पाँचमा एक अमेरिकी मानसिक रोगी
By karobardaily - Tue Jan 24, 12:49 pm
- 0 Comments
- 201 views
- Tweet
Email
Print

एजेन्सी
न्युयोर्क, ९ माघ
अघिल्लो वर्षको १२ महिनाको अवधिमा पाँचमा एक अमेरिकी मानसिक रोगी भएको सरकारी सर्भेले देखाएको छ ।
५० वा सोभन्दा माथिका उमेरको १४.३ प्रतिशतको तुलनामा १८ देखि २५ उमेर समूहका मानिसमा रोगको वृद्धिदर बढी अर्थात् ३० प्रतिशत रहेको ‘सब्सट्यान्स एब्युज एन्ड मेन्टल हेल्थ सर्भिस एडमिनिस्ट्रेसन’ (सामसा) ले जनाएको छ ।
२०१० मा गरिएको सर्भेमा ४ करोड ६० लाख पाका उमेरका मानिसमा मानसिक, व्यावहारिक तथा संवेगात्मक गडबडी भएको देखिएको छ । यद्यपि यस्ता रोगका बाबजुद पनि झन्डै ६० प्रतिशतले उपचार गराएका छैनन् ।
मानसिक रोगको उपचार नगराउनुको सामान्य कारणमा खर्च गर्न नसक्नुलाई मानिएको छैन । २० प्रतिशत रोगीको अवस्था तुलनात्मक रूपमा उच्च मानिए पनि ५ प्रतिशत मात्रै सामान्य गतिविधि पनि गर्न नसक्ने संवेदनशील अवस्थाबाट प्रभावित भएका छन् ।
संवेदनशील अवस्थमा पुगेर उपचार गराउनु आवश्यक नै मानिएकामध्ये ३९ प्रतिशतले कुनै पनि उपचार लिइरहेका छैनन् ।
बेरोजगार, स्वास्थ्य सहयोग लिइरहेका र गरिबीको रेखामुनि बाँचेकाहरू अघिल्लो वर्षमा बढी मानसिक रोगबाट प्रभावित भएको सर्भेले देखाएको छ । यसमा पनि जवान उमेरका बिरामीको संख्या बढी छ । रोगबाट प्रभावित हुने खतरा १६.८ प्रतिशत पुरुषको दाँजोमा महिलामा २३ प्रतिशतको अनुपातले बढी छ ।
सर्भेको यो परिणामले मानसिक स्वास्थ्य चिकित्सकका विशेषज्ञले रोग लागेका मानिसमा प्रयोग गरिने वस्तुको आवश्यकतालाई सम्बोधन गरिनु पर्नेमा जोड दिएको छ ।
