01:36 am - Friday 18 May 2012
Today's epaper

सार्कोजी झनै अलोकप्रिय हुँदै

By karobardaily - Fri Feb 10, 11:17 am

एजेन्सी
पेरिस, २६ माघ
दोस्रो विश्वयुद्धयताकै अलोकप्रिय फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजी ऋण संकटकै अवस्थामा पनि दोस्रो कार्यकालका लागि असाधारण विजय अपेक्षासाथ चुनावमा जाँदैछन् ।
कमजोर अवस्थामा पुगेको अर्थतन्त्रले फ्रान्सलाई इतिहासकै पहिलो पटक ‘तीन ए’ को साख स्तर कटौती पाएपछिको अवस्थामा पनि ५७ वर्षीय सार्कोजीले आँधीमा पनि क्याप्टेनको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मतदानका लागि ७४ दिनमात्रै बाँकी रहेको अवस्थामा सार्कोजी ३२ प्रतिशतको स्वीकृतिसहित विपक्षी समाजवादी दलको पछि लाग्न बाध्य भएका छन् । यति धेरै अलोकप्रिय भएका कुनै पनि फ्रेन्च राष्ट्रपति पुनः निर्वाचित भएका छैनन् ।
“उनको सबैभन्दा ठूलो सम्पत्ती तथा सम्भवतः अन्तिक हतियार भनेकै नेतृत्वमा रहेको राजनीतिज्ञको परिचय हो,” सिभिपफ राजनीतिक अध्ययन इन्सटिच्युटका विश्लेषक पास्कल पेरिनिउले भने, “उनले यही कुरालाई उठाउनु आवश्यक छ ।”
उम्मेदवारी घोषणा गर्न बाँकी नै रहेका सार्कोजीले १ करोड ६६ लाख अर्थात् कुल जनसंख्याको २५ प्रतिशत दर्शकमाझ जनवरी २९ मा  हुने टेलिभिजन प्रसारणपूर्व विगत पाँच वर्षको कामका बारेमा विश्वसनीय प्रमाण पेस गर्नु आवश्यक छ ।
उनले सम्प्रभु ऋण संकटको आठौं सिकार हुनबाट फ्रान्सलाई जोगाउने लक्ष्य लिएका छन् । संप्रभु ऋणकै समस्याले २०१० देखि आयरल्यान्ड, पोर्चुगल, ग्रीस, स्पेन, इटाली, स्लोभेनिया र स्लोभाकियाका नेताहरूलाई सत्ताच्युत गरिसकेको छ ।
राष्ट्रपतिको कार्यकाल सुरु भएको समयमा सार्कोजी दोस्रो विश्वयुद्धपछि जेनेराल चाल्र्स दि गाउलेपछि लोकप्रिय भएका छन् । गाउँले दोस्रो विश्वयुद्धका नायक र पाँचौ गणतन्त्रका संस्थापक पनि हुन् ।
पछिल्लो सर्भेले उनले समाजवादी उम्मेदवार फ्रान्कोइस होलान्डेलाई १६ प्रतिशत बिन्दुले पछ्याइरहेको देखाएको छ । पेरिसमा रहेकोे बीभीएले फेबु्रअरी ६ मा प्रकाशित गरेको सर्भे परिणामले होलान्डेले सार्कोजीको २६ प्रतिशतको तुलनामा ३४ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ र मे ६ मा हुने दोस्रो चरणको निर्वाचनमा ४२ काविरुद्ध ५८ प्रतिशत मतले जित्ने देखाएको छ ।

Leave a Reply