Karobar National Economic Daily » देश

दाङ पनि बर्डफ्लुको उच्च जोखिममा
गोपाल शर्मा भट्टराई

दाङ, २८ माघ ।

मध्यपश्चिम क्षेत्रीय पशु सेवा निर्देशनालयले भारतसँग सीमा जोडिएको भन्दै दाङलाई पनि बर्डफ्लुको उच्च जोखिममा राखेपछि जिल्ला पशुसेवा कार्यालयले जोखिम व्यवस्थापनमा पनि उच्च सतर्कता अपनाएको छ । यसका लागि पोल्ट्रीफर्महरू धेरै भएका विभिन्न स्थानमा सर्भिलेन्स सेवा सुरु गरिएको कार्यालयले जनाएको छ ।

पूर्वाञ्चलमा बर्डफ्लुको प्रभाव बढी देखिएपछि विशेषगरी पूर्वीक्षेत्रबाट जिल्ला प्रवेश गराइने विभिन्न पन्छीको अवस्था जाँच गर्न भालुवाङमा क्वारेन्टाइन चेकपोस्ट स्थापना गरी चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ । त्यस्तै जिल्लाका बढी कुखुरा फार्म भएका लालमटिया, लमही, घोराही, सौंडियार, तुलसीपुरलगायत आठ स्थानमा सम्बन्धित क्षेत्रका पशु सेवा केन्द्रहरूले सर्भिलेन्स सेवा उपलब्ध गराइरहेका छन् । ती क्षेत्रका फार्ममा रहेका शंकास्पद रोगी कुखुराको स्वास्थ्य परीक्षणका लागि विभिन्न नमुना केन्द्रीय पशु रोग निदान केन्द्र त्रिपुरेश्वरमा पठाइँदै आएको कार्यालय प्रमुख उत्तमबहादुर थापाले जानकारी दिए ।

यसैबीच, जिल्लालाई क्षेत्रीय पशु स्वास्थ्य निर्देशनालयले बर्डफ्लुको जोखिममा राखेपछि स्थानीय प्रशासनले समेत चासो देखाएको छ । “बर्डफ्लु भित्रिन सक्ने सम्भावनालाई ध्यान दिँदै पशु कार्यालय, क्वारेन्टाइन कार्यालय तथा सम्बन्धित क्षेत्रका प्रहरीलाई जोखिम व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए ।

दाङमा बर्डफ्लु छैन ः पशु चिकित्सक

पशु सेवा कार्यालयले जिल्लामा अहिलेसम्म बर्डफ्लु पोजेटिभ नदेखिएको जनाएको छ । “दाङ बर्डफ्लुको उच्च जोखिममा भए पनि हालसम्म ‘बर्डफ्लु मुक्त’ छ,” पशु कार्यालका डा. ऋषिराम सापकोटाले सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।

मासु खान आग्रह

विभिन्न आठ ठाउँबाट निरन्तर चल्ला र दाना परीक्षण गरिरहेकाले ढुक्कसँग मासु खान डा. सापकोटाले सर्वसाधारणलाई आग्रह गरेका छन् । दुई वर्षदेखि जिल्लाका लालमटिया, चैलाही, गढवा, नारायणपुर, घोराही, तुलसीपुर र उरहरीमा कुखुरा तथा दाना परीक्षणका लागि ‘चेकजाँच पोस्ट’ को स्थापना गरिएको जनाउँदै उनले यस्तो आग्रह गरेका हुन् । यस्तै सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिका अध्यक्ष नरुलाल चौधरीले पनि जिल्लावासीलाई ढुक्क भएर मासु तथा मासुजन्य पदार्थ उपभोग गर्न आग्रह गरेका छन् ।

रेडियो छुनुमुनु दोस्रो वर्षमा
पोखरा, २६ माघ (कास) ः छुनुमुनु पब्लिकेसन लिमिटेड पोखरामार्फत सञ्चालित बालबालिकाले मात्र सञ्चालन गरेको नेपालकै पहिलो रेडियो छुनुमुनु ८७.९ दोस्रो वर्षमा प्रवेश गरेको छ ।

गिनिज बुक अफ द वल्ड रेकर्डस्मा सबैभन्दा सानो उमेरका व्यावसायिक फोटोग्राफरका रूपमा कीर्तिमानी रिरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रथम वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठ र अर्की विश्व कीर्तिमानी सुवेक्षा श्रेष्ठलाई छुनुमुनु पब्लिकेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले सम्मान गर्दै छुनुमुनुका सबै कार्यक्रम बालप्रतिभा प्रस्फुटनमा केन्द्रित रहेको बताए ।

कार्यक्रममा छुनुमुनुका प्रबन्ध सञ्चालक रविराज बसौलाले बालबालिकालाई प्रदान गरिने अवसरले भोलिको विकास सम्भव हुने बताउँदै छुनुमुनुले वर्षभरि गरेका कार्य तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

सो अवसरमा विश्व कीर्तिमानी रिरेन्द्र श्रेष्ठले खिचेका तस्बिरहरुको प्रदर्शनी पनि गरिएको थियो । सो प्रदर्शनीको जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीले उद्घाटन गरे ।

रेडियो छुनुमुनुले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमका विजयीहरुलाई सोही अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

औषधि खरिदमा ‘अनियमितता’
अनुप तिवारी

वीरगन्ज, २६ माघ

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको औषधि खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको खुलेको छ । सरकारले स्थानीय स्तरमा उपस्वास्थ्य चौकीहरूमार्फत वितरण गर्ने निःशुल्क औषधिहरुको खरिदमा भएको टेन्डरमा कमिसनको भरमा बढी दरमा औषधि खरिद भएको पाइएको हो ।

तीन महिनाअघि औषधि खरिदको टेन्डर प्रक्रियामा कार्यालयलाई कम दरमा औषधि आपूर्ति गर्ने सप्लायरलाई टेन्डर नदिई बढी दरमा आपूर्ति गर्ने सप्लायरलाई टेन्डर दिएर लाखौंको अनियमितता गरेको प्रमाण देखिएको छ । कार्यालयबाट आइरन चक्की, एलबेन्डाजोल, जीवनजल पाउडर र कोट्रिमोक्साजोल औषधि खरिदमा अनियमितता भएको हो । कार्यालयले यी औषधि खरिदको टेन्डर खोल्दा कम दरमा आपूर्तिको कोटेसन भरेको वीरगन्जस्थित जैसवाल फार्मेसीको कोटेसन स्वीकृत नगरी बढी दरको कोटेसन भरेको हेटौंडा सानो पोखरास्थित शाह मेडिकल हलको कोटेसन स्वीकृत गरी जनस्वास्थका कर्मचारीकै मिलोमतो भ्रष्टाचार भएको पाइएको हो ।

प्राप्त प्रमाणका अनुसार शाह मेडिकलले ४ सय एमजीको एलबेन्डाजोल औषधि प्रतिचक्की १२ रुपैयाँ, जीवनजल प्रतिप्याकेट १० रुपैयाँ, आइरन चक्की प्रतिचक्की एक रुपैयाँ ९० पैसा र कोट्रिमोक्साजोल प्रतिचक्की ८० पैसाको दरले जनस्वास्थ्यलाई आपूर्ति गरेको छ । तर, प्रतिस्पर्धी वीरगन्जको जयसवाल फार्मेसीले एलबेन्डाजोल प्रतिचक्की ३ रुपैयाँ ८५ पैसा, जीवनजल प्रतिप्याकेट ९ रुपैयाँ, आइरन चक्की प्रतिचक्की ५५ पैसा र कोट्रिमोक्साजोल प्रतिचक्की ५५ पैसाको दरले कोटेसन भरेको थियो ।

टेन्डर प्रक्रियामा यी लगायत करिब आधा दर्जन सप्लायरले कोटेसन भरेका थिए । अधिकांश सप्लायरले शाह मेडिकलले भन्दा कम दरकै कोटेसन भरेको स्रोतको दाबी छ । जनस्वास्थलाई बढी मूल्यमा औषधि उपलब्ध गराएको हेटौंडास्थित शाह मेडिकल यसअघि पनि जनस्वास्थलाई नै गुणस्तरहीन आइरन चक्की आपूर्ति गरेको आरोपमा कारबाही खेपी कालोसूचीमा अंकितसमेत भइसकेको स्रोतले जनाएको छ ।

जनस्वास्थ कर्मचारीहरुले कमिसनको भरमा यसरी कारबाहीमा परेको तथा बढीमा कोटेसन भरेको शाह मेडिकललाई टेन्डर दिएर ठूलै आर्थिक चलखेल गरेको दाबी कार्यालयकै स्रोतले गरेको छ । कार्यालयमा शाह मेडिकलले कात्तिक २१ गते विभिन्न औषधि सप्लाई गरेबापत २ लाख ६९ हजार र मंसिर २० गते ७ लाख ६० हजार रुपैयाँको बिल पेस गरेको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख इन्द्रदेवप्रसाद यादवले भने अनियमितता भएको आरोप अस्वीकार गरेका छन् । यस्तो हुन गएको देखिएर त्यसलाई सच्याइएको उनले बताए । आफू बिदामा भएको बखत टेन्डर खोलिएको बताउँदै उनले जिल्ला प्रशासनमा विधिपूर्वक टेन्डर खोलिएको दाबी गरे । आफू पछाडि केही मान्छे लागेर बदनाम गराउन खोजिरहेको भन्दै उनले अब आफू पर्साबाट सरुवा गराएर जाने बताए ।

अपाङ्गता भएकाहरूको आन्दोलन
दाङ (तुलसीपुर), २५ माघ (रासस)ः गैरअपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरेको भन्दै यहाँ अपाङ्गता भएकाहरू आन्दोलनमा उत्रिएका छन् ।

अपाङ्गता सङ्घर्ष समिति गठन गरी उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

यसैबीच आन्दोलनमा उत्रिएका अपाङ्गता भएकाहरूले तुलसीपुरस्थित बिपी चोक नजिक बुधबार दुई घन्टा धर्ना समेत दिएका छन् ।

सरकारद्वारा जिल्लामा प्रदान गरिएको अपाङ्ग परिचयपत्र छानबिन हुनुपर्ने, जिल्लाको अपाङ्ग सरोकार मञ्चमा भएको अनियमितता छानबिन हुनुपर्ने, दोषीलाई कारबाही र सुसूचित गरिनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका संयोजक बञ्चुराम परियारले जानकारी दिए । आफ्ना मागका बारेमा यसअघि प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकेको र आफूहरू अहिले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको परियारले बताए । यसअघि मङ्गलबार घोराहीमा पनि उनीहरूले दुई घन्टा धर्ना दिएका थिए । अपाङ्ग सरोकार मञ्च दाङको तथ्याङ्कअनुसार जिल्लामा हाल छ हजार अपाङ्गता भएकाहरू रहेको जनाइएको छ ।

प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलनमा
बर्दिवास, २५ माघ (रासस)ः महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका बासिन्दा उद्योगबाट हुने प्रदूषण नियन्त्रणको माग गर्दै आन्दोलित भएका छन् ।

जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले आफूले बढाएको प्रदूषण नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै जिल्लाका रामनगर, हात्तीलेट र बेलगाछी गाविसका बासिन्दा आन्दोलित भएका हुन् ।

इन्डस्ट्रिजले उडाउने विषाक्त धुवाँ, खरानीको धुलो र सडकमा उखु ओसार्ने सवारीसाधनले उडाउने धुलाको उचित व्यवस्थापन नगर्दा आफूहरूलाई मर्का परेको भन्दै इन्डस्ट्रिज नजिक रहेका तीनै गाविसका बासिन्दा आन्दोलनमा उत्रेका छन् ।

इन्डस्ट्रिजले प्रदूषणको उचित व्यवस्थापन नगर्दा आफ्नो बस्तीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या ह्वात्तै बढेको र धुवाँ तथा धुलाले बस्ती नै कुइरीमण्डल बनाउने गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको रामनगर–५ का चन्देश्वर महतोले बताए ।

मङ्गलबार बर्दिवास–गौशाला सडक अवरुद्ध गरेर इन्डस्ट्रिज अगाडि प्रदर्शन गरेका तीनै गाउँका बासिन्दाले आज पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् ।

इन्डस्ट्रिजले सडकमा ग्राभेल ओछ्याएर धुलो उड्ने क्रम कम गर्न तथा उद्योगबाट निस्कने धुवाँ र खरानीको धुलो व्यवस्थापन गर्न तत्काल चासो नदेखाइए कडा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने तीनै गाविसका बासिन्दाले चेतावनी दिएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी नागेन्द्रप्रसाद चौधरीले उद्योग र गाउँलेबीच समन्वय र सहमतिको प्रयत्न भइरहेको जानकारी दिए ।

मासु बिक्री ८० प्रतिशतले घट्यो
– कुखुरा अभावले फ्रेस हाउस बन्द

– अन्य जिल्लाबाट कुखुरा आयातमा रोक

मीनकुमार नवोदित

विराटनगर, २४ माघ

सुनसरीको खनार र इटहरीमा मरेका कुखुरामा बर्डफ्लुको जीवाणु भएको पुष्टि भएपछि विराटनगरमा कुखुराको मासुको बिक्री ८० प्रतिशतभन्दा बढीले घटेको छ । बर्डफ्लुको त्रासले उपभोक्ताले मासु नखाँदा बिक्री घटेको मासु व्यवसायीहरू बताउँछन् ।

बर्डफ्लु फैलिने आशंकामा विराटनगरभन्दा बाहिरबाट जिउँदो कुखुरा आयातमा रोक लगाइएको छ । जसका कारण विराटनगरमा कुखुराको समेत अभाव भएको कञ्चन फ्रेस हाउसका सञ्चालक सूर्य भट्टराईले बताए । “जाडो मौसममा त्यसै पनि कुखुराको उत्पादन कम हुन्छ,” उनले भने, “त्यसमाथि पनि विराटनगरभन्दा बाहिरबाट कुखुरा आयात गर्न दिइएको छैन ।”

विराटनगर क्षेत्रभित्र उत्पादित कुखुराले यहाँको बजारलाई धान्न नसक्ने उनी बताउँछन् । उनका अनुसार मासु बिक्री नहुनुका साथै कतिपय फ्रेस हाउसहरू कुखुरा अभावकै कारण बन्दसमेत भइसकेका छन् । विराटनगरमा साना–ठूला गरी १ सयभन्दा बढी फ्रेस हाउस सञ्चालनमा छन् । कुखुराको सञ्चिती गर्ने ठूला फ्रेस हाउसहरुमात्रै सञ्चालनमा रहेको व्यवसायी भट्टराईले बताए ।

विराटनगरमा दैनिक २ हजार किलोभन्दा बढी मासुको खपत हुँदै आएको फ्रेस हाउस सञ्चालकहरू बताउँछन् । बर्डफ्लुको हल्लामा पनि कुखुराको मासुको मूल्य घटेको छैन । अहिले विराटनगरमा प्रतिकिलो बोइलर कुखुराको मासु २ सय २० रुपैयाँ छ भने जिउँदो कुखुराको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ छ ।

भट्टराईका अनुसार १५ दिनअघिसम्म जिउँदो कुखुराको मूल्य १ सय २० र मासुको मूल्य प्रतिकिलो २ सय रुपैयाँ थियो । “बर्डफ्लुको हल्लाले मासुको बिक्री घटे पनि मूल्य नघट्नुको कारण कुखुराकै अभाव हो,” अर्का व्यवसायी समसुल मियाँले भने, “मोरङकै ग्रामीण क्षेत्रबाट पनि विराटनगर कुखुरा ल्याउन रोक लगाइएको छ ।” उनका अनुसार विराटनगरमा मोरङका ग्रामीण क्षेत्र तथा झापा, सुनसरी, सप्तरी र चितवनबाट बढी मात्रामा कुखुरा आयात गर्ने गरिन्छ ।

यता, तत्कालका लागि अन्य जिल्लाबाट पन्छीजन्य पदार्थको आयातमा रोक लगाइएको मोरङ प्रहरीले जनाएको छ । विराटनगर प्रवेश गर्ने नाका–नाकामा प्रहरी परिचालन गरी उच्च सतर्कता अपनाइएको मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए ।

गड्यौला पालेर स्तरीय जैविक मल उत्पादन
अनुप तिवारी

वीरगन्ज, २४ माघ

पर्साका एक कृषकले गड्यौलाको मल बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन् । वीरगन्ज–१९, नगवाका जगन्नाथप्रसाद चौरसियाले जिल्लामै पहिलोपटक गड्यौला पालन गरेर आफ्ना लागि जैविक मल उत्पादनमात्र गरेका छैनन्, बढी भएको मल बिक्रीसमेत गरेर आम्दानी गरिरहेका छन् ।

सरकारी जागिरबाट सेवा निवृत्त भएपछि व्यावसायिक खेतीतर्फ लागेका चौरसियाले युरिया र पोटास जस्ता मल नपाउने समस्याले त्यसको विकल्पको रूपमा गड्यौलाको मल उत्पादन सुरु गरेका हुन् । “भारतको उत्तरप्रदेश र बिहारका कृषकबीच गड्यौलापालन अत्यन्त लोकप्रिय भइसकेको रहेछ,” उनले भने, “कृषकले दुरगामी सोच राखेर खेतको उवर्राशक्ति कायम राख्न यो परम्परागत विधि अपनाइरहेका छन् ।”

सुरुमा बिहारको सलहीबाट ६ सय ४० रुपैयाँ किलोको दरले दुई किलो गड्यौला किनेर ल्याएकोमा हाल गड्यौला बढेर तेब्बर भएको उनले बताए । राजधानीमा पनि गड्यौला बिक्री हुने भएकाले नेपाली कृषकले गड्यौला किन्न भारत गइरहनु नपर्ने उनको भनाइ छ ।

गड्यौला पाल्न चौरसियाले चार फिट गहिरो, चार फिट चौडा र आठ फिट लामो चारवटा सिमेन्टको ¥याक बनाएका छन् । यी ¥याकमा गड्यौला हालेपछि सुरुमा एक तह गोबर, त्यसपछि घाँसपात, फेरी गोबर र त्यसमाथि अन्तिम तह कुहिएको पराल हाल्ने गरेका छन् ।

“सबैभन्दा तल रहने गड्यौलाले खानेकुरा पाएपछि मल छोड्न माथि आउँछन्,” उनले भने, “एक महिनामा एकपटक मल झिक्न सकिन्छ ।”

६ महिनायता उनले ६ क्विन्टलभन्दा बढी मल झिकिसकेका छन् । आफूलाई प्रयोग गरेर बढी भएको मल प्रतिकिलो २० रुपैयाँको दरले बिक्री हुने उनले बताए । गड्यौलालाई निम जस्ता तितो स्वाद हुने पातबाट जोगाउने र समय–समयमा ¥याकमा पानी हाल्नेबाहेक विशेष स्याहार गर्न आवश्यक नपर्ने चौरसियाको अनुभव छ ।

यो जैविक मल हालसम्म उनले धान, तरकारी, आलु, गहुँलगायतका बालीमा प्रयोग गरिसकेको उनले जनाए । “यसको प्रयोगबाट म अत्यन्त सन्तुष्ट छु,” चौरसियाले भने, “युरिया मल सामान्यतया एक कठ्ठा खेतमा पाँच किलो छर्नुपर्छ तर यो मल एक किलो छरे पुग्ने रहेछ ।” गड्यौला मल एकपटक खेतमा हालेपछि तीन वर्षसम्म काम गर्ने उनको दाबी छ । भन्छन्, “यो मलमा युरिया र पोटासियम मलमा पाइने सबै तत्व र थप अन्य तत्व पनि पाइने भएकाले कृषकलाई कुनै पनि हिसाबले घाटा लाग्दैन, मसँग मल किन्ने छिमेकी कृषकहरु पल्केका छन् ।”

जिल्ला कृषि विकास कार्यालयका प्रास राजेश्वरप्रसाद साह चौरसियाको प्रयास उदाहरणीय रहेको बताउँछन् । अन्य कृषकले पनि उनको सिको गर्न सके रासायनिक मलमाथिको बढ्दो निर्भरता घटनेमात्र नभई खेतको उवर्राशक्ति बढ्ने र अर्गानिक उत्पादन वृद्धि भई धेरै लाभ हुने उनको भनाइ छ ।

हजार विद्यार्थी भरिया काम छाडेर नियमित विद्यालय
दमन राई

खोटाङ, २३ माघ

खोटाङका विभिन्न सात गाविसका ९ सय ६५ जना छात्रछात्रा भरिया काम छाडेर नियमित विद्यालय आउन थालेका छन् । बाहुनीडाँडा, डिकुवा र मंगलटारका ३ सय ८० जना र उत्तरी गाविस दिप्सुङ, सुङ्देल, बाकाचोल र ऐसेलुखर्कका ५ सय ८५ जना छात्रछात्रा भरिया काम छाडेर नियमित विद्यालय आउन थालेको गैरसरकारी संस्था विश्व शिक्षाले जनाएको छ ।

विश्व शिक्षासँगको साझेदारीमा गठित बालसंरक्षण समितिमार्फत स्थापित बालमञ्चले जनचेतानमूलक अभियान सञ्चालन गरेपछि भरिया काम गर्दै निमावि तहमा अध्ययनरत र १४ वर्ष ननाघेका ती छात्रछात्राले भरिया काम छाडेका हुन् । विश्व शिक्षा काठमाडौंका कार्यक्रम अधिकृत शंकर विमलीका अनुसार किताब, कापी, कलम र पोसाकका लागि भारी बोकिरहेका विद्यार्थीलाई शैक्षिक शुल्क र सामग्री जुटाउन आवश्यक रकम र पोसाकसँगै चेतना फैलाइएको थियो । “यस वर्ष निम्न आर्थिक स्तर भएका र भारी बोकेर आएको आम्दानीले आफ्नो पढाइ अघि बढाइरहेका सात गाविसका १७ विद्यालयका करिब ९० प्रतिशत छात्रछात्रा भरिया काम छोडेर विद्यालय आउन थालेका छन्,” उनले भने ।

कापी कलम थान्को लाएर खकन टेकुवा बोकेर हिँडिरहेका छात्रछात्रालाई रोकेर सुरुमा भारी बोक्नुपर्ने कारणबारे सोधिएको थियो । उनीहरुको समस्या पहिचान गरेपछि पढाइको महत्वबारे जानकारी गराउँदै विद्यालय आउन आग्रह गरिएको विमलीले बताए । बालमञ्चमा आबद्ध ती बालबालिकाले अतिरिक्त क्रियाकलापअन्तर्गत हिजोआज भरिया विद्यार्थी र उनीहरुका अविभावकलाई एकै ठाउँमा भेला गरेर शिक्षाको महत्वबारे थप जानकारी दिने गरेका छन् ।

विद्यालयमा भर्ना भएर भारी बोक्न जाने अनि परीक्षा दिने र छात्रवृत्ति लिने बेलामा मात्र विद्यालय आउने विद्यार्थीको संख्या बढी भएको क्षेत्रका रूपमा यी गाविस विश्व शिक्षाको छनौटमा परेका थिए । त्यस्ता विद्यार्थीलाई समावेश गरी बाहुनीडाँडास्थित मालिकादेवि मावि र मंगलटारस्थित पीपलडाँडा माविमा निःशुल्क कोचिङ कक्षा पनि सञ्चालन गरिएको छ ।

खकन टेकुवा बोकेर हिँडिरहेका भरिया साथीहरूलाई पनि सामूहिक रूपमा भेटेर पढ्नका लागि सम्झाई–बुझाई गरेपछि आफ्ना २२ जना भरिया साथीलाई नियमित बिद्यालय ल्याउन सफल भएको बाहुनीडाँडा जयरामस्थित दूधकोसी बालमञ्चकी सचिव सिर्जना राईले बताइन् । यसका लागि बालमञ्चले स्थानीय व्यापारी–व्यवसायीलाई १४ वर्ष मुनिका विद्यार्थीलाई भारी बोकाउन नहुने आचारसंहिता नै बनाएका छन् । दूधकोसी निमाविका शिक्षक दिलीप राईले हाल विद्यालयमा नाम लेखाएर नियमित कक्षा नआउने विद्यार्थीको संख्या शून्यमा झरेको बताए ।

विश्व शिक्षाले पश्चिमी गाविसमा जनसेवा र उत्तरी गाविसमा सिर्जनशील भरिया विकास समाजसँगको साझेदारीमा भरिया विद्यार्थी न्यूनीकरणको काम गरिरहेको छ ।

सुविधासम्पन्न प्रसूतिगृह चिकित्सकविहीन
“मासिक ३ लाख रुपैयाँ तलब दिने आश्वासन दिँदा पनि दुर्गम क्षेत्र भएकाले विशेषज्ञ चिकित्सक आउन मान्दैनन्”

ध्रुव सुवेदी

भोजपुर, २३ माघ

सदरमुकामस्थित जिल्ला अस्पताल परिसरमा दुईवटा सुविधा सम्पन्न प्रसूतिगृह भए पनि चिकित्सक नहुँदा प्रयोगमा आउन सकेका छैनन् । दक्ष स्वास्थ्यकर्मी नियुक्तिका लागि पटक–पटक सूचना प्रकाशित गर्दा पनि विशेषज्ञ चिकित्सकबाट आवेदन नपरेकाले प्रसूतिगृह प्रयोगमा आउन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले स्त्रीरोग विशेषज्ञसहित तीनजना दक्ष चिकित्सक नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । “दुईपटक १५ दिने सूचना प्रकाशित ग¥यौं तर आवेदन परेन,” कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने, “विशेषज्ञ चिकित्सक नपाउँदा प्रसूति गृहको सेवा सञ्चालन गर्न सकिएन ।”

प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ चिकित्सकसहित तीनजना दक्ष चिकित्साकर्मी नियुक्तिका लागि स्वास्थ्य सेवा विभागले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । “दुर्गम हुनाले चिकित्सक आउन मानेका छैनन्,” डा. झाले भने, “मासिक ३ लाख रुपैयाँ तलब दिने आश्वासन दिँदा पनि विशेषज्ञ चिकित्सक आउन मान्दैनन् ।” राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित भएपछि तीनजनाले सम्पर्क गरे पनि आवेदन नपरेको कार्यालयले जनाएको छ । प्रमुख झाका अनुसार प्रसूति सेवा सञ्चालन गर्न एकजना स्त्रीरोग विशेषज्ञ चिकित्सक एमडीजीपी (गाइनोकोलोजिस्ट), एनेस्थेसिया एसिस्टेन्ड र ओ.टी एसिस्टेन्ड स्टाफ नर्स गरी तीनजना कर्मचारी आवश्यक पर्छ ।

प्रसूति सेवाका लागि अन्य जनशक्ति अस्पतालमै पर्याप्त रहेको कार्यालयले जनाएको छ । जिल्ला अस्पतालले सात वर्षदेखि दुईवटा शय्या राखेर साधारण प्रसूति सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सबै महिलालाई अस्पतालमै सुत्केरी गराउन अनिवार्य गर्दै १ हजार रुपैयाँ बाटो खर्च दिने व्यवस्था गरेपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको संख्या बढ्दो छ । तर, जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया गर्नुपर्ने गम्भीर समस्या भएका महिलालाई प्रसूति सेवा दिन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लामा प्रसूति गराउन नसक्दा महिलाको ज्यान बचाउन हेलिकप्टर चार्टर गरी धरान, विराटनगर, काठमाडौंलगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने अवस्था छ । “तर विपन्न वर्गले आर्थिक अभावमा अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ,” जनस्वास्थ्य कार्यालयका प्रशासकीय प्रमुख उत्तरकुमार श्रेष्ठले भने ।

सदरमुकाममा प्रसूति गृह निर्माण गर्न हङकङवासी भोजपुरे समुदायबाट संकलित ४२ लाख रुपैयाँ उपलब्ध गराएको हङकङस्थित भोजपुर समाज सेवा समितिले जनाएको छ । हङकङबाट प्राप्त चन्दा सहयोग र जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय प्रमुखहरुले एक महिनाको तलब, विभिन्न कर्मचारी तथा सर्वसाधारणबाट चन्दा संकलन गरी ५५ लाख ८५ हजार १ सय ३८ रुपैयाँको लागतमा एक तले पाँच कोठे पक्की भवन निर्माण गरिएको हो । शल्यक्रिया कक्ष स्वास्थ्य सेवा विभागले ८५ लाख रुपैयाँ खर्चेर निर्माण गरिदिएको छ ।

करारमा चिकित्सक नपाइएकाले स्वास्थ्य सेवा विभागले दरबन्दीमा नियुक्त गरी विशेषज्ञ चिकित्सक उपलब्ध गराउनुको विकल्प नरहेको भोजपुर समाज सेवा समिति हङकङका अध्यक्ष वसन्त निरौलाले बताए ।

६० वर्षदेखि भजन गाएर शिक्षकलाई तलब
कारोबार संवाददाता

चितवन, १८ माघ

चितवनसँग सिमाना जोडिएको धादिङको एक विद्यालयले चन्दा उठाएर माध्यमिक तह सञ्चालनमा ल्याएको छ भने त्यसमा पढाउने शिक्षकलाई भजन गाएर उठेको पैसाले तलब दिने गरिएको छ । त्यहाँका स्थानीय भजन समूहले बर्सेनि भजन गाएर आएको आम्दानी नियमित आर्थिक स्रोत र सरकारी दरबन्दी नभएको विद्यालयको खातामा जम्मा गर्ने गरेको छ ।

०६७ सालबाट माध्यमिक विद्यालय सञ्चालन गरेको श्री राष्ट्रिय माध्यमिक विद्यालय जोगीमारा–१, धादिङले मावि शिक्षकको एउटा पनि दरबन्दी पाएको छैन । पहाडी गाविसमा रहेको विद्यालयको आम्दानीको अरू स्रोत पनि छैन । “बर्सेनि तलब खुवाउन गाह्रो पर्छ,” प्रधानाध्यापक विराट अधिकारीले भने, “त्यही भएर भजन गाएर पैसा संकलन गरिन्छ ।” त्यसो त निम्न माध्यमिकबाट माध्यमिक बनाउने बेला धरौटी राख्ने पैसा नपाएर सो विद्यालयले पूर्व विद्यार्थीहरुबाट चन्दा संकलन गरेको थियो । “सबैले स्वस्फूर्त दिए,” उनले भने, “अनि मावि दर्ता ग¥यौं ।” माध्यमिक विद्यालय सञ्चालन अनुमतिका लागि १ लाख रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने हुन्छ ।

विद्यालय दर्ता भए पनि नियमित आर्थिक स्रोत नभएकाले भजन गाएर पैसा संकलन गर्न थालिएको उनले बताए । भजन गाएर रकम संकलन गर्न थालेको झन्डै ६ दशक भएको अधिकारीले बताए ।

माविसम्म पढाए पनि सो विद्यालयमा एउटा पनि मावि शिक्षकको दरबन्दी छैन । पाँचवटा प्रावि र दुईवटा निमावि दरबन्दीको भरमा विद्यालय चलेको छ । “बाँकी निजी स्रोतबाट राखेका छौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुहरि अर्यालले भने ।

०१५ सालमा स्थापना भएको यो विद्यालयमा अहिलेमात्र आर्थिक संकट परेको होइन । निजीस्रोतको शिक्षक पनि राख्न नसक्दा योग्यता नपुगेका शिक्षकले पनि माथिल्लो कक्षा लिनुपरेको थियो । प्रावि दरबन्दीको शिक्षकले ८ कक्षासम्म पढाएको स्मरण सुनाउँदै प्रधानाध्यापक अधिकारी भन्छन्, “हुँदैन भन्ने थाहा थियो । तर, बाध्य थियौं । तर, लामो समय त्यसो हुन नदिएर छिट्टै व्यवस्था ग¥यौं ।”

विद्यालय भवन पनि निकै जीर्ण थियो । भर्खरै विभिन्न क्षेत्रबाट आएको सहयोगले आठ कोठे भवन बनेको छ । शान्ति मन्त्रालयमार्फत जिविस र शिक्षा कार्यालयको बजेटमा चार कोठा र गरिबी निवारण कोषमार्फत चेपाङ समूहको सिफारिसमा चार कोठा गरी आठ कोठे भवन बनाइएको हो । त्यसमध्ये जिविसबाट ९ लाख ४३ हजार २ सय १२, शिक्षा कार्यालयबाट ८ लाख २३ हजार र गरिबी निवारण कोषअन्तर्गत फोकस नेपालबाट १५ लाख ५० हजार रुपैयाँ बजेट क्रमशः २०६६ र ६७ मा परेको हो ।

भवन बने पनि विद्यालयले दिगो रूपमा कसरी जाने भन्ने सोच बनाउन सकेको छैन । विद्यालय व्यवस्थापन समिति पनि आर्थिक रूपमा निकै कमजोर विद्यालयको अवस्था देखेर अलमलमा परेको छ ।

जोगीमारा र धुषा गाविसका ३९ विद्यालय हेर्ने जिल्ला श्री शंखादेवी उच्च माध्यमिक विद्यालय स्रोत केन्द्रका स्रोत व्यक्ति इन्द्रप्रसाद श्रेष्ठले विद्यालयलाई दिगो बनाउन स्थानीय नै बढी सक्रिय हुनुपर्ने बताए । हाल सो विद्यालयमा झन्डै ४ सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये अति सीमान्तकृत समुदाय चेपाङमात्र ९३ जना पढ्छन् भने २३ जना दलित छन् ।