर्ज हुन सक्छ भनी आफूले अभिव्यक्ति दिएको दाबी गरेका छन् ।

“चीत र भारतबाट आर्थिक विकासको समुद्री छालजस्तो आएको छ,” उनले भने, “तर हाम्रो आर्थिक वृद्धिको दर असाध्य पिछडिएको अवस्थामा छ । यही अवस्था रहिरह्यो भने हाम्रो अर्थतन्त्र सबमर्ज हुने खतरा रहन्छ । छिमेकीको दाँजोमा दुई अंकको वृद्धिदरमा लैजाने प्रयत्न गर्नुपर्छ भन्ने सन्दर्भमा हाम्रो अर्थतन्त्र सबमर्ज हुने खतरा रहन्छ । त्यसैले आर्थिक वृद्धिमा ध्यान दिऊँ भन्ने सन्दर्भमा त्यो शब्द प्रयोग भएको थियो । अन्यथाजस्तो मलाई लाग्दैन ।” उनले सञ्चारमाध्यममा आउँदा मुलुक नै मर्जको कुरा भयो भन्ने आएको उल्लेख गर्दै त्यसो नभएको बताए ।

शान्ति–प्रक्रियामा प्रगति

प्रधानमन्त्री भट्टराईले पछिल्लो दिनमा शान्ति–प्रक्रियामा प्रगति भएको दाबी गरेका छन् ।

माओवादी लडाकुको पुनवर्गीकरणको काम सकेर स्वेच्छिक अवकाशमा जानेहरूको बिदाइको प्रक्रिया पूरा हुने अवस्थामा रहेको भन्दै उनले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।

उनले स्वेच्छिक अवकाशमा जानेहरूले पाएको चेकमा कसैको हस्तक्षेप नहुने उल्लेख गरे । त्यो रकम उनीहरूको व्यक्तिगत रूपमा नै खर्च गर्न पाउने अधिकार रहेको पनि बताए ।

“स्वेच्छिक अवकाशमा जानेको रकम जबरजस्ती कसैले लिन खोज्यो भन्ने सूचना आएका छन्,” उनले भने, “ती चिन्ताजनक छन् । यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ । विशेष समितिको संयोजकको हैसियतले पनि मैले स्वेच्छिक अवकाशमा जानेलाई प्रदान गरिएको रकम व्यक्तिगत रूपमा उनीहरूलाई दिइएको हो भन्ने स्पष्ट पार्न चाहन्छु । त्यो रकममा अन्य कसैले पनि दाबी गर्न सक्दैन । अझ आतंकित गरेर ल्याउन खोज्छ भने त्यो सरकारको नीतिभित्र पर्दैन र सम्बन्धित पार्टीको पनि कुनै प्रकारको नीति छैन ।”

अपराधमा पैसा लगाउनेलाई कारबाही गर्न सजिलो
सम्पत्ति शुद्धीकरणविरुद्ध तीन ऐन संसद्मा

कमला थापा

काठमाडौं, २६ माघ

सरकारले लामो समयपछि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तीनवटा विधेयक संसद्मा दर्ता गरेको छ । यी कानुन कार्यान्वयन गर्न सके गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी राज्यलाई ठग्न र अपराधमा लगानी गर्न निरुत्साहित भई विदेशी लगानी आकर्षित हुनेछ ।

जबरजस्ती चन्दा असुल, वित्तीय अपराधबाट कमाएको सम्पत्ति, राज्यलाई कर छली गरी राजनीतिक दलको पक्षपोषण गर्ने व्यापारीको सम्पत्ति जफत गरी राज्य कोषमा राख्न सकिने व्यवस्था यी तीन ऐनमा गरिएको छ । गैरकानुनी तवरले कमाएको सम्पत्ति विभिन्न तरिकाले शुद्धीकरण गरी समाजमा स्थापित गर्नेहरूको विरुद्धमा भइरहेको विश्वव्यापी अभियानमा सहयोग नगरे नकारात्मक सूचीमा पर्ने खतरासँगै सरकारले विधेयक संसद्मा दर्ता गरेको हो । अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले जारी गरेका ४९ वटा सिफारिसअन्तर्गत यी कानुन सरकारले लागू गर्नुपर्नेछ । यो प्रतिबद्धता सन् २०१० को अन्त्यमा पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म यी कानुन पारित नहुँदा नेपाललाई अन्तर्राष्ट्रिय रूपमा दबाब परेको छ ।

एफएटीएफको यही फेबु्रअरी १३ तारिखमा पेरिसमा हुने बैठकअघि नेपालले यी कानुन पारित गर्नुपर्नेछ । राष्ट्र बैंक वित्तीय जानकारी एकाइका प्रमुख धर्मराज सापकोटाले यी कानुन पारित गरी अन्तर्राष्ट्रिय समुदायसँगको प्रतिबद्धता पूरासँगै कार्यान्वयन गर्न सके नेपालको छवीमा सुधार भई आन्तरिक र बाह्य लगानी बढ्ने बताए ।

“नेपालमा दुई नम्बरको धन्दा हुन्छ भन्ने जुन छाप विश्वमा छ,” उनले भने, “यो कानुनअनुसार तुरुन्त कारबाही गर्दै जाने हो भने हाम्रो छविमा सुधार हुनुका साथै स्वच्छ व्यापार गर्नेहरू नेपालमा आकर्षित हुन्छन् ।”

संगठित अपराध निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६८, सुपुर्दगीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०६८ तथा पारस्परिक कानुनी सहायता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६८ बिहीबार मन्त्रिपरिषद्ले पारित गरी संसद्मा दर्ता गरेको हो ।

कुनै एक मुलुकमा राजस्व छली, बैंकिङ कसुर वा अन्य कुनै कसुर गरी अर्को मुलुकमा गई लुकेर बसेको व्यक्तिलाई सम्बन्धित मुलुकले पक्राउ गरी सम्बन्धित मुलुकमा बुझाउनुपर्नेछ । यसअघि सुपुर्दगीसम्बन्धी ऐन नहुँदा नेपालमा वित्तीय अपराध गरी अन्य मुलुकमा बस्दै आएका व्यक्तिलाई पक्राउ गर्न नेपाललाई समस्या पर्ने गरेको थियो । विभिन्न गिरोह बनाई अपराध गर्दै आएको समूहलाई पनि यो कानुन पारित गरेपछि कारबाही गर्न सहज हुनेछ ।

संगठित अपराध निवारणसम्बन्धी विधेयकले आपराधिक समूह भन्नाले कुनै लाभ वा सन्तुष्टिका लागि सरकारी, सार्वजनिक वा निजी भौतिक संरचना, साधन वा सम्पत्ति ध्वस्त गर्न देशभित्र वा बाहिर रहेको तीन वा तीनभन्दा बढी व्यक्तिको समूहलाई परिभाषित गरेको छ ।

यसअघि यी कानुन पारित नहुँदा अन्य मुलुकमा वित्तीय अपराध गरी नेपालमा आएर लुक्ने थलोका रूपमा प्रयोग भएको र त्यसविरुद्ध कारबाहीको कुनै प्रावधान नभएको आरोप लाग्दै आएको छ ।

राजनीतिक दललाई कारबाहीको त्रास

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँगै राजनीतिक दलहरूमा पनि त्रास देखिएको छ । राजनीतिक दलका आडमा हुने वित्तीय अपराधको दायरामा राजनीतिक दलहरू पर्ने आशंकाले संगठित अपराध निवारण गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन लामो समयदेखि ढिलाइ भएको थियो ।  अन्य दुई विधेयक यसअघि संसद्मा दर्ता गरिए पनि पारित हुन सकेका थिएनन्, त्यसमा मन्त्रिपरिषद्ले केही बुँदा परिमार्जन गरी पुनः दर्ता गरेको हो । बुधबार राति अबेर प्रधानमन्त्री, अर्थमन्त्री, अर्थसचिव, गभर्नर, कानुनसचिवलगायतका पदाधिकारीको गोप्य बैठक बसी संगठित अपराध र आपराधिक समूहको परिभाषामा राजनीतिक दल वा समूहको आडमा हुने गरेका वित्तीय अपराधको प्रकृति नपर्ने गरी संशोधन गरिएको हो । उच्च स्रोतका अनुसार अन्तर्राष्ट्रिय दबाबका कारण कानुन पारित गर्ने अन्तिम अवस्था आएकाले सरकारी पदाधिकारीले तत्कालका लागि राजनीतिक आडमा हुने गरेको वित्तीय अपराधलाई प्रत्यक्ष सम्बोधन नगर्ने गरी परिमार्जन गर्न सुझाव दिएका थिए ।

विधेयक पारित गर्दा यसअघि दलहरूले गरेका अपराध र अपराधमा भएको वित्तीय कारोबार तथा सम्पत्तिको समेत स्रोत खोजी गरी कारबाहीमा परिने डरले संगठित अपराध निवारण गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा लामो समयदेखि विचाराधीन थियो ।

एक करोड ५० लाखभन्दा बढीसँग फोन सुविधा
सरस्वती ढकाल

काठमाडौं, २५ माघ

नेपालमा टेलिफोन र मोबाइल सेवा प्रयोग गर्नेको संख्या डेढ करोड नाघेको छ ।  दूरसञ्चार प्राधिकरणले बुधबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामध्ये ५६ प्रतिशतले टेलिफोन र मोबाइल प्रयोग गरेका छन् । यी प्रयोगकर्तामध्ये हरेक दुईमा एक जनासँग मोबाइल फोन छ ।

दूरसंचार कम्पनी लिमिटेड (टेलिकम), एनसेल, युनाइटेड टेलिकम  (युटिएल), स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम, एसटीएम टेलिकमले नेपालमा दूरसंचार सेवा दिंदै आएका छन् ।

दूरसंचार सेवा दिंदै आएका यी ६ कम्पनीका ग्राहक १ करोड ५० लाख ३४ हजार १ सय १२ पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक प्रतिवेदन अनुसार नेपालको जनसङख्या २ करोड ६६ लाख २० हजार छ । यो जनसङ्ख्यामध्ये आधाभन्दा धेरैले मोबाइल फोन प्रयोग गर्छन् ।  ५६ प्रतिशत टेलिघनत्वमध्ये ५० प्रतिशतले मोबाइल प्रयोग गरेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म मोबाइल प्रयोग गर्ने ग्राहक १ करोड ३३ लाखभन्दा धेरै छन् । साधारण टेलिफोन जडानदेखि प्रयोगसम्म मोबाइलभन्दा झन्झटिलो हुने भएकाले यसमा आर्कषण घटेको सम्वद्ध निकायहरू बताउँछन् । ‘खल्तीमा विश्व राख्न सकिने भएपछि मोबाइलमा स्वतह आर्कषण बढ्ने भयो’ प्राधिकरण अधिकारीले भने ।

सरकारको बहुमत सेयर भएको टेलिकम र निजी क्षेत्रको एनसेलबीच पछिल्लो एक  वर्ष यता प्रतिस्पर्धा बढेको छ । गत वर्षदेखि जीएसएम मोबाइल सेवामा एनसेल सवै भन्दा अगाडि छ ।

प्राधिकरणको प्रतिवेदनमा टेलिकमका ग्राहक ७२ लाख ६९ हजार, एनसेल  ६८ लाख ५१ हजार, युटिएल ५ लाख ९१ हजार, स्मार्ट २ लाख, नेपाल स्याटेलाइट १ लाख ११ हजार र एसटीएम टेलिकम ५ हजार ग्राहक छन् ।

मुलुकभर १४ प्रतिशत जनतामा इन्टरनेटको पुहँच पुगेको प्रतिवेदनमा छ । जिपीआरएसमार्फत मोबाइलमा इन्टरनेट चलाउने धेरै छन् । ३५ लाखभन्दा धेरैले जिपीआरसमार्फत इन्रटनेट चलाउँछन् । नेपाल टेलिकमले डायल अप, एडिएसएल, सिडिएमए र जिपीआरएसबाट इन्रटनेट सेवा दिएको छ । टेलिकमका कुल ग्राहक मध्ये १५ लाख १३ हजारले इन्टरनेट प्रयोग गर्छन् । त्यसैगरी एनसेलका २२ लाख ३४ हजार इन्टरनेट प्रयोग कर्ता छन् । एनसेलले जिपीआरएस मार्फत पोस्पेड र प्रिपेडका ग्राहकलाई इन्टरनेट सेवा दिएको छ । युटिएलका ६४ हजार र इन्टरनेट सेवा प्रदायकका ६१ हजार गरी कुल ३८ लाख ७३ ले इन्टरनेट प्रयोग गर्छन ।

टेलिकम र एनसेलबीच तीव्र प्रतिस्पर्धा

दुई ठुला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलका ग्राहक झन्डै बराबरीमा पुगेका छन् । टेलिकमका कुल ग्राहक ७४ लाख छन भने एनसेलले दुई साताअघि नै ७० लाख पुगेको बताएको छ ।  विगत एक वर्षदेखि जिएसएम मोबाइलमा अग्रणी एनसेलले छिट्टै टेलिकमलाई उछिन्ने देखिएको छ । अहिले टेलिकमका कुल ग्राहक ७४ लाख छन् । टेलिकमले साधारण टेलिफोन, जिएसएम मोबाइल तथा सिडिएम सेवा दिएको छ । सेवा विस्तार र नयाँ सेवामा लगानी बढाउन नसक्दा टेलिकमले ग्राहक बढाउन सकेको छैन । सार्वजनिक खरिद ऐनले गर्दा विस्तार गर्न नसकेको टेलिकमले जनाएको छ ।

निजी कम्पनी एनसेलले सेवा विस्तार र नयाँ प्रविधि भित्र्याउन र बजारीकरणलाई प्रमुखता दिएकाले ग्राहक संङख्या बढेको हो । “कुल लगानीमध्ये ९० प्रतिशतभन्दा धेरै भौतिक पूर्वाधारमा खर्च हुने गरेको छ” एनसेलका कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले भनिन् ।

गत वर्ष टेलिकमले करिब ४ अर्ब रुपैयाँ मात्र पूर्वाधार विकार र बजार विस्तारमा खर्च गरेको थियो भने एनसेलले झन्डै ७ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रगति उसले गर्ने लगानीका आधारमा अनुमान गर्न सकिने प्राधिकरणका एक अधिकारीले बताए ।

दुई दिनमा दुई हजार करदाताको अनुगमन हुने
काठमाडौं, २५ माघ

देशभरका आन्तरिक राजस्व कार्यालयहरूले बिहीबार र शुक्रबार २ हजार करदाताको कारोबार विवरण परीक्षण गर्ने भएका छन् । यसका लागि आन्तरिक राजस्व विभागले १ सय टोली परिचालन गर्दैछ ।

एकीकृत बजार अनुगमन अभियानअन्तर्गत सबै कर अधिकृतहरूलाई स्थलगत रूपमा परिचालन गरी कर विवरण परिक्षण गर्न लागिएको हो । हरेक साता १ सय टोलीले अभियानका रूपमा बजार अनुगमन गर्ने विभागले जनाएको छ ।

“कर तिर्नेले दिएको हरहिसाब ठीक भए÷नभएको हेर्न टोली खटाइएको हो,” विभागका महानिर्देशक टंकमणि शर्माले भने ।

करदाता आफैंले कारोबारको विवरण दिई कर तिर्दै आएका छन् । नक्कली बिलबाट मूल्य अभिवृद्धि कर (भ्याट) छली हुने गरेको तथ्य भेटिएपछि विभागले सक्रियता बढाएको हो । कर कार्यालयमा पेस गरेको विवरण र कारोबारमा फरक देखिएपछि यथार्थ कर विवरण पेश गरे÷नगरेको छानबिन गर्न टोली खटाइएको शर्माले बताए ।

टोलीले आयकर, भ्याट, अन्तःशुल्क, शिक्षा सेवा र स्वास्थ्य सेवा शुल्क समयमै दाखिला गरे नगरेको, खाता तथा बिल नियमानुसार राखे–नराखेको अनुगमन गरी विवरण पेश गर्न आग्रह गर्नेछ । करदाताले शंका लागेका खाता परीक्षणका लागि कार्यालय तथा विभागमै ल्याउन अधिकृतहरूलाई निर्देशन दिइएको शर्माले बताए ।

“काठमाडौं उपत्यकामा ६० टोली खटाएका छौं,” शर्माले भने, “एक टोलीले एक दिनमा कम्तीमा १० करदाताको विवरण परीक्षण गर्नेछन् ।” विभागले सबै कर अधिकृतलाई सातामा एक पटक अनिवार्य रुपमा बजार अनुगमनमा जाने गरी टोली खटाएको हो । राजधानीमा करिब १ सय ५० कर अधिकृत रहेका छन् ।

सामान बिक्री गरेर नियमानुसार भ्याट दाखिला नगर्ने, घरबहाल कर नतिर्ने, इजाजत बिना मदिरा बेच्नेलाई स्थलगत कारबाही गर्ने अधिकार कर अधिकृतलाई दिइएको छ ।

वस्तु तथा सेवाको बिक्रीमा भ्याट बिल जारी नगर्ने तथा नक्कली बिल जारी गर्ने विक्रेतालाई स्थलगत रूपमै कारबाही गर्ने अधिकार विभागले अनुगमन टोलीलाई दिएको छ । कर विवरण समयमा पेश नगर्ने करदाताबाट कर अधिकृतले नियमाअनुसार जरिवाना समेत असुल गर्न सक्नेछन् ।

“अनुगमनमा खटिएका कर अधिकृतहरूले प्रमुख कर अधिकृत तथा विभागका निर्देशकहरूसँगको समन्वय गराइनेछ,” शर्माले भने । पाँच महिनासम्म शिक्षा सेवा कर दाखिला नगरेका विद्यालयहरूले कर बुझाउन अटेर गरेमा प्रशासन र आर्थिक कक्षमा अनुगमन टोलीले ताला लगाउनेछ ।

बजारका अधिकांश कारोबारमा बिलबिजक जारी नहुने पाइएकाले यस्तो अभियान थालिएको शर्माले बताए । फर्महरूको कारोबार भिडाउँदा ठूलो अन्तर पाइएपछि यस्तो कारबाही थालिएको विभागले जनाएको छ । यस्तो अभियानमा सबै आन्तरिक राजस्व कार्यालय र सेवा कार्यालयहरूलाई समेत परिचालन गरिनेछ ।

बजार अनुगमनले कर दाखिला नगर्नेलाई सचेत बनाउने शर्माले बताए । चालू आर्थिक वर्षका बाँकी पाँच महिनामा २० हजार करदातामाथि अनुगमन गरिने विभागले जनाएको छ,  कर तिर्ने ६ लाखमध्ये १ लाख ४ हजार करदाता भ्याटमा दर्ता छन् ।

प्रतिकूल मौसमले ५० प्रतिशत बढी उडान रद्द
प्रकाश शाह

काठमाडौं, २५ माघ

प्रतिकूल मौसमले बुधबार आधाभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । दिनभरको वर्षा तथा बाक्लो हुस्सुले उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

“आन्तरिक उडानमा ५० प्रतिशत बढी उडान प्रभावित भएका छन्,” त्रिभुवन विमानस्थलस्थित आन्तरिक विमानस्थल प्रमुख पूर्ण चुँडालले भने । उनका अनुसार बुधबार दिउँसो ४ बजेसम्म मात्रै ६५ भन्दा बढी उडान रद्द भइसकेका थिए । साँझपख पनि उडान अवरुद्ध हुने क्रम यथावत् रह्यो ।  विमानस्थलका अनुसार माउन्टेन फ्लाइटसहित पोखरा, लुक्ला जाने उडान रद्द भए । सिमरा, विराटनगर, भैरहवा, भद्रपुर, भरतपुर गन्तव्यका आंशिक उडान रद्द भएका छन् ।

दिउँसो ४ बजेसम्म विभिन्न एयरलाइन्सका माउन्टेन उडान तर्फ ११, पोखरा १०, लुक्ला १६ वटा गरी अधिकतम उडान रद्द भएका छन् । सोही समयमा देशभरका गन्तव्यतर्फ बुद्ध एयरका १७, यती २४, अग्नि १३, गुण ४ उडान रद्द भएका छन् । यती एयरलाइन्सका २४ मध्ये १० उडान लुक्लाका रद्द भएका छन् ।  प्रतिकूल मौसमले समयमा उडान नहुनुका साथै अन्ततः रद्द हुन पुगेका प्रमुख चुँडालले बताए । “बिहान ७ बजे हुनुपर्ने उडान दिउँसो १२÷१ बजे गरिएका छन्, मौसम खुल्ने र बन्द हुने भएकाले नियमित उडान हुन सकेका छैनन्” उनले भने ।

हवाईयात्राबाट राजधानीबाट बाहिरिने तथा भित्रिने यात्रु चार–चार घण्टासम्म प्रतिक्षालयमा बस्दासमेत जहाज उड्न नसकेपछि घर फर्किएका थिए । “कतिपय जहाजमा यात्रु चढाएर उड्न तयार भए पनि प्रतिकूल मौसमले जहाज उड्न नसकेपछि यात्रु फर्किएका छन्,” उनले जानकारी दिए ।

अविरल वर्षाका बीच छिन–छिनमा मौसम खुल्ने तथा बन्द हुने भएकाले देशभरका उडान प्रभावित भएको त्रिभुवन विमानस्थल अपरेशन शाखाले जनाएको छ । आकस्मिक देशभर वर्षा र बाक्लो हुस्सुले विमानका लागि ‘लो भिजिबिलिटी’ देखिएपछि उडानहरू रद्द हुन पुगेका एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।

प्रतिकूल मौसमकै बीच अन्तर्राष्ट्रिय उडानहरू यान्त्रिक उडान सेवा (आईएफआर) बाट त्रिभुवन विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् । दिउँसो २ बजेका लागि त्रिभुवन विमानस्थलनमा अवतरणका लागि ढाकाबाट उडेको बंगलादेश एयरलाइन्स प्रतिकूल मौसमको जानकारी पश्चात् पुनः ढाका विमानस्थलमा डाइभर्ट भएको विमानस्थल अपरेसन शाखाले जनाएको छ । त्यसैगरी सिंगापुरको निजी वायुसेवा कम्पनी सिल्क एयरसमेत त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्दा भारतको बनारस ‘डाइभर्ट’ भयो । काठमाडौँ विमानस्थलमा यान्त्रिक उडान सेवा भए पनि जिल्लातर्फका विमानस्थलमा यान्त्रिक उडान सेवा नहुँदा आन्तरिक एयरलाइन्सले राजधानीबाट ती गन्तव्यमा उडान भर्न सकेनन् ।

दिनभरको अविरल वर्षाका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रका जोमसोम, मनाङ, सिमिकोट, जुम्ला, डोल्पा, फाप्लु, भोजपुरलगायतका गन्तव्यमा समेत उडान सेवा अवरुद्ध हुन पुगेको छ ।

त्रिभुवन विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभागका अनुसार नेपाल छिरेको पश्चिम वायुको प्रभावले बुधबार देशैभरी हिउँदे वर्षा भएको हो । चिसो मौसमको बिदाइ र गर्मी सिजन प्रारम्भ संकेतका रूपमा हिउँदे वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखा प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए । झरी रोकिएपछि गर्मी सुरु हुने अनुमान शाखाले गरेको छ ।