01:19 am - Friday 18 May 2012
Today's epaper

वीरेन्द्रनगरमा सिटीजन्सको शाखा

By karobardaily - Tue Jan 24, 12:45 pm

 कारोबार संवाददाता
काठमाडौं, ९ माघ
सिटीजन्स बैंक इन्टरनेसनले सुर्खेतको वीरेन्द्रनगरमा ३३ औं शाखा खोलेको छ । बैंकका अध्यक्ष प्रदीपजंग पाण्डेले सोमबार शाखाको उद्घाटन गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू, उद्योगपति, व्यापारीलगायत सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ ।
शाखा उद््घाटनको दिनमै ४ सय ५५ खातामा १ करोडभन्दा बढी निक्षेप संकलन भएको बैंकले जानकारी दिएको छ । शाखाबाट उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न र हुम्लालगायत मध्यपश्चिमाञ्चलका दुर्गम जिल्लाका जनतालाई थप सेवा प्रदान गर्न सहयोग हुने अध्यक्ष पाण्डेले बताए । यस क्षेत्रमा जडिबुटी, यातायात, सिमेन्ट, जलविद्युत्लगायतका क्षेत्रमा लगानी संभावना रहेको उनको भनाइ थियो ।
सोमबार नै बैंकले राउटे समुदायको समेत सहभागितामा बाजा–गाजा र झाकीसहित नगर परिक्रमा गर्नुका साथै राउटेलाई ८० हजार रुपैयाँबराबरको खाद्यान्न सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।

Leave a Reply