01:26 am - Friday 18 May 2012
Today's epaper

नेप्सेमा सुधार आउन सकेन

By karobardaily - Tue Feb 07, 11:52 am

कारोबार संवाददाता
काठमाडौं, २३ माघ
सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सेयर मूल्यका आधारमा निर्धारण हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७६ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १.७३ अंकले घटेको थियो ।
सोमबार कारोबार भएका सबै समूहगत परिसूचक घटेपछि त्यसको असर नेप्से परिसूचकमा परेको हो । सोमबार नेप्सेमा कारोबार भएका अधिकांश ‘क’ वर्गका कम्पनीको सेयर मूल्य घटेपछि सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकले घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकहरू बैंकिङ ०.३७, विकास बैंक ०.२१, बिमा ३.६१, वित्त ०.४, जलविद्युत् २.३४ र अन्य २.३५ अंकले घटेका छन् ।
नेपाल एबीआई बैंक, बैंक अफ काठमाण्डू, नबिल बैंक, लुम्बिनी बैंकलगायत वाणिज्य बैंकहरूको सेयर मूल्य घटेपछि बैंकिङ समूह घटेको हो । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को प्रतिकित्ता सेयर मूल्य ५ रुपैयाँसम्म घटेपछि अन्य समूह घटेको हो ।
सेयर बजार परिसूचकमा सुधार आउन नसके पनि कारोबारमा भने सामान्य सुधार आएको छ । सोमबार ८५ कम्पनीको १ हजार २ सय २२ कारोबारबाट २ करोड ६६ लाख ४६ हजार रुपैयाँबराबरको १ लाख २४ हजार २ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार धेरै रकम तथा सेयर लक्ष्मी बैंकको कारोबार भएको छ । इम्पेरियल फाइनान्सको धेरै पटक सेयर खरिद बिक्री भएको छ ।

Leave a Reply