01:14 am - Friday 18 May 2012
Today's epaper

बेलायतद्वारा साढे २ अर्ब सहयोग

By karobardaily - Fri Jan 20, 12:09 pm


कारोबार संवाददाता
काठमाडौं, ५ माघ
बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्र्यु मिचेलले शान्ति प्रक्रियाका लागि सहयोगस्वरूप २ करोड पाउन्ड स्टर्लिङ (करिब २ अर्ब ५० करोड रुपैयाँ) दिने घोषणा गरेका छन् ।
नेपालको दुईदिने भ्रमणका क्रममा मन्त्री मिचेलले उक्त सहयोग रकम उपलब्ध गराउने बताएका हुन् । उनी बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको सहायताको प्रभावकारिताको अध्ययन गर्न मंगलबार काठमाडौं आइपुगेका थिए । उनी बिहीबार फर्किसकेका छन् । दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल बेलायतले प्राथमिकतामा राखेको मुलुक रहेको उल्लेख छ ।
बेलायतले आफ्नो सहायतामार्फत सन् २०१५ सम्ममा २ लाख ३० हजार प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ । “सन् २०१५ सम्ममा ४ हजार २ सय ३२ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्ने र सुधारिएको सरसफाइबाट १ लाख १० हजार जनाले सुविधा प्राप्त गर्नेछन्,” विज्ञप्तिमा भनिएको छ ।
मिचेलले नेपाल बसाइका क्रममा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुनलगायतका व्यक्तिहरूसँग भेट गरेका थिए । प्रधानमन्त्री डा. भट्टराईसँगको भेटमा माओवादी लडाकुको समायोजन एवं स्वेच्छिक अवकाशका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ ।

Leave a Reply