01:05 am - Friday 18 May 2012
Today's epaper

क्लिन इनर्जीको नयाँ निक्षेप योजना

By karobardaily - Tue Dec 06, 6:57 am

कारोबार संवाददाता
काठमाडौं, १९ मंसिर
क्लिन इनर्जी डेभलपमेन्ट बैंकले सोमबारबाट तीन नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । त्यसमा ‘क्लिन बाल बचत’, ५० वर्ष माथिका व्यक्तिका लागि ‘क्लिन ज्येष्ठ बचत’ र ३ वर्षसम्म क्रमिक निक्षेपका लागि  ‘क्लिन फ्युचर डिपोजिट’ छ । उक्त खाताहरूमा क्रमशः ९ प्रतिशत, ९.५ प्रतिशत र १२ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
यस योजनाअन्तर्गत खुल्ने नयाँ खाताहरूको ०.१० प्रतिशत बराबरको रकम वार्षिक रूपमा बैंकको तर्फबाट सामाजिक तथा वातावरण संरक्षणमा लगानी गरिने बताइएको छ । बैंकले आफूले संकलन गरेका निक्षेपलाई नवीकरणीय ऊर्जा एवं जलविद्युत् परियोजनामा लगानी गरेको र २ लाख रुपैयाँसम्मको निक्षेप कर्जा तथा निक्षेप सुरक्षण निगमबाट सुरक्षण गराएको जनाएको छ ।
उक्त योजनाहरू बैंकका दरबारमार्ग, थापाथली, गोरखा, बिर्तामोड, फिदिम, कटारी, ताप्लेजुङ तथा सल्लेरी शाखाहरूका साथै प्रमुख कार्यालय सीतापाइलामा उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ ।

Leave a Reply