Karobar National Economic Daily » कर्पोरेट

हान अध्यक्षमा कक्षपती
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

होटल एसोसिएसन नेपाल (हान) को नयाँ अध्यक्षमा नाङ्लो समूहका अध्यक्ष श्यामसुन्दरलाल कक्षपती निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार राजधानीमा भएको संघको ४१ औं साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि कक्षपतीलाई निर्विरोध निर्वाचित गरेको हो । यसअघिको कार्यसमितिमा महासचिव रहेका कक्षपती चितवनस्थित रिभरसाइड स्प्रिङ रिसोर्टका अध्यक्ष पनि हुन् । उनको नांग्लो समूहअन्तर्गत काठमाडौं, बुटवल र पाल्पामा झन्डै एकदर्जन चेन रेस्टुराँहरू सञ्चालनमा छन् ।

हानका कानुनी सल्लाहकार एवं निर्वाचन समितिका अध्यक्ष अधिवक्ता गान्धी पण्डितका अनुसार शुक्रबार सम्पन्न साधारणसभाले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जसअनुसार ¥याडिसन होटलका प्रबन्ध निर्देशक बिके श्रेष्ठ पुनः प्रथम उपाध्यक्ष भएका छन् । श्रेष्ठ यसअघिको कार्यसमितिमा पनि प्रथम उपाध्यक्ष नै थिए । २१ सदस्यीय कार्यसमितिको द्वितीय उपाध्यक्षमा विनोदशंकर श्रेष्ठ, महासचिव अमरमान शाक्य, कोषाध्यक्षमा अभिषेक श्रेष्ठ निर्वाचित भएका छन् ।  हान सचिवालयका अनुसार कार्यसमिति सदस्यमा दिनेशबहादुर विष्ट, सिर्जना राणा, प्रवीणबहादुर पाण्डे, विशालकुमार कैंथ, दिनेश तुलाधर, छेतेन नोर्केल, घनश्याम श्रेष्ठ, श्रीधर आचार्य, राकेशदाश श्रेष्ठ, घनेन्द्रबहादुर श्रेष्ठ, विप्लव पौडेल, राजन श्रेष्ठ निर्वाचित भए । हानका कार्यकारी निर्देशक माधवओम श्रेष्ठले कार्यसमितिमा पहिलोपटक पूर्वाञ्चल च्याप्टरको समेत प्रतिनिधित्व भएको जानकारी दिए ।

उत्पादनमूलक उद्योगसरह मान्यता

प्रधानमन्त्री बाबुराम भट्टराईले पर्यटन उद्योगलाई अन्य उत्पादनमूलक उद्योगसरह सहुलियत दिने गृहकार्य भइरहेको जानकारी दिएका छन् । थोरै लगानीबाट धेरै प्रतिफल दिने क्षेत्र पर्यटनै भएकाले यस्तो सुबिधा दिन लागिएको उनको भनाइ छ । “लाभको समानुपातिक र न्यायोचित वितरणमा तत्पर भए यो सुबिधा दिन सकिन्छ,” हानको ४१औं वार्षिक साधारणसभामा उनले भने । प्रधानमन्त्रीले पर्यटन क्षेत्रभित्र होटल व्यवसायीको भूमिकाको आफूले उच्च मूल्यांकन गरेको बताए । हानका निवर्तमान अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले राष्ट्रिय बजेटको २५ प्रतिशत कृषिमा लगानी गरे पनि प्रतिफल निराशजनक आएको उदाहरण दिँदै अब पर्यटन उद्योगमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।

विदेशी मुद्रा आर्जनमा पनि पर्यटनको योगदान उल्लेख्य रहेकाले सरकारले यसलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।

तीन दिनमा सिभिलका ५० सटर बुकिङ
काठमाडौं, २८ माघ

कारोबार संवाददाता

सिभिल ट्रेड सेन्टरको व्यावसायिक प्रवद्र्धन कार्यक्रम ‘सिभिल सुनमा सुगन्ध सुपर बम्पर अफर’ उपहार योजनाको तीन दिनमा ५० सटर बुकिङ भएका छन् । बुकिङ बुधबारदेखि सुरु भएको हो ।

कार्यक्रमअन्तर्गत काठमाडौं सुन्धारामा निर्माणाधीन ‘सिभिल ट्रेड सेन्टर’ मा पसल खरिद गर्ने ग्राहकलाई बम्पर उपहारमा ल्यान्डरोभर गाडीसहित अन्य उपहार दिइने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत ग्राहकले हातखाली नजाने उपहारमा सुन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

बुधबारदेखि पहिलो बुकिङ गर्ने ग्राहकले १ सय ७ ग्राम, दोस्रोले ९१ ग्राम, तेस्रोले ८१ ग्राम, चौथोले ७१ ग्राम र पाँचौंले ६१ ग्रामको सुनको सिक्का प्राप्त गरेका छन् ।

योजना अवधिमा बुकिङ गराउने १ सय ५१ जनालाई बम्पर लक्की ड्रमा सहभागी गराइने कम्पनीले जनाएको छ । “सुन र कार उपहारसँगै योजनामा बुकिङ गराउने ग्राहकले आफैं अफिस वा पसल सञ्चालन गर्न नचाहे कम्पनीले नै पाँच वर्षसम्म भाडा लगाउने जिम्मा लिनेछ,” सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले भने, “भाडामा लगाउन चाहने ग्राहकले पाँच वर्षसम्म खरिद मूल्यको क्रमशः ७, ८, ९, १० र ११ प्रतिशतका दरले प्रत्येक वर्ष भाडा प्राप्त गर्नेछन् ।”  सुन्धारामा बनिरहेको सिभिल ट्रेड सेन्टर १४ तले छ । यसमा अफिस, पसल, सिनेमा हल, रेस्टुराँलगायतका सुविधा हुनेछन् । कम्पनीले अहिले न्यूनतम ४१ लाख रुपैयाँदेखिका स्थानको बुकिङ खुला गरेको हो । निर्माण सम्पन्न भएको ३ महिनाभित्र ग्राहकलाई हस्तान्तरण गरिने तामाङल बताएका छन् ।

१. सदिश श्रेष्ठ

सिभिल ट्रेड सेन्टरमा लगानी गर्नु दीर्घकालीन फाइदा मात्रै नभएर भाडाको ग्यारेन्टी पनि कम्पनी आफैंले लिने भएकाले शतप्रतिशत सुरक्षित र सही लगानी भएको महसुस मैले गरेको छु ।

२. भुपेन्द्र खड्का

बुकिङकै समयमा ९ तोलाबराबरको महँगो सुनको फाइदाको साथै ल्याडरोभर पाउने आशा बढेको छ । अन्य सबैलाई यस्तो निरन्तर आम्दानी दिने सिभिल ट्रेडका सटर भाडामा लिन आग्रह गर्छु ।

३. लक्ष्मणप्रसाद ढकाल

मैले ट्रेड सेन्टरमा लगानी गर्नुको कारण सुनको सिक्का र ल्यान्डरोभर जित्ने आशा मात्रै होइन, लगानी वृद्धि गर्नुका साथै निरन्तर आम्दानी दिने भएकाले यो अवसर एक जुकमा एक पटकमात्रै आउने ठानेको छु ।

डिजिटल हस्ताक्षरको विधिवत् शुभारम्भ
कारोबार संवाददाता

काठमाडौं, २६ माघ

नेपालमा पनि डिजिटल हस्ताक्षर प्रचलनमा आउने भएको छ । सूचना प्रविधिको प्रयोग बढिरहेका बेला यसको प्रयोगले वैधानिकता पाउने भएको छ । बिहीबार राजधानीमा आयोजित ‘डिजिटल हस्ताक्षर हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमाणीकरण नियन्त्रक राजनराज पन्तलाई डिजिटल हस्ताक्षरको साँचो हस्तान्तरण गरे ।

प्रधानमन्त्री भट्टराईले सूचना–प्रविधिलाई विश्वसनीय बनाउन डिजिटल हस्ताक्षरको शुभारम्भ हुनु गौरवको कुरा भएको बताउँदै प्रभावकारी कार्यान्वयनका लागि नीतिगत निर्णयहरू गर्न सरकार तयार रहेको बताए । “विद्युतीय सुुशासन सरकारको प्राथमिकता भए पनि कार्यान्वयन प्रक्रिया सुस्त भएकाले डिजिटल हस्ताक्षरले थप सहज बनाउने आशा लिएको छु,” कार्यक्रममा प्रधानमन्त्रीले भने, “सूचना प्रविधिको प्रयोगले कामहरू जति सहज बनेका छन्, त्यसको अनुपातमा सुरक्षित हुन सकेको छैन, त्यसैले बेलाबेलामा हुने आपराधिक क्रियाकलाप रोक्न डिजिटल हस्ताक्षरले सहयोग पु¥याउनेछ ।”

ट्वीटर, फेसबुकजस्ता सामाजिक सञ्जालबाट हुने अपराध रोक्नसमेत डिजिटल हस्ताक्षरले सघाउने जनाइएको छ । विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले आमजनसमुदायको सूचना प्रविधिमा चासो नबढेसम्म यस क्षेत्रको विकास हुन कठिन हुने बताइन् । विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुरक्षित बनाउनु आजको आवश्यकता भन्दै मन्त्री धमलाले विद्युतिय अपराध नियन्त्रणमा डिजिटल हस्ताक्षरले अतुलनीय योगदान दिने आशा व्यक्त गरिन् । डिजिटल हस्ताक्षरका लागि न्यूनतम पूर्वाधार खडा भइसकेको उनले बताइन् ।

अनलाइनबाट हुने कारोबार सुरक्षित, कानुनी वैधानिकता र व्यक्ति प्रमाणित जस्ता काम डिजिटल हस्ताक्षरबाट गर्न सकिने प्रमाणीकरण नियन्त्रक राजनराज पन्त बताउँछन् । “विद्युतीय करोबार गर्न चाहने कम्पनीहरूले लाइसेन्स लिनुपर्छ, उनीहरूले विद्युतिय कारोबार नियमावली २०६४ बमोजिम कार्यान्वयन पक्षमा जानेछ” नियन्त्रक पन्तले, “विद्युतीय शासन स्थापना गर्ने सरकारको विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली २०६४ अनुरूप डिजिटल हस्ताक्षर सञ्चालन गरिएको हो ।”

विद्युतिय टेन्डर अहिलेसम्म पूर्ण रूपमा लागू हुन नसक्दा गुण्डागर्दी बढेको छ । सुरक्षित कारोबारका लागि ई–विडिङ बढाउनुपर्ने सरोकारबालाहरूले बताए ।  डिजिटल हस्ताक्षरले थप सुरक्षित बनाउने उनीहरूले बताएका छन् । विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली ०६४ जारी भएको पाँच वर्षपछि नेपालमा डिजिटल हस्ताक्षर सुरु भएको छ । “डिजिटल हस्ताक्षरबाट इ–गर्भनेन्स, इन्टरनेट तथा मोबाइल बैकिङ, विद्युतीय बोलपत्र, अनलाइन आवेदन, इ–पेमेन्ट, चालक अनुमतिपत्र, पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका कारोबार गर्न सकिन्छ, यसमा अविश्वास गर्ने स्थान छैन” नियन्त्रक पन्तले भने ।

डिजिटल हस्ताक्षर प्रयोगमा आएपछि राष्ट्रिय परिचय पत्र, सरकारी काम तथा प्रशाशनिक सुधारका लागि सहज र सुरक्षित हुने अनुमान गरिएको छ ।  सर्वसाधारणको पहुँचमा पु¥याएर डिजिटल हस्ताक्षरको प्रयोग बढाउनुपर्ने उनीहरूले बताएका छन् ।

साउथवेस्टर्नमा विज्ञान र व्यवस्थापन प्रदर्शनी
काठमाडौं, २६ माघ (कास) ः साउथवेस्टर्न कलेजले विज्ञान प्रविधि र व्यवस्थापनका क्षेत्रमा भएका नयाँ उपलब्धिहरूबारे जानकारी दिने उद्देश्यले ‘दोस्रो साउथवेस्टर्न साइन्स एक्जिबिसन एन्ड करियर इन म्यानेजमेन्ट २०१२’ आयोजना गरेको छ ।

मुलुकभित्रको मौलिक साधनस्रोतहरूलाई अत्यधिक सदुपयोग गरी विकास गरिएका नयाँ प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कलेजले जनाएको छ । प्रदर्शनीमा विद्यालय, कलेज, विज्ञान र व्यवस्थापनसँग सम्बन्धित अनुसन्धान केन्द्रहरू, वित्तीय संस्थाहरू, अमेरिकन लाइब्रेरी सेन्टरलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका ४२ वटा स्टल छन्  ।

प्रदर्शनीमा विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । “विज्ञान, प्रविधि एवं व्यवस्थापनका क्षेत्रमा क्रियाशील संस्थालाई आ–आफ्नो शैक्षिक एवं अनुसन्धानमूलक क्रियाकलापबारे जानकारी दिन र लिन चाहने विद्यार्थी तथा  सर्वसाधारणका लागि प्रदर्शनी एउटा साझा शैक्षिक मञ्च हुने अपेक्षा गरिएको छ,” कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ । शुक्रबारसम्म चल्ने प्रदर्शनीको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे । रिमोट कन्ट्रोलबाट चल्ने हवाईजहाज एवं रोबोटसम्बन्धी विभिन्न क्रियाकलाप प्रदर्शनीका मुख्य आकर्षण हुन् ।

हानमा सर्वसम्मतिको प्रयास
अध्यक्षमा बीके श्रेष्ठको सम्भावना

कारोबार संवाददाता

काठमाडौं, २५ माघ

होटल एसोसियसन नेपाल (हान) को शुक्रबार हुने साधारणसभामा नयाँ नेतृत्वका लागि २० जना होटल व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । हान सचिवालयका अनुसार नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भइरहेको छ । व्यवसायीहरूबीच अहिलेका प्रथम उपाध्यक्ष तथा होटल ¥याडिसनका बीके श्रेष्ठलाई अर्को कार्यकालका लागि नेतृत्व सुम्पने मोटामोटी सहमति भएको छ । “अहिलेसम्म बीके श्रेष्ठबाहेक कसैले अध्यक्षमा दाबी गरेकोे छैन, त्यसैले उनी सर्वसम्मत अध्यक्ष बन्न सक्छन्,” हान स्रोतले भन्यो ।

हान अध्यक्ष प्रसिद्धबहादुर पाण्डेका अनुसार साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ । पाण्डेले नयाँ नेतृत्वका लागि आपूmले भने उम्मेदवारी दिएका छैनन् । हान सचिवालयका अनुसार निर्वाचनमा पाँचतारे होटलबाट होटल सांग्रिलाका प्रवीणबहादुर पाण्डे, होटल अन्नपूर्णबाट सिर्जना राणाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, पाँचतारे होटल चेनबाट ¥याडिसन होटलका बीके श्रेष्ठ र सोल्टी होटलका दिनेश विष्टले मनोनयन पत्र दर्ता गराएका छन् ।

चारतारे होटलबाट होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोद शंकर श्रेष्ठको उम्मेदवारी परेको छ भने रिसोर्टबाट रिभरसाइड स्प्रिङ रिसोर्टका श्यामसुन्दर लाल कक्षपति, आइल्यान्ड जंगल रिसोर्टका अभिषेक श्रेष्ठले दाबी गरेका छन् । कक्षपति हानको वर्तमान कार्यसमितिमा महासचिव छन् । हानका अनुसार तीनतारे होटलबाट होटल वैशालीका विशालकुमार, ग्रान्ड होटलका रामअवतार गोयल र न्यू होटल क्रिस्टलका अजयरत्न स्थापितको उम्मेदवारी परेको छ । स्थापित वर्तमान कार्यसमितिमा द्वितीय उपाध्यक्ष पनि छन् ।

दुईतारे होटलबाट होटल मनास्लुका राकेशदास श्रेष्ठ, ग्रिनविच होटलका श्रीधर आचार्यको उम्मेदवारी परेको छ भने एक तारेबाट अमर होटलका अमरमान शाक्य, होटल गरुडाका छितेन नोर्केलले मनोनयन पत्र दाखिल गरेका छन् । ताराविहीन होटलहरूमध्ये रेड प्लानेट गेस्टहाउसका विनोद खरेल, च्वाइस होटलका घनेन्द्रबहादुर श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ, विराटनगरबाट राजन श्रेष्ठ र पोखराबाट विप्लव पौडेलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

हानले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा अहिलेसम्मको चुनावी गतिविधि हेर्दा सर्वसम्मतका लागि प्रयास भइरहेको जनाएको छ । सर्वसम्मति नभए शुक्रबार साँझ ४ बजेदेखि ५ बजेसम्म चुनावका लागि समय तोकिएको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरू गरी २ सय ५० जनाले सहभागिता जनाउने छन् ।

साधारणसभामा ‘टुरिजम डेभलपमेन्ट फर इन्भेस्टमेन्ट एन्ड इम्प्लोयमेन्ट’ विषयमा अन्तक्र्रिया आयोजना हुने भएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्ने कार्यक्रम छ । समारोहमा मुख्य वक्ताका रूपमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त रहने हानले जनाएको छ ।

बुकिङकर्तालाई सुनको सिक्का
काठमाडौं, २५ माघ

कारोबार संवाददाता

सिभिल ट्रेड सेन्टरको व्यावसायिक प्रवद्र्धन कार्यक्रम ‘सिभिल सुनमा सुगन्ध सुपर बम्पर अफर’ उपहार योजनाको पहिलो दिन ट्रेड सेन्टरका पसल र कबलहरू बुकिङ गर्ने १८ जना भाग्यशाली ग्राहकलाई सुनको सिक्का उपहार प्रदान गरिएको छ । बुकिङ बुधबार सुरु भएको हो ।

कार्यक्रमअन्तर्गत सिभिल समूहको काठमाडौं सुन्धारामा निर्माणाधीन ‘सिभिल ट्रेड सेन्टर’ मा पसल खरिद गर्ने ग्राहकलाई बम्पर उपहारमा ल्यान्डरोभर गाडीसहित अन्य उपहार दिइने कम्पनीले जनाएको छ । समूहले ट्रेड सेन्टरमा रहेका सटरहरू खरिद गर्ने ग्राहकका लागि लक्षित गर्दै यस्तो उपहार योजना सार्वजनिक गरेको हो ।  योजनाअन्तर्गत ग्राहकले हातखाली नजाने उपहारमा सुन र बम्पर लक्की ड्रमार्फत ल्यान्डरोभर कार उपहार पाउने छन् ।

बुधबारदेखि पहिलो बुकिङ गर्ने ग्राहकले १ सय ७ ग्राम सुनको सिक्का पाउने छन् । दोस्रो बुकिङ गर्नेले ९१ ग्राम, तेस्रोले ८१ ग्राम, चौथोले ७१ ग्राम र पाँचौंले ६१ ग्रामको सुनको सिक्का प्रदान गर्ने योजना अन्तर्गत बुकिङकर्ताले सुनको सिक्का पाएका हुन् ।

पहिलो चरणमा १ सय ५१ वटा स्थानका लागि बुकिङ खुला गरेको सेन्टरले पहिलो बुकिङ गर्ने १ सय १ जनालाई सुनको सिक्का दिने जानकारी दिएको छ । यसअनुसार ११ आंै नम्बरपछि बुकिङ गर्नेहरूले समेत विभिन्न तौलका सिक्का प्रदान गरिएको थियो ।

बुकिङकर्ताहरू डा. प्रकाश भट्टराई, मनोजीत मल्ल, सरिता बानियाँ, कृष्ण गुरुङ, रत्न दाहाल, भोलाराम अग्रवाल, मन्जुला अग्रवाल, शैलेश राज कुवँर, लक्ष्मण प्रसाद ढकाल, गीता श्रेष्ठ, शशीकला श्रेष्ठ, सन्तोष कुमार अग्रवाल र देवदास श्रेष्ठले सुनको सिक्का प्राप्त गरेका हुन् ।

योजना अवधिमा बुकिङ गराउने १ सय ५१ जनालाई बम्पर लक्की ड्रमा सहभागी गराइने कम्पनीले जनाएको छ । “कम्पनीले सुन र कार उपहारसँगै योजनामा बुकिङ गराउने ग्राहकले आफैं अफिस वा पसल सञ्चालन गर्न नचाहे कम्पनीले नै पाँच वर्षसम्म भाडा लगाउने जिम्मा लिनेछ,” सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले भने, “भाडामा लगाउन चाहने ग्राहकले पाँच वर्ष सम्म खरिद मूल्यको क्रमशः ७, ८, ९, १० र ११ प्रतिशतका दरले प्रत्येक वर्ष भाडा प्राप्त गर्नेछन् ।”  सुन्धारामा बनिरहेको सिभिल ट्रेड सेन्टर १४ तले छ । यसमा अफिस, पसल, सिनेमा हल, रेस्टुराँलगायतका सुविधा हुनेछन् । कम्पनीले अहिले न्यूनतम ४१ लाख रुपैयाँदेखिका स्थानको बुकिङ खुला गरेको हो । सेन्टरमा हेली प्याड पनि रहेको छ । अबको छ महिना भित्र निर्माण सम्पन्न हुने सेन्टरका हाल बुकिङ भएका पसल कबलहरू निर्माण सम्पन्न भएको ३ महिनाभित्र ग्राहकलाई हस्तान्तरण गरिने तामाङले बताए ।

‘वायुसेवा निगम प्रमुख खुला प्रतिस्पर्धाबाट’
“हालका कार्यकारी अध्यक्ष (मनरूप शाही)लाई ‘सेरेमोनियल’ रूपमा राख्न सकिन्छ त्यसो नभए उनी पनि प्रतिस्पर्धामा भाग लिन सक्नेछन्”

–डा. गणेशराज जोशी, सचिव पर्यटन मन्त्रालय

प्रकाश शाह

काठमाडौं, २४ माघ

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएको छ । निगममा खुला प्रतिस्पर्धाबाट नयाँ कार्यकारी प्रमुख नियुक्तिको तयारी भइरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेश जोशीले बताए । विगत चार वर्षदेखि कार्यकारी विवादका कारण निगम धराशायी अवस्थामा पुगेपछि व्यवस्थापन चुस्त बनाउन यो कदम चालेको जोशीको भनाइ छ ।

जोशीले भने, “व्यवस्थापन सुधार निगमका लागि आवश्यक भएकाले एक मात्र कार्यकारी प्रमुखका लागि खुला प्रतिस्पर्धाबाट ल्याउने तयारी भएको हो ।” जहाजविहीन अवस्थामा पुग्न लागेको निगमका लागि नयाँ जहाज ल्याउनु जत्तिकै आवश्यक व्यवस्थापन सुधार पनि रहेको सचिव जोशीको भनाइ छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सार्वजनिक संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छनोट गर्न ‘सार्वजनिक संस्थान निर्देशन बोर्ड (गठन तथा कार्य सञ्चालन) आदेश, २०६८’ गरेको छ । सोही निर्देशिकाअनुसार निगम सुधारका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छनोट प्रक्रिया अगाडि बढाउन लागेको हो । “हालका कार्यकारी अध्यक्षलाई ‘सेरेमोनियल’का रूपमा राख्न सकिन्छ त्यसो नभए उनी पनि प्रतिस्पर्धामा भाग लिन सक्ने छन्,” सचिव जोशीले जानकारी दिए ।

तत्कालीन माओवादी मन्त्री खड्गबहादुर विश्वकर्माको कार्यकालमा कार्यकारी अध्यक्ष नियुक्त शाहीलाई हटाउन सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराउनुपर्ने अवस्था छ । खुला प्रतिस्पर्धा सुरु भएपछि शाहीको बारेमा सरकारले स्वतः निर्णय लिने जोशीले स्पष्ट पारे । निगममा दुई कार्यकारी व्यक्तिका रूपमा कार्यकारी अध्यक्ष र महाप्रबन्धक रहने व्यवस्था सुरु भएपछि निगमका हरेक काम कारबाहीमा विवाद सिर्जना सुरु हुँदै आएका छन् । कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले निगमलाई २ वटा एयरबस जहाज खरिद गर्न खोज्दा तत्कालीन महाप्रबन्धक केबी लिम्बुको असहमतिपश्चात् जहाज खरिद प्रक्रिया नै रद्द हुन पुगेको यो । निगममा नियमित कर्मचारी बढुवा, सरुवा, किनबेच, ठेक्कापट्टा तथा टेन्डरलगायतका कार्यमा कार्यकारी विवादको प्रभाव पर्दै आएको छ । कार्यकारी विवादकै कारण कर्मचारीहरूबीच विभाजन हुँदा निगमको जहाज खरिद प्रक्रिया प्रभावित बन्नु र बजार हिस्सा घट्दै जानु स्वाभाविक भएको जानकार बताउँछन् । दुई साताअघि महाप्रबन्धक केबी लिम्बूले अवकाश प्राप्त गरेपछि कार्यकारी अध्यक्षका रूपमा शाहीले कार्य सञ्चालन गर्दै आए पनि कार्यकारी प्रमुख विवाद अझै कायमै छ ।

‘टाटा भिस्टा’ सेडान मोडेलमा
कारोबार संवाददाता

काठमाडौं, २४ माघ

टाटा मोर्टसले नयाँ भिस्टा सेडान क्लासको नेपाली बजारमा सार्वजनिक गरेको छ । न्यू–टाटा भिस्टा परम्परागत ह्याचव्याकभन्दा बढी सुविधायुक्त रहेको टाटा मोटर्सको नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेड्रिङ कन्र्सनले जानकारी दिएको छ ।

गाडीमा इन्टेरियर र एक्सिटेरियर उत्कृष्ट बडीले कारलाई अझ आकर्षक बनाएको कम्पनीको भनाइ छ । गाडीमा स्पेस, कम्र्फट, सेफ्टी, फ्युल इफिसेन्सिजस्ता उच्चस्तरीय विशेषताले कारले नेपाली बजारमा सफलता प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

टाटा मोर्टसले विगतका वर्षहरूमा गरेको विकासको उत्कृष्ट नमुनाका रूपमा यस कारलाई लिन सकिने कम्पनीको भनाइ छ । टाटाको यस्तो विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउनु राम्रो पक्ष भएको कम्पनीले बताएको छ ।

गाडीको बडीमा उच्च गुणस्तरको स्टिल र तौल घटाउन टेलिएर वयल्डेड ब्ल्यांकको प्रयोग गरिएको छ । गाडी पेट्रोल र डिजेल इन्जिन दुवैमा उपलब्ध छ । कारको बजार मूल्य १८ लाख ९५ हजारदेखि २६ लाख ४५ हजारसम्म तोकिएको छ ।

अटोमोबाइल क्षेत्रबाट संकलन हुने राजस्व घट्ने
‘अटोमोबाइल क्षेत्र उकास्न सरकारले लिँदै आएको अन्तःशुल्कलगायतका अव्यावहारिक करमा कटौती गर्नुपर्छ,’  –सौरभ ज्योति

चालू आवमा २० अर्बको अनुमान

केदार दाहाल

काठमाडौं, २३ माघ

सवारी साधनको बिक्री घटेपछि चालू आर्थिक वर्षमा पनि यस क्षेत्रबाट संकलन हुने राजस्व उल्लेख्य परिमाणमा घट्ने देखिएको छ । विगत २ वर्षदेखि अटोमोबाइल क्षेत्रमा बिक्री घट्दा राजस्व संकलनमा प्रत्यक्ष प्रभाव परिरहेको छ । गत आर्थिक वर्षमा यो क्षेत्रबाट अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्ष (०६८/६९) मा पनि सोही बराबर राजस्व घट्ने व्यवसायीले अनुमान गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०६६/६७ मा अटोमोबाइल क्षेत्रबाट ४४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षमा घटेर ३२ अर्ब रुपैयाँ मात्र संकलन भएको थियो । व्यवसायीले चालू आर्थिक वर्षमा पनि झन्डै १२ अर्ब रुपैयाँ घटेर २० अर्ब रुपैयाँमा सीमित हुने दाबी गरेका छन् ।  दुई आर्थिक वर्षको अन्तरालमा ५० प्रतिशतभन्दा बढी राजस्व घट्नु दुर्भाग्यपूर्ण भएको र सरकारले यस क्षेत्रलाई तत्काल सम्बोधन नगरे विकराल समस्या सिर्जना हुने नेपाल अटोमोबाइल डिलर्स  एसोसिएसन (नाडा) का अध्यक्ष सौरभ ज्योतिले बताए ।

“गत वर्षवदेखि ओरालो लागेको सवारी साधन बिक्रीदर चालू आर्थिक वर्षको छ महिनासम्म आइपुग्दा झनै घट्दो अवस्थामा जानु दुर्भाग्यपूर्ण छ,” ज्योतिले भने । “गत वर्ष पनि १२ अर्ब राजस्व अटोमोबाइल क्षेत्रबाट घटेको र यस वर्ष पनि सोही अनुपातमा घट्ने देखिन्छ ।” चालू आर्थिक वर्षको छ महिनामा सवारी बिक्रीदरमा उच्च गिरावट आएको छ । गत आर्थिक वर्ष ०६७÷६८ को पुस महिनाबाट सुरु भएको घट्दोदर हालसम्म पनि माथि उठ्न सकेको छैन । चालू वर्षको छ महिनामा गत वर्षभन्दा गाडीतर्फ २७ प्रतिशतले र मोटरसाइकलतर्फ १८ प्रतिशतले बिक्रीमा गिरावट आएको छ ।

गत आर्थिक वर्ष गाडीतर्फ ६ महिनामा ५ हजार ६ सय ८१ गाडी दर्ता भएकामा चालू आर्थिक वर्षको छ महिनामा ४ हजार १ सय ८७ सवारी मात्र दर्ता भएको छ । जुन २७ प्रतिशतले गिरावट हो । मोटरसाइकलतर्फ गत वर्षको  ६ महिनामा ३२ हजार ५ सय ४४ थान दर्ता भएकोमा चालू वर्षको ६ महिनामा जम्मा २६ हजार ६ सय ९७ थान मात्र यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागमा दर्ता भएको छ ।  जुन १८ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्ष ०६७÷६८ को पुस महिनादेखि ओरालो लागेको बजार चालू आर्थिक वर्षको ६ महिनासम्ममा पनि कुनै पनि सुधार आउन नसकेको ज्योति बताउँछन् । नेपालको लागि हिरो र होन्डा मोटरसाइकल तथा होन्डा ब्रान्डका गाडीको आधिकृत बिक्रेता स्याकार कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) का अध्यक्ष सौरभ ज्योति यस्तो अवस्था विगतमा कहिल्यै नदेखिएको बताउँछन् ।

चालू आर्थिक वर्षको बजेटमा ५० लाखसम्म कारोबार बैंकबाट गर्नु नपर्ने भनिए पनि त्यसको प्रभाव हालसम्म अटो क्षेत्रमा पर्न सकेको छैन । खासगरी एकाउन्ट पेयी चेकको कारण पनि समस्या भएको उनले जानकारी दिए । घरजग्गा कारोबार, फाइनान्स र बैंकमा कडाइ, महँगो ब्याजदरलगायतले अटो क्षेत्रलाई बढी असर पारेको ज्योतिको भनाइ छ ।

अमेरिकी डलरको मूल्य बढेको तर नेपालमा भारतबाट आउने सवारी साधन धेरै मात्रमा रहेकाले त्यसको प्रभाव हालसम्म नदेखिए पनि अब छिट्टै प्रभाव आउने ज्योतिले जानकारी दिए । नेपालमा तेस्रो मुलुकबाट आउने सवारी नेपाली उपभोक्ताले खरिदै गर्न नसक्ने गरी मूल्य वृद्धि भएको तर भारतीय गाडीको मूल्य नबढेको र छिट्टै प्रभाव पर्न सक्ने ज्योतिको भनाइ छ ।

“नेपालमा अहिले अटो क्षेत्रमात्र नभएर सम्पूर्ण अर्थतन्त्रनै धराशायी हुने अवस्थामा आएको छ,” ज्योतिले भने । हामीले उठाउँदै आएको राम्रा कुराहरूलाई सम्बोधन नगर्नुनै अटोमोबाइल क्षेत्र ओरालो लाग्नुको मुख्य कारण भएको उनको तर्क छ । हरेक वर्ष अटोमोबाइल क्षेत्रबाट अर्बौं रुपैयाँ राजस्व बुझिरहेको उल्लेख गर्दै गत वर्ष १२ अर्ब राजस्व घटेको उनले बताए । अब अटोमोबाइल क्षेत्रमाथि लाग्न सरकारले लिँदै आएको अन्तःशुल्कलगायतका करमा कटौती गर्नुपर्ने उनले मागसमेत गरे । हाल हामीले उठाउँदै आएको सडक विस्तारको मुद्दालाई सरकारले अहिले चासो दिनु सकारात्मक भएको र अन्तःशुल्क लगायतका कार सरकारले तत्काल हटाउनुपर्ने उनको भनाइ छ ।

सरकारले गत मंसिरमा मोटरसाइकलमा विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर ८० प्रतिशत तथा गाडीमा २३८ प्रतिशत पु¥याएपछि नेपालको अटो बजार ओरालो लाग्दै आएको छ ।

आर्थिक वर्ष ०६६/६७ देखि चालू आर्थिक वर्षको छ महिनामा मोटरसाइकल दर्ता  संख्याः

महिना       ०६६/६७      ०६७/६८     ०६८/६९

साउन    ५८८३    ५४२०    ४६३८

भदौ     ६५३९    ७११२    ३५९४

असोज    ६०९७    ५०४४    ५४०२

कात्तिक    ४८९८    ४५०७    ४१५८

मंसिर    ७४१०    ५८४२    ३८०२

पुस    ६७३४    ४६१९    ४९२५

जम्मा    ३७,५६२    ३२,५४४    २६,६९७

आर्थिक वर्ष ०६६/६७ देखि चालू आर्थिक वर्षको छ महिनामा गाडी दर्ता संख्याः

महिना         ०६६/६७      ०६७/६८     ०६८/६९

साउन    ८७१    ९४८    ७२८

भदौ     ८२९    ९५४    ५११

असोज    १०१०    १०६२    ९५८

कात्तिक    ६८३    १२४७    ७७५

मंसिर    १०५६    ९७१    ७१६

पुस    १२३१    ४९९    ४९८

जम्मा    ५,६८०    ५,६८१    ४,१८७

पर्सा र बाराका ३० इँटा उद्योग बन्द
६ करोडको लगानी जोखिममा

अनुप तिवारी

वीरगन्ज, २३ माघ

सरकारले इँटा व्यवसायीलाई भ्याटमा दर्ता हुन अनिवार्य गरेपछि पर्सा बारा क्षेत्रमा रहेका ३० वटा उद्योग बन्द भएका छन् । भ्याटमा दर्ता हुन अस्वीकार गरिरहेका उद्योगहरू बरु उद्योग बन्द गर्ने तर भ्याटमा दर्ता नहुने बताउँछन् । भ्याटमा दर्ता प्रक्रिया सरल बनाउन काठमाडौंमा व्यवसायी र सरकारबीच मध्यमार्गको खोजी भइरहेको छ । व्यवसायीहरू भने सरकारको गलत नीतिले उद्योगहरू बन्द हुँदा करिब ६ करोडको लगानी धरापमा परेको बताउँछन् ।

पर्सा बारा इँटा व्यवसायी संघका अध्यक्ष राजकुमार सिन्धी खुला आकाशमुनि सञ्चालन हुने यो मौसमी उद्योग भ्याटको भार थेग्न नसकेर बन्द भएको दाबी गर्छन् । लगानीको ग्यारेन्टी नगरी सरकारले इँटा व्यवसायलाई भ्याटको दायरामा ल्याउनुु एकदमै अनुचित रहेको उनले बताए ।

इँटा उद्योगलाई भ्याटको दायरामा राखिनु सरकारको अदूरदर्शी नीति भएको र कुनै पनि हालतमा सफल हुन नदिने उनले दाबी गरे । पछिल्ला दिनमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता देशहरूमा पनि इँटा व्यवसायलाई भ्याट लगाएर पुनः हटाइएको उदाहरण उनले दिए । सञ्चालकहरूले भ्याटको ठाउँमा अन्तःशुल्क बढाउन माग गरे । यसबाट कर पनि बढी उठ्ने र व्यवसायीलाई समेत सहज हुने उनले दाबी गरे । मजदुर, कोइला, दाउरा र प्राकृतिक आपतको मार खेपिरहेका इँटा उद्योगहरूको विकासका लागि सरकारले आफ्ना निर्णयमा विचार गरेमा मात्र यी उद्योगहरूको संरक्षण हुन सक्ने उनले बताए ।

वीरगन्ज क्षेत्रमा रहेका १ सय २५ वटा इँटा उद्योगले आफ्ना उत्पादन बन्द गरेको छ । यस क्षेत्रमा उत्पादन हुने इँटा राजधानीदेखि देशको अन्य भागमा बिक्री हुने गरेको छ । अन्य ठाउँको अपेक्षा यहाँ उत्पादित इँटा उपभोक्तालाई प्रतिहजार ५ सय सस्तोमा उपलब्ध हुने गरेकाले देश निर्माणमा यसक्षेत्रका इँटा उद्योगले महत्वपूर्ण भूमिका खेल्दै आएको उद्योगीहरूको दावी छ ।