01:42 am - Friday 18 May 2012
Today's epaper

टाटा स्टिलको अनपेक्षित घाटा

By karobardaily - Sun Feb 12, 12:01 pm

एजेन्सी
मुम्बई, २८ माघ
भारतकै ठूलो उत्पादक टाटा स्टिलले २०११ को अन्तिम त्रैमासमा अनपेक्षित घाटा बेहोरेको छ । कमजोर मागका कारण घाटा भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तेस्रो त्रैमासिक अवधिमा कम्पनीले ६ अर्ब ३ करोड भारतीय रुपैयाँ घाटा बेहोरेको छ ।
गत वर्ष भने कम्पनीले १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कच्चा पदार्थको उच्च मूल्यका साथै घट्दो माग र युरोपको मूल्यले घाटामा सघाउ पु¥याएको छ ।
विश्लेषकहरूले ३ अर्ब ४० करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ ।
कम्पनीले युरोपमा क्षमताको दुईतिहाइ मात्रै सञ्चालन गर्दै आएको छ । क्षेत्रमा कर्जा संकटले माग प्रभावित भएको छ ।
टाटा युरोपका अधिकारीहरूले यो वर्ष माग बढ्ने अपेक्षा नगरेको बताएका छन् ।
“अपेक्षा गरिएअनुरूप मागमा झीनो वृद्धि हुने अवस्था पनि छैन, त्यसैले मूल्य घटेको छ,” मुम्बईस्थित इलारा सेक्युरिटिजका रविन्द्र देशपाण्डेले भने ।
कुनै पनि वस्तुको उत्पादन लागत नघटेकाले पनि नाफा दबाबमा परेको छ ।
देशपाण्डेले आगामी केही त्रैमासिक अवधिमा पनि आफूले उत्तम परिणाम आशा नगरेको बताए ।

Leave a Reply