Karobar National Economic Daily » अर्थ

२० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

सरकारले २० माइक्रोनको प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरणमा देशैभरि प्रतिबन्ध लगाउने भएको छ । सरकारले यसअघि साउनदेखि काठमाडौं उपत्यकामा प्रतिबन्ध लगाएको थियो ।

वातावरण मन्त्रालयले प्लास्टिक झोला नियमन तथा निर्देशन निर्देशिका २०६८ जारी गरी नियमविपरीत काम गर्ने उद्योगलाई कारबाहीको दायरामा ल्याउने भएको हो । यो निर्देशिका कार्यान्वयनका लागि मन्त्रालयले वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा स्थानीय विकास मन्त्रालय, उद्योग, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल प्लास्टिक उत्पादक संघका प्रतिनिधिसहित मन्त्रालयले तोकेका तीनजना विज्ञ र प्रदूषण नियन्त्रण तथा अनुगमन शाखाको प्रमुख सदस्य सचिव रहने गरी ११ सदस्यीय समिति गठन गर्ने जनाएको छ । यो समितिले अनुगमन गरी कारवाही अगाडि बढाउनेछ । निर्देशिका तुरुन्तै कार्यान्वयन गर्ने मन्त्रालयका प्राविधिक इन्जिनियर ऋषिराज कोइरालाले जानकारी दिए ।

२० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाहरू पुनःप्रयोग गर्दा कार्सेजनिक नामक रसायनिक पदार्थ उत्पन्न हुन्छ । यो रसायन स्वास्थ्यका दृष्टिले खतरनाक देखिएको भन्दै यस्ता प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउन खोजिएको हो ।

मन्त्रालयका अनुसार यो निर्देशिकासँगै देशैभरिका प्लास्टिक उत्पादक कम्पनीहरूले २० माइक्रोन मोटाइको प्लास्टिक उत्पादन र प्रयोग गर्न पाउने छैनन् ।

निर्देशिका कार्यान्वयनपछि उद्योगले २० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक आयात, भण्डारण, बिक्री–वितरण र उत्पादन गर्न पाउने छैनन् । यसअघि काठमाडौं महानगरपालिकाले महानगरको फोहोरमैला व्यवस्थित गर्न भन्दै राजधानीभित्र कालो प्लास्टिकको झोला उत्पादन, प्रयोग र बिक्री–वितरणमा प्रतिबन्ध लगाउने घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

“निर्देशिका जारी भएपछि उत्पादक कम्पनी तथा बिक्री–वितरण गर्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ,” मन्त्रालयका एक अधिकारीले भने । उनका अनुसार निर्देशिकाले कुनै उद्योग वा कम्पनीले निर्देशिकामा तोकिएका सर्त र बन्देजहरूको उल्लंघन गर्ने (उद्योग, आयातकर्ता र बिक्रेताको अनुमति वा दर्ता, खारेजी तथा सबै कारोबार बन्द हुने छन् ।

यसअघि काठमाडौंबाट प्रतिबन्ध गर्ने निर्णयले एक सयवटा प्लास्टिक झोला उद्योगमा गरिएकोे एक अर्बको लगानी अन्योलमा परेको भन्दै व्यवसायीले उचित मापदण्डका आधारमा उद्योग चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए । उद्योग व्यवस्थित गर्न नियमन निर्देशिकाले सहयोग पुग्ने भन्दै नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । “निर्देशिका त आएको छ तर कार्यान्वयनमा शंका छ,” प्रधानले कारोबारसँग भने । उनका अनुसार मुलुकभर दैनिक ५ हजार किलो प्लास्टिकको झोलाको खपत हुन्छ । उपत्यकामा मात्रै ५० भन्दा धेरै झोला उत्पादन गर्ने उद्योग रहेको जानकारी दिँदै प्रधानले यिनै उद्योगबाट मुलुकभर करिब १५ हजार मजदुरले रोजगारी पाएको बताए ।

नेपाल–भुटान व्यापार वार्तामा ढिलाइ
कारोबार संवाददाता

काठमाडौं, २८ माघ

नेपाल र भुटानबीच औपचारिक व्यापार वार्तामा ढिलाइ हुँदा दुई मुलुकबीचको द्विपक्षीय सम्झौताको प्रक्रिया अघि बढ्न सकेको छैन ।

दुई वर्षअघि भुटान नेपाली उत्पादनका लागि सम्भावित बजार हुनसक्ने भएकाले औपचारिक सम्झौता गर्न काठमाडौंमा पहिलो चरणको वार्ता भएको थियो, तर वार्ताले निरन्तरता पाउन नसक्दा सम्झौता प्रक्रिया रोकिँदै आएको छ ।

नेपालबाट भुटानमा चाउचाउ, बियर, बिस्कुट, साबुन, फलफूल, वायरलगायतका वस्तुहरू राम्रो परिमाणमा निर्यात हुने गरेको छ । यसअघि काठमाडौं वार्तामा नेपालले भुटान निर्यात हुने विभिन्न वस्तुमा सहुलियतपूर्ण भन्सार सुविधा माग गरेकामा भुटानले सकारात्मक जवाफ दिँदै अर्को बैठकमा वस्तुको सूचीमाथि छलफल गर्ने जनाएको थियो ।

भुटानमा नेपाली चाउचाउको विशेष माग छ । चर्को भन्सार शुल्कका साथै अतिरिक्त बिक्री करले हाल भुटानमा नेपाली सामानले प्रतिस्पर्धा गर्न नसकी रहेको मन्त्रालयले जानकारी दिएको छ । भुटानले दोस्रो चरणको वार्तामा एक अर्को मुलुकमा निकासी गर्ने वस्तुहरूको सूची तथा व्यापार मार्गका विषयमा छलफल गर्न नेपाललाई गएको सेप्टेम्बरमा प्रस्ताव गरे पनि भुटानी पक्षले तत्कालका लागि बैठक स्थगित गरेको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले सन् २००४ मा नेपालबाट निकासी हुने वस्तुको भुटानमा सहुलियतपूर्ण बजारबाट फाइदा लिन सक्ने देखेर भुटानसँग द्विपक्षीय सम्झौताको प्रस्ताव गरेको थियो । सन् २००८ मा भुटान सो प्रस्तावलाई अघि बढाउन सहमत भएपछि सो सम्झौतासम्बन्धी मस्यौदा दुवै देशबीच आदान–प्रदान भएको हो । नेपालले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, कोइलाजस्ता सामानको भुटानबाट आयात गर्दै आएको छ ।

पछिल्लो समयमा भुटानले दक्षिण एसियामानै तीब रूपमा आर्थिक क्रियाकलापहरू विस्तार गरिरहेको छ । सन् २००२ को तुलनामा भुटानको अन्तर्राष्ट्रिय व्यापार ५ गुणा वृद्धि भएको छ । हाल नेपालले भुटानसँग व्यापार गर्न रक्सौल, काँकडभित्ता र पानीट्यांकी नाका प्रयोग गरिरहेको छ ।

दुई हजार बढी करदाताको अनुगमन
काठमाडौं, २८ माघ

आन्तरिक राजस्व विभागले दुई दिनमा २ हजार १ सय करदाताको अनुगमन गरी एक सय करदातालाई जरिवाना गरेको छ । नियमअनुसार हिसाब–किताब नराख्ने र कानुनको पालना नगर्ने करदातालाई अनुगमन स्थलमै जरिवाना गरिएको विभागले जनाएको छ ।

आय कर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुनुपर्ने करदातालाई दर्ता गर्न आदेश दिनुका साथै बिलबिजक जारी नगरी कारोबार गर्ने करदाताको खातावही विभागले छानबिनका लागि नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

विभागले १ सय जना कर अधिकृतको नेतृत्वमा देशभर ३ सय ५० जना कर्मचारीलाई गत बिहीबार र शुक्रबार अनुगमनमा खटाएको थियो ।

काठमाडौं उपत्यकामा ६० र उपत्यका बाहिरका सहरमा ४० टोली खटाइएको थियो । टोलीमा कम्तीमा ३ जना कर्मचारी परिचालन गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार टोलीलाई कानुनविपरीत काम गरेको पाइएमा तत्काल जरिवाना गर्ने विशेष अधिकार दिइएको छ । अनुगमन टोलीले आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर तथा घर बहाल कर सम्बन्धमा करदाताहरुको कारोबारस्थलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कानुनविपरीत कारोबार गरेको पाइएका करदाताको थप अनुसन्धान गरिने शर्माले बताए । टोलीले कर असुली तथा राजस्व दाखिलासम्बन्धी खातावहीलगायत अन्य सूचना र कागजातहरुसमेत कारोबारस्थलमै परीक्षण गरेको थियो । यो अभियान प्रत्येक साता सञ्चालन गर्ने विभागले जनाएको छ । माघ महिनामा दुई साताको एकै पटक दुई दिन लगातार अनुगमन गरिएको थियो । फागुनदेखि प्रत्येक साता बजारमा टोली परिचालन हुन्छ । विभागले असार मसान्तसम्म २५ हजार करदाताको अनुगमन गर्ने लक्ष्य लिएको छ ।

अर्को महिनादेखि क्षेत्रगत रूपमा टोली परिचालन गरिने महानिर्देशक शर्माले जानकारी दिए । “भ्याट, अन्तःशुल्क, आय कर र शिक्षा सेवा सुल्कका लागि निश्चित दिन तोकेर अनुसन्धान गरिनेछ,” शर्माले भने ।

घरबहाल करमा विशेष अनुसन्धान गरिँदै

फागुन महिनामा विभागले घर बहाल करमा अनुसन्धानका लागि विशेष टोली परिचालन गर्ने भएको छ । बहाल करलाई मात्रै केन्द्रित गरी टोली परिचालन गर्न लागिएको महानिर्देशक शर्माले जानकारी दिए ।

“नियमित टोलीबाहेक घरबहालका लागि फरक टोली परिचालन गरिनेछ,” उनले भने ।

चालु आर्थिक वर्षमा सरकारले घर बहालतर्फ एक अर्ब ३५ करोड रुपैयाँ कर असुल गर्ने लक्ष्य लिएको छ । पुस मसान्तसम्म ७७ करोड रुपैयाँ घरबहाल कर असुल भएको छ । यो आर्थिक वर्षमा थप २५ हजार करदातालाई बहाल करको दायरामा ल्याउने लक्ष्य लिएको शर्माले बताए ।

पौने करोड जनसंख्यालाई अनुदान दिनुपर्ने
तेलमा ३३ प्रतिशत छुट अनुमोदन

कारोबार संवाददाता

काठमाडौं, २६ माघ

सरकारले झन्डै एक करोड जनसंख्यालाई इन्धनमा छुट दिनुपर्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई र १३ विद्यार्थी संगठनबीच भएको सम्झौता लागू गर्न संकलन गरिएको विपन्न र विद्यार्थीको प्रारम्भिक तथ्यांक पौने करोड छ ।

विद्यार्थी र विपन्नलाई ग्यास, डिजेल र मटितेलमा ३३ प्रतिशत छुट दिने माघ १९ मा भएको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा शिक्षा, स्थानीय विकास, अर्थ, उद्योग, गृह र वाणिज्य मन्त्रालयका सहसचिवहरू सम्मिलित ७ सदस्यीय समिति गठन गरिएको छ । समितिले केन्द्रीय तथ्यांक विभाग र शिक्षा मन्त्रालयसँग लिएको प्रारम्भिक तथ्यांकले पौने करोडलाई सहुलियत बाँड्नुपर्ने आँकलन गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्याको २५ प्रतिशत गरिब छन् भने शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्सँग समन्वय गरी उपलब्ध गराएको सहुलियत दिनुपर्ने विद्यार्थीको संख्या १० लाखभन्दा बढी छ ।

“राहत दिन लक्षित विद्यार्थी पनि विपन्न नै हुन्,” योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले भने, “राहतको दुरुपयोग हुन नदिन सबैभन्दा पहिले संयन्त्र बनाउनुप¥यो ।”

क्षेत्रीले बाँड्ने भन्दा पनि आम्दानी बढाउनुपर्ने बताए । “आम्दानी बढेको छैन, राहत कति दिन बाँड्ने,” उनले भने, “राहत कार्ड लागू भएपछि यसको प्रभावकारी अनुगमन गर्नुपर्छ ।”

प्रधानमन्त्रीले विद्यार्थी संगठनहरूसँग सहमति गरेअनुसार मन्त्रिपरिषद्ले विद्यार्थी र विपन्नलाई ग्यास, डिजेल र मटितेलमा ३३ प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

व्यवसायीहरूले भने इन्धनमा राहतको निर्णयलाई प्रधानमन्त्रीको ‘राजनीति’को संज्ञा दिएका छन् । “शतप्रतिशत आयात गर्ने वस्तुमा कसरी राहत बाँड्ने ?” नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डेले प्रश्न गरे । यसरी बाँड्ने राहतको दुरुपयोग हुने उनको भनाइ छ ।

यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने ग्यासमा सर्वसाधारणलाई सहुलियत दिन औद्योगिक र घरायसी प्रयोजनमा छुट्टाछुट्टै तौलका सिलिन्डर ल्याउने प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त प्रस्ताव अनुमोदन भएको छैन ।

बक्स गर्ने

अस्थायी सिलिन्डर प्रयोग गर्ने सवारी साधनलाई कारबाही गरिने

वाणिज्य विभागले ग्यासबाट चल्ने टेम्पो र माइक्रोबसले एलपीजी सिलिन्डरको प्रयोगबाट सवारी चलाउनेलाई कारबाही गर्न महानगरीय ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । यस्ता सवारी साधन असुरक्षित हुने विभागले जनाएको छ । उपत्यकामा ६ सय ग्यास टेम्पो र सयभन्दा बढी ग्यासबाट चल्ने माइक्रोबस छन् । तीमध्ये अधिकांशले स्थायी सिलिन्डरको सट्टा खाना पकाउन प्रयोग हुने एलपीजी सिलिन्डर प्रयोग गर्ने गरेका छन् ।

देशभर सञ्जाल विस्तार गर्ने ग्रिल व्यवसायीको तयारी
कारोबार संबाददाता

काठमाडौं, २५ माघ

सरकारले ग्रिल उद्योग दर्ताका लागि निर्देशिका कार्यान्वयन गर्ने तयारी गरेपछि ग्रिल व्यवसायीले देशव्यापी रूपमा सञ्जाल विस्तार गर्न थालेका छन् । बिनादर्ता सञ्चालित उद्योग दर्ता भएपछि सञ्चालनमा सहज हुने भन्दै सबै व्यवसायीलाई एकीकृत रूपबाट अघि बढाउन व्यवसायी देशव्यापी सञ्जाल विस्तारमा लागेका हुन् ।

उद्योगमन्त्री अनिलकुमार झाको अध्यक्षतामा गत महिनाको २९ मा बसेको औद्योगिक प्रवद्र्धन बोर्डको १ सय ९५ औं बैठकले राजधानीलगायतका क्षेत्रमा अवैध रूपमा सञ्चालित उद्योगलाई वैधता दिने निर्णय गरेको थियो । करिब १४ वर्षअघि ग्रिलजन्य उद्योगले वातारणमा प्रदूषण र ध्वति प्रवाहमा असर गरेको भन्दै नगरपालिकाभित्र ग्रिलजस्ता उत्पादनमूलक उद्योग दर्ता तथा सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो । मुलुकभरका करिब ७ हजार उद्योगले बिना दर्ता व्यवसाय सञ्चालन गर्दैै आएका छन् । व्यवसायीले धेरै जोखिम उठाएर काम गरेको जनाउँदै ग्रिल व्यवसायी संस्थाका अध्यक्ष मोहन कटुवालले सरकारको निर्णयसँग व्यवसायी उत्साहित भएर मुलुकभरका उद्योगलाई एकीकृत गर्न खोजिएको बताए ।

कटुवालले भने, “हालै सरकारले हाम्रो माग सम्बोधन ग¥यो, तर लोडसेडिङले अहिले आक्रान्त बनाएको छ ।” हालै बुटवल नेपालगन्ज र दाङमा समेत व्यावसायिक भेला आयोजना गरेको जानकारी दिँदै उनले भने, “सरकारी निर्णयले हामी ग्रिल व्यवसायी उत्साहित छांै, सबैलाई एकीकृत गर्न हामी देशव्यापी सञ्जालमा लागेका छौं ।” कटुवालका अनुसार अहिलेसम्म ग्रिल उद्योगको व्यवसायिक सञ्जाल उपत्यकालगायतका ३६ वटा जिल्लामा बिस्तार भएको जानकारी दिँदै उनले थप १० जिल्लामा व्यावसायिक भेलाको तयारी भएको जानकारी दिए ।

निकै लामो प्रयासले दर्ता फुकुवा गर्ने निर्णय भएको भन्दै महासंघले निर्देशिकाका लागि छिट्टै काम सुरु गर्ने जानकारी दिए । उनका अनुसार मुलुकभर ७ हजारभन्दा धेरै ग्रिल उद्योग अवैध रूपमा सञ्चालनमा छन् । करिब १० लाख व्यक्तिलाई रोजगारी दिएको जानकारी दिँदै उनले यस्ता उद्योगले वैधानिकता पाउनेबित्तिकै वार्षिक न्यूनतम १० करोडभन्दा बढी रकम राज्यलाई प्राप्त हुने ठोकुवा गरे । “यो व्यवसायले वार्षिक ५ अर्बभन्दा धेरैको कारोबार गर्दै आएको छ राज्यले प्राथमिकता दिने बित्तिकै थप ५० हजारलाई रोजगारी दिन सकिने छ ” उनले भने ।

निर्देशिकाको काम यसै साता सुरु हुने

बैठकको निर्णयलाई पूर्णता दिन तथा ग्रिल जन्य उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्न घरेलु तथा साना उद्योग विभागले यसै सातादेखि परामर्श सुरु गर्ने भएको छ । विशेष मापदण्डका आधारमा यस्ता उद्योगलाई वैधता दिने प्रक्रियालाई पूर्णता दिन भन्दै विभागले निर्देशिकाका लागि परामर्श सुरु गर्न लागेको हो । बैठकले भएका उद्योगलाई व्यवस्थित गर्न र नयाँ उद्योगलाई विशेष सीमांकन गरेर दर्ता फुुकुवा गर्ने र यस्तो प्रकृतिका उद्योगलाई वैधता दिने निर्णय गरेको थियो ।

विभागका अनुसार घरेलु विभागको संयोजकत्वमा उद्योग बिभाग मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघका साथै ग्रिल ब्यवसायी महासंघका प्रतिनिधिहरु सम्मिलित समितिले पहिचान गरेका मापडण्डका आधारमा निर्देशिका तयार गर्नेछ । निर्देशिका तयार भएपश्चात् पूनः विभागले उल्लेखित प्रतिनिधीहरुसँग छलफल गर्ने र कार्यान्वयन प्रक्रिया अघि वढाउने विभागले जनाएको छ । विभागका अनुसार निर्देशिकामा प्रतिबन्ध लगाइएका ठाउँमा ५ लाखभन्दा बढीको लागतमा उद्योग स्थापना गर्न नपाइने, सडकभन्दा २ सयदेखि ५ सय मिटरसम्मको दूरीसम्म उद्योग स्थापना गर्न नपाइने यस्तो ठाउँमा उद्योग स्थापना गर्दा स्थानीयको मुचुल्का अनिवार्य चाहिनेजस्ता निश्चित मापडण्ड राखिनेछ । यसैगरी विद्यालय, कलेज, अस्पताल, सरकारी कार्यालयलगायतका मानव संवेदनशील ठाउँमा उद्योग स्थापना गर्न नपाइने व्यवस्था पनि निर्देशिकाले तय गर्ने बुझिएको छ ।

हस्तकलाका डायरी हस्तान्तरण
काठमाडौं, २५ माघ

नेपाल हस्तकला महासंघले नेपाली कागजबाट निर्मित डायरी प्रधानमन्त्री कार्यालयका सचिवलाई हस्तान्तरण गरेको छ । मंगलबार आयोजित एक समारोहबीच महासंघले नेपाली कागजबाट निर्मित एक सय थान डायरी प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेललाई हस्तान्तरण गरेको हो ।

करिब २ महिनाअघि महासंघको गुनासो सुन्दै सचिव पौडेलले सिम्बोलिक रुपबाट भए पनि स्थानीय उत्पादनको प्रवद्र्धन गर्न प्रत्येक सरकारी कार्यालयमा नेपाली कागजबाट निर्मित डायरी राख्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसलाई पूर्णता दिन र कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज हुने भन्दै पौडेललाई डायरी उपलब्ध गराएको महासंघले जनाएको छ । नेपाल हातेकागज संघ र नेपाल हस्तकला महासंघको संयुक्त लगानीमा निर्मित १ सय थान डायरी सरकारलाई निःशुल्क उपलब्ध गराएको हो । यस्तो प्रकृतिको डायरीले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको पहिचान दिन सक्ने भएकोले विदेशी पाहुनालाई उपहार दिन सकिनेछ । प्रतिथान ४ सय मूल्य पर्ने डायरीको अगाडिको भागमा नेपाल सरकारको  होलोग्रामसहितको स्टिकरमा बुद्ध र सगरमाथाका तस्बिरहरू पनि देखिने गरी राखिएको छ । यसैगरी सरकारी वार्षिक क्यालेन्डर तिथि, मिति र पछाडिको भागमा महासंघ र हातेकागज संघको सम्पर्क ठेगानासमेत उल्लेख गरिएको छ । महासंघका अनुसार स्थानीय स्तरमै नेपाली वस्तुको प्रवद्र्धन गर्न र अन्तराष्ट्रिय मुलुकमा नेपाली वस्तुको पहिचान दिन सहज हुने भएकाले सरकारी कार्यालयका उच्च ओहदाका कर्मचारीलाई प्रयोजनका लागि आग्रह गरिएको हो । “पहिलो चरणमा १ सय थान निःशुल्क रूपमा सचिवलाई हस्तान्तरण गर्न लागेका हौं,” धाख्वाले भने, “यसबाट आएको प्रतिक्रियाका आधारमा थप डायरी उपलब्ध गराउँछौं ।”  यस्तो प्रकृतिको डायरी पहिलो चरणमा मन्त्री, सचिव, सहसचिव स्तरका कर्मचारीले प्रयोग गर्न पाउने धाख्वाले जानकारी दिए । नेपाली कागजको मुख्य बजार सरकारी कार्यालय भएकाले सरकारी स्तरबाटै बजार विस्तार गर्न खोजिएको उनको भनाइ छ ।

नयाँ शैक्षिक सत्रमा पुस्तकको अभाव नहुने
कारोबार संवाददाता

काठमाडौं, २५ माघ

सामुदायिक विद्यालयका पुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रमा पुस्तक अभाव नहुने जनाएको छ । केन्द्रका प्रवक्ता मनोहर लामिछानेले आगामी शैक्षिक सत्रमा शिक्षा मन्त्रालयको बिद्यार्थी तथ्यांकलाई आधार मानेर समयमै पाठ्यपुस्तक छपाइ गरी वितरणको प्रबन्धसमेत मिलाएकोले अभाव नहुने बताए ।

आगामी शैक्षिक सत्रका लागि २ करोड १३ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमानित तथ्यांक उनले प्रस्तुत गरे । केन्द्रले १ करोड ९६ लाख थान पुस्तक आफ्नो प्रेसमा छपाइ गर्ने प्रबन्ध मिलाएको छ । समयसीमालाई ध्यानमा राखेर थप २० लाख थान पाठयपुस्तक अन्यत्र छपाउने तयारी केन्द्रले गरेको उनले बताए । जनक शिक्षाको पाठयपुस्तकमा बिक्री मूल्य प्रिन्टिङ गरिएकाले स्टिकर टासेर बिक्री गर्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे । शिक्षा मन्त्रालयको सहमतिमा पुस्तकको मूल्य निर्धारण हुने उनले बताए । चालू शैक्षिक सत्रमा करिब ४० लाख सेट पुस्तक बिक्री हुने केन्द्रको अनुमान छ । पूर्वाञ्चल र मध्यमाञ्चलमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहे पनि ३ विकासक्षेत्रमा केन्द्रले छपाइ गरेका पुस्तक मात्र बिक्री हुने गरेका छन् ।

शिक्षा मन्त्रालयका उपसचिव रोजनाथ पाण्डेले नयाँ शैक्षिक सत्रसँगै पाठ्यपुस्तक अभाव नहुने बताए । पुस्तक बिक्री वितरणमा हुने अनियमिततालाई नियन्त्रण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । पाण्डेले भने, “अनियमितता नियन्त्रण गर्न मन्त्रालयले उच्च स्तरीय संयन्त्र गठन गरेको छ ।” विद्यालयस्तरका पुस्तकमा एउटै तहको पुस्तकमा दुई किसिमको मूल्य निर्धारण भए मन्त्रालयद्वारा गठित संयन्त्रले तत्काल कारबाही गर्ने भएको छ ।

अभिभावक संघ नेपालका अध्यक्ष सु–प्रभात भण्डारीले निजी क्षेत्रले छपाइ गरेका पुस्तकमा कागज र छपाइको गुणस्तर कमसल हुने भएकाले व्यवसायीलाई सचेत गराए । व्यवसायीले निजी पाठ्यपुस्तकमा स्टिकर लगाउने र अभिभावकसँग चर्को मूल्य लिँदै आएका भए पनि

सरकारले त्यस्ता विद्यालयलाई कुनै कारबाही नगरेको भण्डारीले बताए ।

‘एन प्याब्सन’ अध्यक्ष गीता राणाले विद्यालयस्तरका पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न आवश्यक रहेको बताइन् । मूल्य निर्धारण गरिए सबै प्रकाशनगृहका पुस्तकको मूल्यमा एकरूपता हुने विश्वास उनको छ । विद्यालय तहको पाठयपुस्तकमा प्रकाशन गृहहरूले विद्यार्थी र अभिभावकलाई विशेष छुट दिन अध्यक्ष राणाले आग्रह गरिन् । उनले शिक्षा विभागअन्र्तगत गठन भएको पाठ्यपुस्तक मुल्य निर्धारण तथा अनुगमन समितिले निर्णयलाई पालना गर्दै ‘एन प्याब्सन’ अन्तर्गतका विद्यालयहरूले नयाँ शैक्षिक सत्रमा विद्यार्थी तथा अभिभावकलाई पुस्तकको सूची उपलब्ध गराउने बताइन् । स्टेसनरी तथा पुस्तक व्यवसायी महासंघका महासचिव हरी अर्यालले सरकारी तथा निजी विद्यालयका पाठ्यपुस्तकमा दुई थरीको मुल्य कायम नहुने बताए । साझा प्रकाशनका बजार प्रबन्धक रुद्रप्रसाद न्यौपाने जनक शिक्षाले समयमा पुस्तक उपलब्ध गराउन नसक्ने आशंका गर्दै उनले साझाका कारण पाठ्यपुस्तक अभाव नहुने बताए । जनक शिक्षाले छपाइ गरेका पुस्तकको बिक्री–वितरणको जिम्मेवारी साझालाई रहेको छ । उनले भने, “पाठ्य पुस्तक समयमै छपाइ गरेर जनकले साझालाई उपलब्ध नगराए समस्या हुन पनि सक्छ ।”

भारतीय लगानीकर्तालाई नेपाल आउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं, २४ माघ

प्रधानमन्त्री बाबुराम भट्टराईले विदेशी लगानीकर्ताका लागि नेपालमा उपयुक्त अवसर रहेको भन्दै निर्धक्क लगानी गर्न भारतीय लगानीकर्ताहरूसँग आग्रह गरेका छन् । आर्थिक विकासको अभियानमा निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै उनले राजनीतिक संक्रमणले प्रभावित हुन नदिन आफ्नो सरकार प्रयत्नशील रहेकामा जोड दिए । मंगलबार भारतीय उद्योग परिसंघका अधिकारीहरूसँगको भेटमा उनले संक्रमणकालका कारण आर्थिक क्षेत्रमा केही समस्या देखिएको पनि इन्कार गरेनन् ।

“यतिखेर महत्वपूर्ण कार्यहरू छायामा पर्न गए पनि सरकार निजी क्षेत्रको नेतृत्वमुखी अर्थतन्त्र विकासमा विश्वस्त छ,” उनले भने ।

प्रधानमन्त्रीले स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई कुनै शंका नगरी नेपालमा जलविद्युत्लगायतका अन्य सम्भाव्य क्षेत्रमा लगानी गर्न आग्रह गरेको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए । वैद्यका अनुसार प्रधानमन्त्रीले एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद्ले दिएका सुझावहरूको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए । प्रतिनिधिमण्डलले यसअघि उद्योगमन्त्री अनिलकुमार झा र ऊर्जामन्त्री पोष्टबहादुर बोगटीसँग पनि भेटवार्ता गरेको थियो ।

भारतको पावर ट्रेड कर्पोरेसन (पीटीसी), इन्डिया फाइनान्सियल सर्भिस लिमिटेडका निर्देशक डा. अशोक हल्दियाले नेतृत्व गरेको टोलीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमक्ष भेटवार्ता गरेको हो । टोलीमा जलस्रोत क्षेत्रका भारतीय लगानीकर्ताहरू सहभागी थिए । प्रधानमन्त्री भट्टराईसँग डा. हल्दियाले भारतीय लगानीकर्ताहरू नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिए । जलविद्युत् विकासका लागि विद्यमान नीति कानुनमा समसामयिक सुधारका साथै लगानीको सुनिश्चिततामा जोड दिँदै हल्दियाले जलविद्युत्का विषयलाई सम्बोधन गर्न एक छुट्टै उच्चस्तरीय संयन्त्र स्थापनामा जोड दिए । “नेपाल र भारतबीचको प्रसारण लाइन यथाशीघ्र निर्माण गर्न सकेमा दुवै मुलुकलाई फाइदा पुग्नेछ,” उनले भने । एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद्को अधिकतम उपयोगमार्फत नेपालमा जलविद्युत्लगायत अन्य सम्भाव्य क्षेत्रहरूमा भारतीय लगानी भिœयाउन सकिने सुझाव भारतीय लगानीकर्ताहरूले दिएका थिए । एफएनसीसीआई–सीआईआई संयुक्त बैठकले यही महिनाभित्र जलविद्युत् क्षेत्रको विकासका लागि संयुक्त सुझाव पेस गर्ने तयारी पनि गरिरहेको छ । कोलकातामा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ र सीआईआईको संयुक्त आर्थिकपरिषद् बैठकको निर्णयानुसार भारतीय प्रतिनिधिमण्डल नेउवामहासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो । महासंघ अध्यक्ष वैद्यले नेपालले २०१२–२०१३ लाई लगानी वर्षको रूपमा मनाउन गइरहेको सन्दर्भमा भ्रमण निकै उपलब्धिमूलक भएको विश्वास व्यक्त गरे ।

फोहोर व्यवस्थापन नगर्ने उद्योगलाई कारबाही
कारोबार संवाददाता

काठमाडौं, २४ माघ

सरकारले फोहोर व्यवस्थापन नगर्ने उद्योगलाई कारबाही गर्ने भएको छ । पर्यावरण दूषित हुने गरी जथाभावी फोहोर फाल्ने, खोलामा मिसाउने उद्योगहरूका सम्बन्धमा उद्योग मन्त्रालयले अध्ययन थालेको दाबी गरेको छ ।

उद्योग सचिव उमाकान्त झाका अनुसार वीरगन्ज–पथलैया औद्योगिक करिडोरका सयभन्दा बढी उद्योगमाथि निगरानी बढाइएको छ । मन्त्रालयले उद्योगमन्त्रालयका उपसचिव प्रभातकुमार सिंहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरी फोहोर व्यवस्थापन नगर्ने उद्योगहरूको जानकारी संकलन गर्न लागेको हो । टोलीले सम्बन्धित उद्योगहरूले उत्पादन गर्ने फोहोर र त्यसको वातावरणीय असरबारे अध्ययन गर्नेछ ।

वीरगन्ज–पथलैया करिडोरका उद्योगले सिर्सिया नदीमा फोहोर फाल्दा त्यस क्षेत्रको पर्यावरणमा असर परेको भन्दै सरकारले फोहोर व्यवस्थापन संयन्त्र राख्न उद्योगहरूलाई दबाब दिँदै आएको थियो । औद्योगिक व्यवस्था ऐनले फोहोर व्यवस्थापन नगरी पर्यावरण प्रदूषित गर्ने उद्योगको लाइसेन्स रद्द गर्न सकिने प्रावधान छ ।

सिर्सिया नदी प्रदूषित भएको भन्दै स्थानीयले विरोध गरेपछि उद्योगमन्त्री अनिलकुमार झासहितको टोलीले यस क्षेत्रका सयभन्दा बढी उद्योगको निरीक्षण गरेको थियो ।

यो क्षेत्रमा छाला उद्योग, डिस्टिलरी, टेक्सटाइललगायतका सयभन्दा बढी उद्योगहरू छन् ।

“उद्योगहरूले प्रयोग गर्ने रसायनसमेत सीधै नदीमा मिसिएको छ,” उद्योग सचिव उमाकान्त झाले भने, “उद्योगबाट निस्कने फोहोर पानी शुद्धीकरण गरेर मात्र बाहिर जान दिनुपर्छ ।”

उद्योगधन्दा खोल्ने इजाजत दिँदा नै फोहोर व्यवस्थापनसमेत अनिवार्य गरिने भए पनि उनीहरूले कानुन उल्लंघन गरिरहेको उनले बताए ।

हेटौंडा औद्योगिक क्षेत्र तथा पोखरा औद्योगिक करिडोरमा स्थापना भएका फोहोर व्यवस्थापन प्लान्टसमेत सञ्चालन नभएको सचिव झाले बताए । हेटौंडामा डेनमार्क अन्तर्राष्ट्रिय विकास संस्था (डानिडा) ले फोहोर व्यवस्थापन कारखाना स्थापना गरिदिएको हो ।

“बढी फोहोर उत्पादन गर्ने उद्योगहरू बन्द भएपछि फोहोर व्यवस्थापन प्लान्टहरू समेत बन्द भएका छन्,” उनले भने, “फोहोर नै कम भएपछि ठूलो क्षमताका प्लान्ट सञ्चालनमा आउन सकेका छैनन् ।”

सचिव झाले मदिरा उत्पादक डिस्टिलरीहरूमाथि समेत निगरानी बढाइएको जानकारी दिए ।

चालू वर्ष हस्तकला ५० प्रतिशतले बढ्ने अनुमान
निरु अर्याल

काठमाडौं, २४ माघ

अमेरिकालगायत युरोपेली मुलुकहरूमा हस्तकलाका सामग्रीको निर्यात वृद्धि भएको छ । चालू आवको ६ महिनामा दुई अर्ब रुपैयाँबराबरको नेपाली हस्तकलाका सामानको निर्यात भएको हो ।

नेपाल हस्तकला महासंघका अनुसार, अघिल्लो वर्ष यो अवधिमा १ अर्ब ४९ करोड रुपैयाँबराबरको सामग्री निर्यात भएको थियो ।

“यो झन्डै ४० प्रतिशतको वृद्धि हो,” महासंघका महानिर्देशक दीलिप खनालले भने, “डलरको मूल्य वृद्धि र नेपाली वस्तुको प्रतिस्पर्धी क्षमताले निर्यात बढेको हो ।”

नयाँ डिजाइन तथा अमेरिका र युरोपका बजारमा आयोजित औद्योगिक मेलामा नेपालको सहभागिताले माग बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार चालू आवको ६ महिनामा नेपालबाट ऊनी र फेल्टका सामान, सिल्क, अल्लो, धातुका सामान, ढाकाका सामान बढी निर्यात भएका छन् ।

यस्तै मूर्ति पौवा, हाते कागजजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा अत्याधिक रुचाइने गरिएको छ ।

“पछिल्लो समय महासंघ तुलनात्मक लाभका वस्तुमा केन्द्रित भएको छ” खनालले भने ।

ऊनीका वस्तुको निर्यात २७ करोडबाट बढेर ४२ करोड पुगेको छ । यस्तै, अघिल्लो वर्ष १६ करोड रुपैयाँको तुलनामा २२ करोड रुपैयाँबराबरको फेल्टजन्य वस्तु निर्यात भएको छ । सिल्कका वस्तुको ३ करोडबाट १० करोड र कटनको ४ करोडबाट ८ करोड निर्यात बढेको महासंघले जनाएको छ ।

धातु, काँच, पौवा, थान्कालगायतका हातेकागजका वस्तुको निर्यातमा समेत बढेको छ । नेपालबाट उत्पादन हुने ४२ वस्तु युरोप, अमेरिका लगायतका ८२ देशमा निर्यात हुन्छ । महासंघले यो वर्ष निर्यात ५० प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

सरकारले अघिल्लो वर्षअघि सार्वजनिक गरेको एकीकृत व्यापार रणनीति २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १९ प्रकारका वस्तु तथा सेवामा हस्तकलाका सामग्रीलाई पनि समावेश गरेको छ ।