01:35 am - Friday 18 May 2012
Today's epaper

रेडियो छुनुमुनु दोस्रो वर्षमा

By karobardaily - Fri Feb 10, 11:13 am

 पोखरा, २६ माघ (कास) ः छुनुमुनु पब्लिकेसन लिमिटेड पोखरामार्फत सञ्चालित बालबालिकाले मात्र सञ्चालन गरेको नेपालकै पहिलो रेडियो छुनुमुनु ८७.९ दोस्रो वर्षमा प्रवेश गरेको छ ।
गिनिज बुक अफ द वल्ड रेकर्डस्मा सबैभन्दा सानो उमेरका व्यावसायिक फोटोग्राफरका रूपमा कीर्तिमानी रिरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रथम वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठ र अर्की विश्व कीर्तिमानी सुवेक्षा श्रेष्ठलाई छुनुमुनु पब्लिकेसनका अध्यक्ष दिलीपराज श्रेष्ठले सम्मान गर्दै छुनुमुनुका सबै कार्यक्रम बालप्रतिभा प्रस्फुटनमा केन्द्रित रहेको बताए ।
कार्यक्रममा छुनुमुनुका प्रबन्ध सञ्चालक रविराज बसौलाले बालबालिकालाई प्रदान गरिने अवसरले भोलिको विकास सम्भव हुने बताउँदै छुनुमुनुले वर्षभरि गरेका कार्य तथा आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।
सो अवसरमा विश्व कीर्तिमानी रिरेन्द्र श्रेष्ठले खिचेका तस्बिरहरुको प्रदर्शनी पनि गरिएको थियो । सो प्रदर्शनीको जिल्ला बालकल्याण समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी ईश्वरराज रेग्मीले उद्घाटन गरे ।
रेडियो छुनुमुनुले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमका विजयीहरुलाई सोही अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply