01:37 am - Friday 18 May 2012
Today's epaper

इन्डोनेसियाको ब्याजदरमा अप्रत्याशित कटौती

By karobardaily - Sun Feb 12, 12:02 pm

एजेन्सी
जकार्ता, २८ माघ
इन्डोनेसियाको केन्द्रीय बैंकले तीन महिनामै पहिलो पटक अप्रत्याशित रूपमा आधारभूत ब्याजदर कटौती गरेको छ । बिग्रँदो विश्वव्यापी आर्थिक अवस्थाको समयमा वृद्धिलाई सहयोग गर्न ब्याजदरमा यो कटौती गरिएको हो ।
गभर्नर डार्मिन नासुसन र उनको बोर्डले ब्याजदरलाई एकतिहाइ प्रतिशत बिन्दुले घटाई ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झारेको बैंक इन्डोनेसियाले जनाएको छ । बैंकको यो निर्णय १५ अर्थशास्त्रीमाझ गरिएको सर्भेमा ४ ले गरेको अनुमानकै लाइनमा रहेको छ । अन्यले कुनै परिवर्तन नहुने बताएका थिए ।
इन्डोनेसिया पनि विगतमा महिनाहरूमा गरिएको कर्जा लागत कटौतीमा फिलिपिन्स र थाइल्यान्डकै लाइनमा आएको छ । बैंक अफ कोरियाले पनि आज ब्याजदर वृद्धि गर्ने कामलाई रोकेको छ ।
नीति–निर्माताहरूले कमजोर विश्वव्यापी मागको सामना गर्न गतिविधि सञ्चालन गरेलगत्तै यो कदम अघि सारिएको हो । दक्षिणपूर्वी एसियाकै ठूलो इन्डोनेसियाको अर्थतन्त्र गत वर्ष ६.५ प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिदर एसियाली वित्तीय संकटपछिकै ठूलो हो ।
युरोप कठोर आर्थिक अवस्थाबाट गुज्रिएमा यो वर्ष देशको अर्थतन्त्र ६ प्रतिशतभन्दा कमले वृद्धि हुने अर्थ मन्त्रालयका बजेट नीतिका प्रमुख बामबाङ ब्रोजेनेगोरोको अपेक्षा छ ।
“आगामी दिनमा बाह्य माग झनै कमजोर हुने देखिएको छ,” नोमुरा होल्डिङ सिंगापुरका अर्थशास्त्री इयुवेन पाराकुलेसले भने, “वस्तु मूल्य मत्थर बनाउने तत्वहरूले पनि आन्तरिक मागमा केही चिन्ता थप्नेछन् ।”

Leave a Reply